Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #कांग्रेसका संस्थाइतर
  • #सिएन थारु/आरके तामाङ
  • #दीपक बन्जारा
  • #‘हृदयांश’
  • #गगनकुमार थापा
  • #नेपाली कांग्रेसको संस्थापनइतर
  • #जाइका
  • #तानाका अकिहिको
  • #सुनिल लम्साल
Search Here
समाचार
  • Home
  • समाचार
  • सुरक्षित नेपालका लागि साझेदारी, ज्ञान र उत्थानशीलताको आवश्यकतामा जोड
सुरक्षित नेपालका लागि साझेदारी, ज्ञान र उत्थानशीलताको आवश्यकतामा जोड
प्रभाव संवाददाता
प्रभाव संवाददाता मंगलबार, जेठ २६, २०८३

काठमाडौं- विपद् जोखिम न्यूनीकरण, जलवायु परिवर्तनका चुनौती, समुदायमा आधारित पूर्वतयारी तथा बहुपक्षीय साझेदारीको आवश्यकतामा सम्बन्धित विज्ञहरूले जोड दिएका छन् । 

विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनमा कार्यरत प्रकोप पूर्वतयारी सञ्जाल (डिपिनेट) नेपालले आफ्नो ३०औँ वार्षिकोत्सवका अवसरमा यहाँ आयोजित सुरक्षित नेपालका लागि साझेदारी, ज्ञान र उत्थानशीलताको तीन दशक विषयक कार्यक्रमका सहभागी वक्ताहरूले विगतका अनुभवलाई आधार बनाएर आगामी दिनमा पूर्वतयारी, सुशासन र जोखिम व्यवस्थापनलाई अझ प्रभावकारी बनाउनुपर्नेमा जोड दिएका हुन्।

कार्यक्रममा राष्ट्रिय योजना आयोगका सदस्य प्रा डा सञ्जय आचार्यले विपद् व्यवस्थापनमा व्यक्ति र परिवारस्तरदेखि नै सचेतना अभिवृद्धि गर्नुपर्ने तथा त्यसलाई समुदाय र संस्थागत संरचनासँग जोड्नुपर्ने बताए । उनले व्यक्ति, परिवार, समुदाय, स्थानीय, प्रदेश र सङ्घीय सरकार, विकास साझेदार तथा नागरिक समाजबीचको समन्वयले मात्र प्रभावकारी विपद् व्यवस्थापन सम्भव हुने धारणा राखे । जलवायु परिवर्तनको प्रभाव विशेषगरी हिमाली क्षेत्रमा तीव्र रूपमा देखापरेको उल्लेख गर्दै उनले जलवायु न्याय, अनुकूलन र जलवायु वित्तमा नेपालको पहुँच विस्तार गर्न अन्तरराष्ट्रिय पहल आवश्यक छ भने ।

Hardik health

एसोसिएसन अफ इन्टरनेसनल एनजिओज इन नेपाल (एआइएन)का अध्यक्ष डा एसपी कलाउनेले जलवायु परिवर्तन, सहरीकरण र वातावरणीय जोखिमका कारण विपद् व्यवस्थापनको क्षेत्र झन् जटिल बन्दै गएको उल्लेख गर्दै डिपीनेटजस्ता सञ्जालहरूको आवश्यकता अझ बढेको बताए । समुदायलाई केन्द्रमा राखेर जोखिम न्यूनीकरणका कार्यक्रम सञ्चालन गर्नुपर्नेमा जोड दिँदै उनले अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरूले पनि अहिले पूर्वतयारी, जोखिम न्यूनीकरण तथा पुनस्र्थापनामा लगानी बढाइरहेको जानकारी दिए ।
डिपिनेट नेपालका अध्यक्ष डा वसन्तराज अधिकारीले विगतमा कम प्राथमिकतामा रहेका विपद् र जलवायु परिवर्तनका विषय अहिले राष्ट्रिय तथा अन्तरराष्ट्रिय बहसका केन्द्रमा पुगेको उल्लेख गर्दै विज्ञान, प्रविधि तथा कृत्रिम बुद्धिमत्ता, मेसिन लर्निङ र बिग डाटाजस्ता नवीन प्रविधिको उपयोग गर्दै जोखिम व्यवस्थापनलाई सुदृढ बनाउनुपर्ने बताए । उपाध्यक्ष केशवदत्त भट्टले डिपीनेटले विगत तीन दशकदेखि विपद् व्यवस्थापनलाई प्रतिक्रियात्मक अवस्थाबाट पूर्वतयारीमुखी दृष्टिकोणतर्फ लैजान महत्त्वपूर्ण भूमिका खेलेको उल्लेख गरे । महासचिव सुरज गौतमले विगत ३० वर्षमा हासिल गरेका सिकाइलाई संस्थागत गर्दै समुदायसम्म पुर्याउने प्रतिबद्धतासमेत व्यक्त गरे ।

