Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #नेपाल_विद्युत्_प्राधिकरण
  • #एडिबी
  • #बढघर
  • #पीआर एजेन्सी अफ द इयर
  • #भी-चित्र
  • #V-Chitra
  • #आईसीसी क्रिकेट विश्वकप लिग–२
  • #छायानाथ अल्ट्रा रेस
  • #धीरबहादुर बुढा
Search Here
राजनीति
  • Home
  • राजनीति
  • नेतृत्व छाड्ने दबाबमा ओली
नेतृत्व छाड्ने दबाबमा ओली
जेबी याेञ्‍जन
जेबी याेञ्‍जन आइतबार, जेठ १०, २०८३
  • बहुमत सचिवालय सदस्य ओलीले नेतृत्वबाट मार्गप्रशस्त गर्नुपर्ने पक्षमा
  • उपाध्यक्षहरू विष्णु पौडेल, पृथ्वीसुब्बा गुरुङ, गोकर्ण विष्ट र रघुजी पन्त, महासचिव शंकर पोखरेल र उपमहासचिव योगेश भट्टराईले मागे ओलीको राजीनामा
  • उपाध्यक्ष रामबहादुर थापा, उपमहासचिव लेखराज भट्ट र सचिवद्वय महेश बस्नेत र पद्मा अर्याल ओलीको पक्षमा
  • सचिवहरू शेरधन राई, राजन भट्टराई, खगराज अधिकारी र भानुभक्त ढकालले धारणा राख्न बाँकी
  • पद त्याग नगर्ने ओलीको अडान

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली जेन-जी विद्रोहले प्रधानमन्त्रीबाट अपदस्त भएको नौ महिनामै पार्टी नेतृत्वबाट बहिगर्मनको दबाबमा परेका छन् । विगतमा आफूनिकट मानिएका सचिवालय सदस्यहरू नै अध्यक्ष ओलीको अनिवार्य बहिगर्मनको पक्षमा उभिएका छन् । झापा विद्रोहको बेला विद्यार्थी मोर्चामा आबद्ध हुँदै राजनीति थालेका ओलीको राजनीतिक जीवनको दुःखान्तपूर्ण अन्त्य हुने सम्भावना बढेर गएको छ । 

उनको नेतृत्वलाई लिएर शुक्रबार र शनिबारको सचिवालय बैठकमा गम्भीर बहस भयो । हालसम्म बोलेकामध्ये बहुमत पार्टी सचिवालय सदस्यले ओलीको नेतृत्वमा पार्टी अघि नबढ्ने स्पष्ट धारणा राखेका छन् । पार्टी पुनर्गठन, पुस्तान्तरण र नयाँ नेतृत्वको आवश्यकता औंल्याउँदै उनीहरूले ओलीले नेतृत्वबाट मार्गप्रशस्त गर्नुपर्ने बताएका छन् ।

उपाध्यक्षहरू विष्णु पौडेल, गोकर्ण विष्ट, पृथ्वीसुब्बा गुरुङ, रघुजी पन्त, महासचिव शंकर पोखरेल र उपमहासचिव योगेश भट्टराईले नेतृत्वबाट ओलीको विस्थापन अनिवार्य हुनुपर्ने मत राखेका छन् । यसले गर्दा ओलीलाई नेतृत्वमा रहिरहन गम्भीर संकट निम्तिएको छ । शनिबारको सचिवालय बैठकमा उपमहासचिव योगेश भट्टराईले प्रस्ट शब्दमा भने, ‘अब तपाईंबाट पार्टी चल्दैन । राजीनामा दिनुस् ।’

भट्टराईले जसरी राजीनामा शब्द प्रयोग नगरे पनि महासचिव शंकर पोखरेलले पनि नेतृत्वमा ओलीको विकल्प खोजेका छन् । ‘यसरी पार्टी जान सक्दैन । समीक्षा जरुरी छ । यही स्थितिमा अघि जान सकिँदैन । परिस्थिति सजिलो छैन,’ पोखरेलको भनाइ उद्धृत गर्दै एक नेताले भने ।

Hardik health

उपाध्यक्ष पौडेलले त ओलीलाई विधान संशोधन गरेर तेस्रो कार्यकालका लागि अध्यक्ष बनाउनु नै गम्भीर गल्ती भएको भन्दै ओली नेतृत्वमा रहिरहनु औचित्यपूर्ण नभएको बताएका छन् । ‘७० वर्षे उमेर हद र दुई कार्यकाल अध्यक्षको प्रावधान हटाउनु नै गल्ती भयो र २३ गते (२०८२ को भदौ) बेलुकी राजीनामा दिएको भए आज राजनीति यहाँ आइपुग्थेन,’ उनले भनेका छन् ।

ओलीले राजीनामा दिनुपर्ने शब्द उच्चारण नगरे पनि पद त्याग गरेर एमालेलाई जोगाउनुपर्ने अर्का उपाध्यक्ष विष्टले बताएका थिए । ‘प¥यो भने मेरो ठाउँ त्याग्न तयार छु । हामी सबैले पद त्याग्न पनि तयार हुनुपर्छ,’ उनको भनाइ थियो ।  त्यसैगरी अर्का उपाध्यक्ष गुरुङले एमाले ओलीको प्राइभेट कम्पनी नभएको भन्दै उनले पद त्याग्नुपर्ने बताएका छन् । भनिन्छ, सचिवालय बैठकको पहिलो दिन शुक्रबार ओली र गुरुङबीच चर्काचर्की नै परेको थियो । अर्का उपाध्यक्ष रघुजी पन्त पनि ओलीको विपक्षमा उभिए । उनले पनि ओलीको नेतृत्वमा एमालेलाई अगाडि लान नसकिने बताएका थिए । 

यसरी नेतृत्वमा ओलीको विकल्प खोजेका नेताहरूले पार्टीले गत प्रतिनिधिसभा निर्वाचनमा प्राप्त गरेको परिणाम, जनाधारमा आएको गिरावट, आन्तरिक असन्तुष्टि र संगठनात्मक कमजोरीको जिम्मेवार पनि ओलीलाई नै ठह¥याएका छन् । उनीहरूले कम्युनिस्ट आन्दोलनलाई नयाँ ढंगले अघि बढाउन पनि ओलीले नेतृत्वबाट मार्गप्रशस्त गर्नुपर्ने बताइरहेका छन् ।

सचिवालय बाहिरबाट पनि ओलीमाथि नेतृत्व त्याग्न उत्तिकै दबाब बढेको छ । शनिबार नै सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै पूर्वउपाध्यक्ष अष्टलक्ष्मी शाक्यले सचिवालय बैठकबाटै पार्टी नेतृत्वबाट बिदा लिन ओलीलाई सुझाइन् । उनले भनिन्, ‘कमरेडले यही बैठकबाट स-सम्मान अध्यक्ष पदबाट बिदा लिनु राम्रो हुन्छ ।’
ओलीको दम्भ, घमण्ड र गुटगत सोचका कारण पार्टी कमजोर स्थितिमा पुगेको भन्दै नेतृत्व पुस्तान्तरण गर्न अनिवार्य भएको उनले बताएकी छन् । अध्यक्ष ओलीले तीन कार्यकाल नेतृत्व गरिसकेको स्मरण गराउँदै उनले अब युवा पुस्तालाई विश्वास गरेर नेतृत्व हस्तान्तरण गर्नुपर्ने बताएकी छन् । ‘सास रहुञ्जेल एमाले पार्टीको अध्यक्ष भइराख्ने तपाईंको सोच गलत,’ उनले भनिन् ।

सचिवालयका केही सदस्यले भने ओलीलाई नेतृत्वबाट अलग गर्नुपर्ने अभिव्यक्तिको प्रतिवाद गरेका छन् । उपाध्यक्ष रामबहादुर थापा, उपमहासचिव लेखराज भट्ट, सचिव महेश बस्नेत र पद्मा अर्याल प्रतिवादमा उत्रिएका हुन् । उपाध्यक्ष थापाले पार्टी संकटमा रहेको र यो बेला नेतृत्वको रक्षा गर्नु कर्तव्य भएको धारणा राखेका छन् । ‘पार्टी संकटमा छ । यस्तो बेला हामीले नेतृत्वको विकल्प खोज्ने होइन, रक्षा गर्ने हो,’ थापाले शुक्रबार भनेका थिए । 
शनिबार सचिव बस्नेतले यही आशयमा ओलीको नेतृत्वमा विकल्प खोज्न नहुने बताए । उनले भने, ‘संकटको बेलामा नेतृत्व जोगाउनुपर्छ । संरक्षण गर्नुपर्छ ।’

उपमहासचिव भट्टले ओलीको प्रतिरक्षा गर्दै यदि राजीनामा दिनु परे ६० वर्षमाथिका सबै नेताले पदबाट राजीनामा दिनुपर्ने बताए । पार्टी रुपान्तरणका लागि पुनर्गठन गर्नुपर्ने भन्दै ओलीको विकल्प खोजेका नेताहरूलाई उनले भने, ‘पार्टी रूपान्तरण नै गर्ने भए ६० वर्षमाथिका सबै नेताहरू पदमा नबसौं । त्यसो हुँदा पार्टी युवाको हातमा पुग्छ ।’

सचिवालय बैठकमा आज (आइतबार) सचिवहरू शेरधन राई, भानुभक्त ढकाल, राजन भट्टराई र खगराज अधिकारीले आफ्ना धारणा राख्ने छन् । हालसम्म धारणा राखेकामध्ये बहुसंख्यक सचिवालय सदस्य ओलीको विस्थापनको पक्षमा छन् । एमाले सचिवालय बैठकमा उठेको नेतृत्व बहस अब स्थायी कमिटी र केन्द्रीय कमिटीसम्म पुग्ने भएको छ । 

पद नछाड्ने ओली अडान 
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी नेतृत्वबाट नहट्ने अडान लिएका छन् । शुक्रबार र शनिबार भक्तपुरको गुण्डुस्थित ओलीनिवासमा बसेको सचिवालय बैठकमा राजीनामाको दबाब बढ्दै जाँदा उनले आफू राजीनामाको मनस्थितिमा नरहेको बताएका हुन् । 

शनिबार बैठकमा ओलीले राखेको भनाइ उद्धृत गर्दै एक नेताले भने, ‘मलाई यसरी सम्झाएर सक्नुहुन्न । म सम्झिन्नँ । म यसरी छाड्दिनँ ।’ शुक्रबार भने ओली पदबाट मार्गप्रशस्त गर्नु भन्ने पाँचमध्ये चार उपाध्यक्ष विष्णु पौडेल, रघुजी पन्त, गोकर्ण विष्ट र पृथ्वीसुब्बा गुरुङमाथि थर्काउने गरी प्रस्तुत भएका थिए । 


प्रकाशित मिति: आइतबार, जेठ १०, २०८३  ११:२०
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
एमालेको केन्द्रीय सचिवालय बैठक सुरु 
एमालेको केन्द्रीय सचिवालय बैठक सुरु  आइतबार, जेठ १०, २०८३
गगनको ‘पेल्ने रणनीति’ले कांग्रेस विभाजनको डिलमा
गगनको ‘पेल्ने रणनीति’ले कांग्रेस विभाजनको डिलमा आइतबार, जेठ १०, २०८३
सरकारको कामले जनतामा आशा जागिसक्यो : सञ्चारमन्त्री डा तिमिल्सिना
सरकारको कामले जनतामा आशा जागिसक्यो : सञ्चारमन्त्री डा तिमिल्सिना शनिबार, जेठ ९, २०८३
प्रदेश सरकारमा कांग्रेस, एमाले र नेकपा सहकार्य गर्दै
प्रदेश सरकारमा कांग्रेस, एमाले र नेकपा सहकार्य गर्दै शुक्रबार, जेठ ८, २०८३
एमाले सचिवालय बैठक बस्दै
एमाले सचिवालय बैठक बस्दै शुक्रबार, जेठ ८, २०८३
गगन थापाको ‘छटपटाहट’बारे मनिष मिश्रको टिप्पणी : समयअनुकूल निर्णय आवश्यक
गगन थापाको ‘छटपटाहट’बारे मनिष मिश्रको टिप्पणी : समयअनुकूल निर्णय आवश्यक बिहीबार, जेठ ७, २०८३
लोकप्रिय
  • Week
  • Month
वैचारिक व्यक्तित्व मदन भण्डारी र जबजको सान्दर्भिकता
वैचारिक व्यक्तित्व मदन भण्डारी र जबजको सान्दर्भिकता
आन्दोलनको तयारीमा वैदेशिक रोजगार व्यवसायी
आन्दोलनको तयारीमा वैदेशिक रोजगार व्यवसायी
भक्तपुरको  हाईल्याण्ड रिसोर्ट  साटा अवार्ड २०२६ का लागि मनोनयनमा
भक्तपुरको हाईल्याण्ड रिसोर्ट साटा अवार्ड २०२६ का लागि मनोनयनमा
कविता सङ्ग्रह ‘द काष्ट अफ फ्लावर्स’ बजारमा
कविता सङ्ग्रह ‘द काष्ट अफ फ्लावर्स’ बजारमा
लगातार चार दिन सार्वजनिक बिदा
लगातार चार दिन सार्वजनिक बिदा
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
म्यानपावरलाई तिरेको यथार्थ रकम खुलाउँदैनन् श्रमिक
म्यानपावरलाई तिरेको यथार्थ रकम खुलाउँदैनन् श्रमिक
तामाङ युवाहरूको क्षमता अभिवृद्धि प्रशिक्षण कार्यक्रम सम्पन्न
तामाङ युवाहरूको क्षमता अभिवृद्धि प्रशिक्षण कार्यक्रम सम्पन्न
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP