काठमाडाैं - आँबुखैरेनी–मुग्लिन सडक अवरुद्ध भएको छ ।आँबुखैरेनी गाउँपालिका–४ ‘पावर हाउस’ नजिक सुक्खा पहिरा खस्दा आँबुखैरेनी–मुग्लिन सडक अवरुद्ध भएको हाे ।
सडकमाथिबाट पहिरो खस्दा उक्त सडक अवरुद्ध भएको हो । पहिरो पन्छाएर राजमार्ग सञ्चालन गराउने प्रयास जारी रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक श्रवणकुमार विकले राससलाई जानकारी दिए ।