कार्यक्रमको प्राविधिक सत्रअन्तर्गत जल तथा मौसम विज्ञान विभागका मौसमविद् सुदर्शन हुमागाईँले मनसुन, तापलहर जोखिमसम्बन्धी प्रस्तुति दिँदै यस वर्ष देशका अधिकांश क्षेत्रमा औसतभन्दा कम वर्षा हुने सम्भावना रहेको जानकारी दिँदै मनसुन, एल निनो तथा इन्डियन ओसन डाइपोलजस्ता जलवायु प्रणालीले नेपालमा वर्षाको अवस्था निर्धारण गर्ने बताए ।

चट्याङविज्ञ सञ्जोग खनालले नेपालमा चट्याङबाट हुने मानवीय क्षति दक्षिण एसियाकै उच्चमध्ये रहेको बताए। सन् २०२० देखि २०२५ सम्म नेपालमा तीन करोडभन्दा बढी चट्याङ स्ट्रोक अभिलेख भएको जानकारी दिँदै प्रभावकारी पूर्वसूचना प्रणाली, समुदायस्तरको तयारी र जनचेतनाले चट्याङबाट हुने क्षति न्यूनीकरण गर्न सकिने धारणा राखे ।


प्रकाशित मिति: मंगलबार, जेठ २६, २०८३  ११:३५
प्रतिक्रिया दिनुहोस्
थप समाचार
गृहमन्त्री गुरुङ सुनसरी जाँदै
गृहमन्त्री गुरुङ सुनसरी जाँदै बिहीबार, साउन १४, २०८३
प्रधानमन्त्रीले राष्ट्रका नाममा सम्बोधन गर्दै
प्रधानमन्त्रीले राष्ट्रका नाममा सम्बोधन गर्दै बिहीबार, साउन १४, २०८३
गोलबजारको एबी मलमा आगजनी
गोलबजारको एबी मलमा आगजनी बिहीबार, साउन १४, २०८३
सप्तरीमा सामाजिक सद्भाव कायम राख्न आग्रह
सप्तरीमा सामाजिक सद्भाव कायम राख्न आग्रह बिहीबार, साउन १४, २०८३
आपसी सद्‌भाव कायम राख्न पूर्वराजाकाे आग्रह 
आपसी सद्‌भाव कायम राख्न पूर्वराजाकाे आग्रह  बिहीबार, साउन १४, २०८३
सिरहामा प्रदर्शनका  क्रममा गोली लागेर एक जनाको मृत्यु
सिरहामा प्रदर्शनका  क्रममा गोली लागेर एक जनाको मृत्यु बिहीबार, साउन १४, २०८३
सुनसरी घटनाका दोषीलाई कारबाही गर्न माग
सुनसरी घटनाका दोषीलाई कारबाही गर्न माग बिहीबार, साउन १४, २०८३
लोकप्रिय
  • Week
  • Month
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
‘अव्यावहारिक कानुन नबदलिए व्यवसाय बन्द गर्न बाध्य हुन्छौं’
‘अव्यावहारिक कानुन नबदलिए व्यवसाय बन्द गर्न बाध्य हुन्छौं’
पूर्वउपसभामुख  राना मगरद्वारा  ‘हृदयांश’ उपन्यासकाे  विमोचन
पूर्वउपसभामुख राना मगरद्वारा ‘हृदयांश’ उपन्यासकाे विमोचन
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
तीन म्यानपावरमाथि विभागको कारबाही
तीन म्यानपावरमाथि विभागको कारबाही
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP