Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #कांग्रेसका संस्थाइतर
  • #सिएन थारु/आरके तामाङ
  • #‘हृदयांश’
  • #दीपक बन्जारा
  • #नेपाली कांग्रेसको संस्थापनइतर
  • #गगनकुमार थापा
  • #माएदा तोरु
  • #सुनिल लम्साल
  • #जाइका
Search Here
समाचार
  • Home
  • समाचार
  • मिथिलामा जानकी नवमीको उल्लास
मिथिलामा जानकी नवमीको उल्लास
प्रभाव संवाददाता
प्रभाव संवाददाता शनिबार, वैशाख १२, २०८३

महोत्तरी- विभिन्न चाडपर्व र सांस्कृतिक उत्सवको वैभव मानिने मधेसको महोत्तरीसहितका प्राचीन मिथिलाक्षेत्रमा आज जानकी नवमीको उल्लास छ । वैशाख शुक्ल नवमी तिथि आज परेकाले यस क्षेत्रमा जानकी नवमी पर्व धार्मिक अनुष्ठानबीच मनाइँदै छ ।

चन्द्रमासको वैशाख शुक्ल नवमी तिथिका दिन आदर्श नारी सीताको जन्म भएको विश्वासमा मिथिला क्षेत्रमा यो पर्व विशेष उल्लासको मानिन्छ । जानकी नवमी वा जानकी प्रकाट्य दिवस भनिने यो पर्वको रमझम मिथिलामा वैशाख शुक्लपक्ष सुरु हुनासाथै प्रारम्भ हुन्छ ।

सीता खासमा मिथिलाकै छोरी भएकी हुँदा यहाँ जानकी नवमी विशिष्ट पर्व बनेको मटिहानीस्थित लक्ष्मीनारायण मठका उत्तराधिकारी महन्थ डा रवीन्द्रदास वैष्णवले बताए । उनका अनुसार मुलुककै राष्ट्रिय विभूति सीतालाई जानकी, वैदेही, जनकनन्दिनी, मिथिला, जनकदुलारी, रामिणी र किशोरीजीसहित कैयौँ नाउँले पुकारिन्छ । 

सीता आदिशक्ति देवी लक्ष्मीकी अवतार मानिने हिन्दू मान्यता र परम्पराले यस क्षेत्रमा व्रत, रामायण कथा र सांस्कृतिक झाँकीका बीच उत्सव मनाउने परम्परा रहिआएको लक्ष्मीनारायण मठका उत्तराधिकारी महन्थ डा वैष्णवले उल्लेख गरे । 

Hardik health

मिथिलाका धार्मिक मठ, मन्दिरमा यो पर्व वैशाख शुक्लपक्ष सुरु भएसँगै नौ दिनसम्म विभिन्न विधिबीच मनाइन्छ । वैशाख शुक्लपक्ष प्रारम्भसँगै सुरु भएको यस पर्वको विधिवत् समापन आज गरिँदैछ । 

जानकी नवमी पर्व सम्पूर्ण हिन्दू समुदाय, नेपालीहरुका लागि उत्तिकै महत्वपूर्ण भए पनि सीता प्राचीन मिथिलाकी छोरी भएकी हुँदा यहाँका बासिन्दामा यस पर्वको भावात्मक सम्बन्ध रहेको मटिहानीस्थित याज्ञवल्क्य लक्ष्मीनारायण विद्यापीठ (संस्कृत क्याम्पस) का प्राचार्य हेमनारायण कर्णले बताए । 

पर्वका अवसरमा प्राचीन मिथिलाका सबैजसो मठमन्दिरमा  विशेष भजन, कीर्तन र सत्सङ्ग आयोजन हुँदै आएका छन् । त्यसैगरी, सीताजी प्रकट हुनुभएको पौराणिक कथाका आधारमा यी  विषय समेटिएको भावका मङ्गलगान अहिले जताततै गुञ्जी रहेका छन् । पर्वका अवसरमा प्राचीन मिथिला अर्थात् विदेह राज्यको राजधानी मानिने जनकपुरधामका सबै मठमन्दिरमा जानकी नवमी पर्व उल्लासमय वातावरणमा मनाइँदै छ । 

यसैगरी, मटिहानीस्थित लक्ष्मीनारायण मठ, लक्ष्मीनारायण मन्दिर, जलेश्वरको ब्रह्मचारीकुटीस्थित रामजानकी मन्दिर, बर्दिबासस्थित रामजानकी मन्दिर र जिल्लाका सबैजसो मठमन्दिरमा जानकी नवमी पर्वका अवसरमा विशेष धार्मिक अनुष्ठान वैशाख शुक्लपक्ष सुरु भएसँगै हुँदै आएका छन् । 

