काठमाडौं- आइतबार प्रतिनिधिसभा अमर्यादित व्यवहार देखाएको भन्दै सभामुखले सांसदहरू सचेत गराएका छन् । सभामुखले समय नदिएकै समयमा पनि उठेर अमर्यादित व्यवहार देखाएको भन्दै सभामुख अर्यालले सचेत गराएका हुन् ।
सदस्य एमालेका ऐनबहादुर महर र श्रम संस्कृतिका ध्रुवराज राई तथा आरेन राईले मर्यादा कायम नगरेको भन्दै उनीहरूलाई भाषा सुधार्न सभामुख डोलप्रसाद अर्यालले ध्यानाकर्षण भएको भन्दै सचेत गराएका छन् ।