काठमाडौं -संसद्को दुवै सदनको बैठकबाट राष्ट्रपतिद्वारा दुई विधेयक प्रमाणीकरण गरेका छन् ।
राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्को दुवै सदनको बैठकबाट पारित भई प्रमाणीकरणका लागि पेस हुन आएका दुई विधेयक आइतबार प्रमाणीकरण गरेका हुन् ।
राष्ट्रपति पौडेलले प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन विधेयक, २०८३ र मतदाता नामावली (पहिलो संशोधन) विधेयक, २०८३ विधेयक नेपालको संविधानको धारण ११३ को उपधारा (२) बमोजिम प्रमाणीकरण गर्नुभएको राष्ट्रपति कार्यालयका प्रवक्ता रितेशकुमार शाक्यले जानकारी दिए ।