पर्वका अवसरमा सीता जन्म कथा, सीता स्वयम्वर, रामलीला र रासलीलासहितका कार्यक्रम मञ्चन हुँदै आएका छन् । पर्वमा वैशाख शुक्लपक्ष प्रारम्भसँगै प्रत्येक साँझ राजा जनकलाई पुत्रीलाभको बधाई कार्यक्रम आयोजन हुँदैछन् । आजसाँझ मिथिलाक्षेत्रमा सन्ध्या दीपावली गरिने भएकाले सोहीअनुसार तयारी भइरहेको याज्ञवल्क्य लक्ष्मीनारायण विद्यापीठका प्राचार्य कर्णले जानकारी दिए ।

“अघि त्रेतायुगमा तत्कालीन मिथिला राज्यमा अकाल पर्दा विद्वानहरुको सभाले राजा शिरध्वज जनकले सुनको हलोले राज्यका विभिन्न भेगमा जोते पानी पर्ने बताएपछि राजाले हलो जोत्ने क्रममा घडासहित सीताजी हलोको टुँडोले उप्किएको सियोमा प्रकट भएको विश्वास गरिन्छ”, उनले भने । 

सानैदेखि आफ्ना विशिष्ट गुणले आदर्श नारीको पहिचान बनाएकी सीताले विवाहपछि पनि बुहारी भएर गएकी अवधमा मिथिलाको महिमा बढाएकी रामायणसहितका पौराणिक ग्रन्थमा वर्णित छ ।

जानकी नवमी पर्वका अवसरमा व्रत बस्ने परम्परा छ । यो व्रत एक अहोरात्र बसेर भोलिपल्ट साङ्गता गरिन्छ । पर्वका अवसरमा मधेस प्रदेश सरकारले पछिल्ला केही वर्षयता वैशाख शुक्ल नवमीका दिन सार्वजनिक बिदा दिँदै आएको छ । यसपालि भने पर्व साप्ताहिक बिदाकै दिन शनिबार परेको छ ।
 


प्रकाशित मिति: शनिबार, वैशाख १२, २०८३  ११:०४
प्रतिक्रिया दिनुहोस्
थप समाचार
सुशासनलाई सुदृढ बनाउन अग्रजहरूको आदर्शलाई आत्मसात् गर्नुपर्छः पूर्वराष्ट्रपति भण्डारी
सुशासनलाई सुदृढ बनाउन अग्रजहरूको आदर्शलाई आत्मसात् गर्नुपर्छः पूर्वराष्ट्रपति भण्डारी आइतबार, साउन १७, २०८३
‘निम्स दाइ’को निधनमा अन्नपूर्णले दियो शोक बिदा
‘निम्स दाइ’को निधनमा अन्नपूर्णले दियो शोक बिदा आइतबार, साउन १७, २०८३
सरकारद्वारा हिम पहिरोमा परी निधन भएका आरोहीप्रति दुःख व्यक्त
सरकारद्वारा हिम पहिरोमा परी निधन भएका आरोहीप्रति दुःख व्यक्त आइतबार, साउन १७, २०८३
राजविराज र बोदेबरसाइनमा कर्फ्यु हट्यो, निषेधाज्ञा जारी
राजविराज र बोदेबरसाइनमा कर्फ्यु हट्यो, निषेधाज्ञा जारी आइतबार, साउन १७, २०८३
सय बढी नक्कली उत्पादन बरामद
सय बढी नक्कली उत्पादन बरामद आइतबार, साउन १७, २०८३
शान्तिको कामना गर्दै गृहमन्त्रीद्वारा पूजार्चना
शान्तिको कामना गर्दै गृहमन्त्रीद्वारा पूजार्चना आइतबार, साउन १७, २०८३
‘निम्स दाइको अदम्य साहस र समर्पण इतिहासमा सधैँ अमर रहनेछ’
‘निम्स दाइको अदम्य साहस र समर्पण इतिहासमा सधैँ अमर रहनेछ’ आइतबार, साउन १७, २०८३
लोकप्रिय
  • Week
  • Month
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
‘अव्यावहारिक कानुन नबदलिए व्यवसाय बन्द गर्न बाध्य हुन्छौं’
‘अव्यावहारिक कानुन नबदलिए व्यवसाय बन्द गर्न बाध्य हुन्छौं’
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP