काठमाडौं- प्रतिनिधिसभाको बैठक स्थगित भएको छ । बैठक पन्ध मिनेटका लागि स्थगित भएकाे हाे ।
विपक्षी दलहरूको विरोध कायमै रहेपछि सभामुख डोलप्रसाद बैठक पन्ध मिनेटका लागि स्थगित गरेका हुन् ।
१७ जेठमा प्रतिनिधिसभाको बैठकमा बोल्दै प्रधानमन्त्री बालेनले नेपाल-भारतको सीमा कूटनीतिक छलफलबाट समाधान गर्ने बताएका थिए ।
विपक्षी दलका सांसदहरूले प्रधानमन्त्री बालेन शाहको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै यसअघिका संसद् बैठक पनि अवरोध गर्दै आइरहेका छन् ।