काठमाडौं- संविधान संशोधनका लागि बहसपत्र तयार गर्न गठित कार्यदलले आज सञ्चारकर्मीहरुसँग छलफल गर्दैछ ।
प्रधानमन्त्री वालेन्द्र शाहका राजनीतिक सल्लाहाकार अशिम शाहको संयोजकत्वमा गठित कार्यदलले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा विभिन्न सञ्चारमाध्यममा आबद्ध वरिष्ठ पत्रकार तथा सञ्चारकर्मीसँग संविधान संशोधनका विषयमा आज दिउँसो ४ः०० बजे परामर्श र छलफल गर्न लागेको हो ।
कार्यदलका सदस्य सचिव लिलाधर सुवेदीले छलफलका क्रममा सहभागीहरुबाट संविधान संशोधनका विषयमा आवश्यक सुझाव सङ्कल्न गरिने जानकारी दिए ।