काठमाडौं - विपक्षी सांसदहरूले संसद्मा प्रधानमन्त्री बालेन शाहको राजीनामा माग गरेका छन् ।आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमको जवाफमा प्रधानमन्त्री उपस्थित नभएको भन्दै विपक्षी सांसद हर्कराज साम्पाङ राईले राजीनामा माग गरेका हुन् ।
आजबाट नीति तथा कार्यक्रममाथि छलफल थाल्ने कार्यसूचीमा रहेकाे थियाे । जसमा प्रधानमन्त्रीले दिनुपर्ने जवाफमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले दिन लागेपछि अन्य विपक्षीहरुले अवरोध गरेका हुन् ।
उनीहरूले अहिले प्रधानमन्त्रीको खोजी गर्दै विरोध गरेका हुन् ।