Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #कांग्रेसका संस्थाइतर
  • #सिएन थारु/आरके तामाङ
  • #दीपक बन्जारा
  • #‘हृदयांश’
  • #गगनकुमार थापा
  • #नेपाली कांग्रेसको संस्थापनइतर
  • #जाइका
  • #तानाका अकिहिको
  • #सुनिल लम्साल
Search Here
समाचार
  • Home
  • समाचार
  • लामिछानेलाई प्रधानमन्त्रीको ‘अफर’
लामिछानेलाई प्रधानमन्त्रीको ‘अफर’
प्रभाव संवाददाता
प्रभाव संवाददाता मंगलबार, जेठ २६, २०८३
  • प्रधानमन्त्री वालेन्द्र शाहको सीमा-अभिव्यक्तिका कारण अव?द्ध संसद् खुलाउन रास्वपा सभापति लामिछानेको पहल
  • प्रधानमन्त्रीले संसद्बाटै अभिव्यक्ति सच्याउनुपर्ने विपक्षी दलह?को अडानले सोमबार पनि संसद् बैठक स्थगित
  • सर्वदलीय बैठकमा रास्वपा सभापति लामिछानेलाई सरकारको नेतृत्व लिन विपक्षी दलको प्रस्ताव
  • भारत भ्रमणबाट फर्किएका लामिछाने चितवन महाधिवेशनबाट अनुमोदित भएर आएपछि सरकार फेर्ने दाउमा

 

काठमाडौं- भर्खरै भारत भ्रमणबाट फर्किएका राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछानेलाई प्रधानमन्त्री बन्न प्रस्ताव आएको छ । सभापति लामिछानेलाई यस्तो प्रस्ताव आफ्नै दलबाट भने आएको हैन ।

मंगलबार समसमायिक विषयमा छलफल गर्न भन्दै लामिछानेले डाकेको सर्वदलीय बैठकमा विपक्षी दलका सांसदले लामिछानेलाई प्रधानमन्त्री बन्न प्रस्ताव गरेका हुन् । प्रधानमन्त्री वालेन्द्र शाहले संसद्लाई पत्याउन छाडेकाले संसदीय व्यवस्थालाई निरन्तरता दिन लामिछाने नै सरकारको नेतृत्व गर्ने उपयुक्त पात्र भएको नेकपा एमालेका प्रमुख सचेतक ऐन महरले बताएका हुन् । ‘प्रधानमन्त्रीज्यू संसद्मा आउनै मान्नुहुन्न । तपाईं नै प्रधानमन्त्री भए हामी पनि कति खुसी हुन्थ्यौं, तपाईंले जवाफ पनि दिनुहुन्थ्यो,’ महरले बैठकमा भने ।

महरले यस्तो सुझाव दिँदा लामिछाने भने मुसुमुसु हाँसेको बैठकमा सहभागी कांग्रेसका एक नेताले बताए । ‘रविजी हाँस्नुमात्र भयो । जवाफ केही दिनुभएन,’ ती नेताले भने ।  प्रधानमन्त्री शाहले भारतसँगको सीमासम्बन्धमा दिएको अभिव्यक्तिका कारण प्रतिनिधिसभा बैठकमा तनावग्रस्त अवस्था सिर्जना भएपछि सभामुख डोलप्रसाद अर्यालले जेठ १( गते पाँच दिनका लागि बैठक स्थगित गरेका थिए । सर्वदलीय बैठकमा सदन खुलाउन समन्वय हुने आशा विपक्षीले गरेका थिए ।

Hardik health

तर सभापति लामिछानेले बैठकमा संसद् खुलाउने विषयमा खासै महत्‍व दिएनन् । बरु सरकारका नराम्रा कामको खबरदारी गर्न नछोड्न आग्रह गरे । ‘सार्वभौम संसद्को माननीयह? हो तपाईंह? । यही संसद्ले सरकार जन्माउँछ । तपाईंह?ले सरकारलाई प्रश्न सोध्न पाउनुहुन्छ । सरकारका नराम्रा कामको खबरदारी तपाईंह?ले गरिरहनुस्,’ लामिछानेले भने । 

पाँच दिन स्थगित संसद् सोमबार सुरु भएको थियो । प्रतिपक्षीले अवरोध जारी गरेपछि सभामुख डोलप्रसाद अर्यालले १५ मिनेटका लागि स्थगित गरेको बैठक सूचना टाँसेर आज (मंगलबार) दिउँसो १ बजेसम्मका लागि सारिदिए । यसरी सूचना टाँसेर संसद् स्थगित भएको फागुन २१ गतेको निर्वाचनपछि पहिलोपटक हो । सभामुख अर्याल लामिछानेपक्षकै भएकाले प्रधानमन्त्रीलाई थप मुस्किल बनाउन सदनको गतिरोध अन्त्यका लागि केही नगरेको आरोपसमेत लागेको छ ।

नेपालले पनि भारतको सीमा मिचेको छ भन्ने विषयमा संसद्मा प्रधानमन्त्री शाहले प्रमाण पेस गर्दै प्रतिपक्षी दलले अवरोध जारी गरेपछि संसद् स्थगित भएको हो । रविले प्रधानमन्त्री शाह प्रतिपक्षी दलको मागअनुसार प्रस्टीकरण दिनका लागि संसद्मा नआउने भन्दै परराष्ट्रमन्त्री शिशिर खनालले जवाफ दिने सन्देश दिएका थिए । आवश्यक परे आफूले पनि विपक्षी दलह?का आवाजबारे बोल्ने बताएका थिए ।

तर प्रतिपक्षीले प्रधानमन्त्री नै उपस्थिति हुनपर्ने विषयमा जोड दिएपछि सहमति जुट्न सकेन । बैठकमा रविले प्रधानमन्त्री शाह सदनमा उपस्थित नहुने बताएपछि विपक्षी दलका नेताले उनको भारत भ्रमणबारे चासो राखेका थिए । ‘भारत भ्रमणका बारेमा सभापतिले राजनीतिक दलह?लाई जानकारी गराउनुभयो । संसद्को अवरोध कसरी हटाउन सकिन्छ भन्ने विषयमा केन्द्रित रहेर छलफल भएको थियो,’ रास्वपाका मुख्य सचेतक कविन्द्र बुर्लाकोटीले भने ।

सोमबारको सर्वदलीय बैठकपछि रास्वपा सभापति लामिछानेले विपक्षीसँगको संवादलाई बाक्लो बनाएका छन् । उनले सोमबार साँझ नै राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेर समसामयिक विषयमा छलफल गरे । 

रास्वपाभित्र असन्तुष्टि बढ्दो
फागुन २१ गतेको निर्वाचनबाट सबैभन्दा ठूलो दल बनेको रास्वपाभित्र प्रधानमन्त्री शाहको कार्यशैलीका कारण चुलिँदै गएको असन्तुष्टि बाहिर देखिन थालेको छ । बजेटमा पहुँचदेखि मन्त्रिपरिषद्का अधिकांश सदस्यहरूले आफ्नै सांसदहरूलाई मन्त्रालयमा पहुँच नदिँदा असन्तुष्टि चुलिँदै गएको एक सांसदले बताए ।

‘हिजोआज हाम्रा सांसदहरू आफ्नै मन्त्री भेट्न पाउँ भन्दै प्रधानमन्त्रीको सचिवालय धाउँछन् । मन्त्रीले फोन उठाएनन् भनेर आँशु झार्छन्,’ रास्वपाका एक सांसदले भने । चैत १३ गतेदेखि सत्ता सम्हालेका शाहले आफ्नै सचिवालयमार्फत धेरैजसो मन्त्रालय ‘टेक ओभर’ गरिरहेका छन् ।

यस्तो कार्यशैलीवि?द्ध सभापति लामिछाने समूहका सांसदह?ले तीव्र असन्तुष्ट जनाउन थालेका छन् । सहमतिअनुसार शाह रास्वपाको तर्फबाट संसदीय दलको नेता चयन हुँदै प्रधानमन्त्री बनेका थिए भने लामिछानेले पार्टीको कमाण्ड सम्हालेका थिए । तर, सरकार गठन भएको दुई महिना बितिसक्दा पनि शाहले ‘काठमाडौंको मेयर’ हुँदाकै शैलीमा सीमित सल्लाहकारहरूको घेरामामात्र बसेर एकलौटी निर्णय गर्ने प्रवृत्ति छाडेको रास्वपा नेताहरूको आरोप छ । प्रधानमन्त्रीको ‘वान-म्यान शो’ कायमै रहे रास्वपाले ‘राइट टु रिकल’ वा संसदीय दलको नयाँ निर्णयमार्फत नेतृत्व परिवर्तन गर्ने वा सरकारलाई कडा दलीय अंकुशभित्र ल्याउनेजस्ता अन्य विकल्पमा छलफल चलाउने तयारी भित्रभित्रै सुरु गरेको छ ।

