काठमाडाैं - यही २८ वैशाखमा संसदका दुवै सदनलाई सम्बोधन गर्नको लागि सरकारले राष्ट्रपति रामचन्द्र पौडेललाई आग्रह गर्ने निर्णय गरेको छ ।
शुक्रबार बसेको बैठकपछि संयुक्त बैठकलाई सम्बोधन गर्न राष्ट्रपतिलाई आग्रह गर्ने निर्णय गरेको जानकारी सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए ।
यही २८ वैशाखमा संसदका दुवै सदनको बैठक बस्दै छ ।