काठमाडौं- अर्थमन्त्री डा स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गरेका छन् । सङ्घीय संसद्को संयुक्त बैठकमा उनले आज आर्थिक वर्ष २०८३/८४ को आय-व्ययको अनुमानित विवरण प्रस्तुत गरेका हुन्।
यसअघि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले बजेट वक्तव्य स्वीकृत गरेको थियो । चालु आर्थिक वर्षका लागि अघिल्लो सरकारले १९ खर्ब ६४ अर्ब ११ करोड रुपैयाँ बराबरको बजेट विनियोजन गरिएको थियो ।
जसमा कुल विनियोजनमध्ये चालुतर्फ ११ खर्ब ८० अर्ब ९८ करोड रुपैयाँ, पूँजीगततर्फ ४ खर्ब ७ अर्ब ८९ करोड रुपैयाँ विनियोजन गरिएको थियो । यस्तै वित्तिय व्यवस्थातर्फ ३ खर्ब ७५ अर्ब २४ करोड रुपैयाँ बराबरको व्यवस्था गरिएको थियो ।