यसअघि नै लामिछाने भारतबाट फर्केपछि सरकार हेरफेरको कसरत सुरु हुने चर्चा चलेको थियो । यद्यपि रास्वपाले असारको ७ देखि ( गतेसम्म चितवनमा महाधिवेशन तय गरेको छ । उक्त महाविधेशन सकिएपछिमात्र सभापति लामिछानेले सरकार हेरफेरको तयारी गर्ने रास्वपा स्रोतको दाबी छ । जेठ १८ गते भारत भ्रमणमा निस्किएका लामिछाने जेठ २२ गते आइपुगेका थिए ।

महाधिवेशनबाट थप बलियो बन्दै लामिछाने
सरकारको नेतृत्व दाबी गर्ने गरी देशभरको जिल्ला अधिवेशनमा लामिछानेले आफ्नो पक्षलाई बलियो देखाउने प्रयास थालिसकेका छन् । रास्वपाको शनिबार र आइतबार प्रथम अधिवेशन सम्पन्न भएका ५) भन्दा बढी जिल्लाका कार्यसमिति बन्दा सबैजसोमा सभापति लामिछानेनिकट नेता चुनिएका छन् । निर्वाचनअघि रास्वपामा वालेन्द्र शाह समूह र विवेकशील साझा पार्टीको एकता र समायोजन भएको थियो । शाह समूह र विवेकशील साझा पक्षलाई सभापति लामिछानेले पार्टीमा पदाधिकारी र केन्द्रीय सदस्य मनोनीत गरी पार्टीमा भित्र्याएका थिए । 

भागबण्डाकै आधारमा फागुन २१ को निर्वाचनको प्रत्यक्ष र समानुपातिक उम्मेदवार तय गरिएको थियो । यही आधारमा रास्वपाको महाधिवेशन हुने महामन्त्री भूपदेव शाहले बताएका थिए । तर, प्रथम अधिवेशन भएका जिल्लामा उनीहरूको समूहगत उपस्थिति कमजोर देखिएको नेताहरू बताउँछन् । यसरी नै प्रथम महाधिवेशनबाट सभापतिमा चुनिएर लामिछाने शक्तिशाली बन्ने र सरकारको नेतृत्व लिने तयारी रहेको स्रोतको दाबी छ । 

 


प्रकाशित मिति: मंगलबार, जेठ २६, २०८३  १०:३२
प्रतिक्रिया दिनुहोस्
थप समाचार
गृहमन्त्री गुरुङ सुनसरी जाँदै
गृहमन्त्री गुरुङ सुनसरी जाँदै बिहीबार, साउन १४, २०८३
प्रधानमन्त्रीले राष्ट्रका नाममा सम्बोधन गर्दै
प्रधानमन्त्रीले राष्ट्रका नाममा सम्बोधन गर्दै बिहीबार, साउन १४, २०८३
गोलबजारको एबी मलमा आगजनी
गोलबजारको एबी मलमा आगजनी बिहीबार, साउन १४, २०८३
सप्तरीमा सामाजिक सद्भाव कायम राख्न आग्रह
सप्तरीमा सामाजिक सद्भाव कायम राख्न आग्रह बिहीबार, साउन १४, २०८३
आपसी सद्‌भाव कायम राख्न पूर्वराजाकाे आग्रह 
आपसी सद्‌भाव कायम राख्न पूर्वराजाकाे आग्रह  बिहीबार, साउन १४, २०८३
सिरहामा प्रदर्शनका  क्रममा गोली लागेर एक जनाको मृत्यु
सिरहामा प्रदर्शनका  क्रममा गोली लागेर एक जनाको मृत्यु बिहीबार, साउन १४, २०८३
सुनसरी घटनाका दोषीलाई कारबाही गर्न माग
सुनसरी घटनाका दोषीलाई कारबाही गर्न माग बिहीबार, साउन १४, २०८३
लोकप्रिय
  • Week
  • Month
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
‘अव्यावहारिक कानुन नबदलिए व्यवसाय बन्द गर्न बाध्य हुन्छौं’
‘अव्यावहारिक कानुन नबदलिए व्यवसाय बन्द गर्न बाध्य हुन्छौं’
पूर्वउपसभामुख  राना मगरद्वारा  ‘हृदयांश’ उपन्यासकाे  विमोचन
पूर्वउपसभामुख राना मगरद्वारा ‘हृदयांश’ उपन्यासकाे विमोचन
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
तीन म्यानपावरमाथि विभागको कारबाही
तीन म्यानपावरमाथि विभागको कारबाही
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP