विराटनगर- नेपाली सांगीतिक क्षेत्रमा नयाँ लोकगीत ‘बाबियो डोरी’ सार्वजनिक भएको छ । गीतमा शब्द चन्द्र जयपाल राईको रहेको छ भने स्वरमा परेश राई र मेनुका राईले आवाज दिएका छन् । गीतलाई शशि गुरुङले कम्पोज तथा निर्देशन गरेका हुन् ।
गीतको संगीत संयोजन देवेश राईले गरेका छन् भने रेकर्डिङ राजेश श्रेष्ठले गरेका हुन् । मिक्सिङ तथा मास्टरिङको काम किशोर थापाले गरेका छन् । गीत ‘एक संगीतकार’ स्टुडियोमा रेकर्ड गरिएको हो ।
म्युजिक भिडियोमा सोनम तामाङ र अञ्जना राईको अभिनय रहेको छ । भिडियोको कोरियोग्राफी उमेश राई (फुलान्देको आमा) ले गरेका छन् । निर्माण व्यवस्थापन भोगेन्द्र याम्फुले सम्हालेका छन् भने निर्माता शिखर राई रहेका छन् ।
भिडियोको छायांकन भूपेन्द्र तुम्बाहाङ्फेले गरेका हुन् भने सम्पादन अनिल राणाले गरेका छन् । गीत तथा भिडियोले नेपाली लोकसंस्कृति, प्रेम र मौलिकताको झल्को दिने प्रयास गरेको निर्माण टिमले जनाएको छ ।
सार्वजनिक भएसँगै गीतले दर्शक तथा श्रोतामाझ सकारात्मक प्रतिक्रिया पाइरहेको छ । मौलिक शब्द, आकर्षक संगीत तथा उत्कृष्ट अभिनयका कारण ‘बाबियो डोरी’ नेपाली लोकसंगीत प्रेमीमाझ लोकप्रिय बन्ने अपेक्षा गरिएको छ ।