काठमाडौं- नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट लागुऔषधसहित १८ जनालाई पक्राउ गरेको छ ।
केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार झापाको अर्जुनधार नगरपालिका-११ चियाबगानबाट खैरो हेरोइनसहित पाँच, फिदिम नगरपालिका-१ शनिबारेबाट दुई, सुनसरीको कोशी गाउँपालिका-१ लौकहीबाट तीन, धरान उपमहानगरपालिका-११ बाट एक र मध्यपुरथिमि नगरपालिका-१ मनोहराबाट दुई जनालई पक्राउ गरिएको हो । उनीहरुमध्ये केहीबाट चिकित्सकको सिफारिसमा मात्र खरिद गर्न पाइने औषधि नगद लागुऔषध जोख्न प्रयोग हुने डिजिटल तराजुसमेत बरामद भएको छ ।
यसैगरी, कोहलपुर नगरपालिका-१० चडिण्डका टोलबाट एक, पोखरा महानगरपालिका-२५ याम्दीबाट एक र सिम्रौगढ नगरपालिका-३ भट्टीवैरियाबाट दुई, नेपालगन्ज उपमहानगरपालिका-१३ लालापुरबाट एक जनालाई पक्राउ गरेको छ । उनीहरु बुधबार पक्राउ परेका हुन् ।