काठमाडाैं - सभामुख डीपी अर्यालले प्रतिनिधिसभाको बैठकमा विपक्षीको मागअनुसार प्रधानमन्त्री बालेन शाह जवाफ दिन उपस्थित हुने–नहुने विषयमा आज छलफल गरिने बताएका छन्।
बुधबारको प्रतिनिधिसभाको दोस्रो बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसदहरूले उठेर अवरोध गरेपछि सभामुखले प्रधानमन्त्रीसँग छलफल तय भएको जानकारी दिएका हुन्।
सभामुख अर्यालले सदनलाई जानकारी गराउँदै भने, ‘आजको सभा सकिएपछि सम्माननीय प्रधानमन्त्रीसँग संवाद गर्न कुरा छ । त्यसकारण आज हामीले यसको प्रतिउत्तर, जवाफ हामीले भ्याउँदैनौँ । आज छलफल अघि बढाउँ । जवाफ दिनेक्रममा सम्माननीय प्रधानमन्त्रीज्यू आउन सक्नुहुन्छ कि सक्नुहुन्न उहाँको अवस्था के छ भन्ने विषयमा मैले अहिले निर्णय त दिन सक्दिनँ ।’