Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #कांग्रेसका संस्थाइतर
  • #सिएन थारु/आरके तामाङ
  • #‘हृदयांश’
  • #दीपक बन्जारा
  • #नेपाली कांग्रेसको संस्थापनइतर
  • #गगनकुमार थापा
  • #माएदा तोरु
  • #सुनिल लम्साल
  • #जाइका
Search Here
समाचार
  • Home
  • समाचार
  • हिन्दुकुश हिमालयमा लगातार चौथो वर्ष हिम सञ्चिति न्यूनतम्
हिन्दुकुश हिमालयमा लगातार चौथो वर्ष हिम सञ्चिति न्यूनतम्
प्रभाव संवाददाता
प्रभाव संवाददाता शुक्रबार, वैशाख ११, २०८३

काठमाडौं- हिन्दुकुश हिमालय क्षेत्रमा हिम आवरण दीर्घकालीन औसतभन्दा २७.८ प्रतिशतले घटेको देखिएको छ । यसले गत वर्षको न्यूनतम् कीर्तिमान तोड्दै लगातार चौथो वर्ष औसतभन्दा कम हिम स्थायित्व देखाएको छ । यो तथ्य अन्तरराष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड) द्वारा आज सार्वजनिक गरिएको ‘स्नो अपडेट-२०२६’ प्रतिवेदनमा उल्लेख छ ।

यस निरन्तर गिरावटले विश्वकै उच्च हिमाली क्षेत्रमा मौसमी हिम सञ्चिति प्रणालीगत रूपमा कमजोर हुँदै गएको सङ्केत गर्दछ । जसले यस क्षेत्रबाट उत्पन्न हुने १२ प्रमुख नदी बेसिनमा निर्भर करिब दुई अर्ब नागरिकको जल सुरक्षामा तत्काल र बढ्दो खतरा निम्त्याएको छ । तीमध्ये १० बेसिनमा अहिले औसतभन्दा कम हिम स्थायित्व रहेको छ । मेकङ, टारिम र तिब्बती पठारमा २४ वर्षको निगरानी अवधिमै सबैभन्दा न्यून स्तर रेकर्ड गरिएको छ ।

“हामीले देखिरहेको कुरा भनेको एक निरन्तर प्रवृत्ति हो, जहाँ मौसमी हिम सञ्चिति वर्षेनि घट्दै गएको छ”, ‘स्नो अपडेट–२०२६’का लेखक शेर मुहम्मदले भने, “यो तथ्याङ्कले एक महत्वपूर्ण मोड देखाउँछ, १२ मध्ये १० बेसिन सामान्यभन्दा तल छन् र केहीले दुई दशककै न्यूनतम् स्तर छोएका छन् ।”हेलमण्ड बेसिनमा वार्षिक बहावको ७७.५ प्रतिशत र आमु दर्यामा ७४.४ प्रतिशत हिउँ पग्लनबाट प्राप्त हुने भएकाले यस वर्षको हिम कमीले पिउने पानी, सिँचाइ, जलविद्युत् र पारिस्थितिक प्रणालीमा प्रत्यक्ष असर पार्ने प्रतिवेदनमा उल्लेख छ । यसले विशेषगरी पानी आपूर्ति र बाढी व्यवस्थापनमा चिन्ता बढाएको छ । घट्दो हिउँ पग्लनले वसन्तकालीन बहाव घटाउनेछ र तल्लोतटीय क्षेत्रमा पानी अभाव झन तीव्र बनाउनेछ ।

Hardik health

इण्डस, हेलमण्ड र आमु दर्या नदी बेसिनका किसानले बाली रोप्ने प्रारम्भिक मौसममै सिँचाइ अभावको सामना गर्नेछन् । मेकङ, याङेत्से (जहाँ थ्रि गर्जेज ड्याम सञ्चालनमा छ) र ब्रह्पुत्र क्षेत्रमा जलविद्युत उत्पादन पनि प्रारम्भिक गर्मीयाममा सामान्यभन्दा कम हुने अपेक्षा गरिएको छ । यो सङ्कटलाई अझ गम्भीर बनाउँदै, लगातार कम हिमपात भएका वर्षहरूले भू–जल र माटोको आद्र्रता पुनःभरण हुन नदिएकाले भविष्यमा खडेरीको जोखिम बढेको छ । “हरेक सुक्खा अवधि अझ कडा प्रभाव पार्नेछ”, प्रतिवेदनमा भनिएको छ, “यी अन्तरसम्बन्धित समस्यामा क्षेत्रीय सहकार्य अब अत्यन्त आवश्यक भएको छ । यसमा आकस्मिक प्रतिक्रिया होइन, वैज्ञानिक आधारमा सक्रिय व्यवस्थापनतर्फ सोच्नुपर्छ ।”

प्रतिवेदनका अनुसार केबल दुई नदी बेसिनमा मात्र औसतभन्दा बढी हिम स्थायित्व देखिएको छ । गङ्गा बेसिनमा १६.३ प्रतिशत र इरावडी बेसिनमा २१.८ प्रतिशत बढी हिम स्थायित्व देखिएको छ, यद्यपि यसले स्थानीय रूपमा केही राहत दिए पनि क्षेत्रीय सङ्कटलाई सन्तुलन गर्न पर्याप्त छैन । यसविपरीत मेकङमा ५९.५ प्रतिशत, तिब्बती पठारमा ४७.४ प्रतिशत र सालविनमा ४१.८ प्रतिशत हिम स्थायित्वको कमी देखिएको छ ।

इसिमोडले राष्ट्रिय तथा स्थानीय निकायलाई तत्काल खडेरी तयारी तथा प्रतिक्रिया योजना सक्रिय गर्न, वास्तविक समय हिम तथ्याङ्कलाई जल व्यवस्थापनमा समावेश गर्न, पानी सञ्चय र दक्षता उपायमा लगानी बढाउन तथा अन्तरदेशीय जल सहकार्य सुदृढ गर्न आग्रह गरेको छ ।
 


प्रकाशित मिति: शुक्रबार, वैशाख ११, २०८३  १४:३७
प्रतिक्रिया दिनुहोस्
थप समाचार
सुशासनलाई सुदृढ बनाउन अग्रजहरूको आदर्शलाई आत्मसात् गर्नुपर्छः पूर्वराष्ट्रपति भण्डारी
सुशासनलाई सुदृढ बनाउन अग्रजहरूको आदर्शलाई आत्मसात् गर्नुपर्छः पूर्वराष्ट्रपति भण्डारी आइतबार, साउन १७, २०८३
‘निम्स दाइ’को निधनमा अन्नपूर्णले दियो शोक बिदा
‘निम्स दाइ’को निधनमा अन्नपूर्णले दियो शोक बिदा आइतबार, साउन १७, २०८३
सरकारद्वारा हिम पहिरोमा परी निधन भएका आरोहीप्रति दुःख व्यक्त
सरकारद्वारा हिम पहिरोमा परी निधन भएका आरोहीप्रति दुःख व्यक्त आइतबार, साउन १७, २०८३
राजविराज र बोदेबरसाइनमा कर्फ्यु हट्यो, निषेधाज्ञा जारी
राजविराज र बोदेबरसाइनमा कर्फ्यु हट्यो, निषेधाज्ञा जारी आइतबार, साउन १७, २०८३
सय बढी नक्कली उत्पादन बरामद
सय बढी नक्कली उत्पादन बरामद आइतबार, साउन १७, २०८३
शान्तिको कामना गर्दै गृहमन्त्रीद्वारा पूजार्चना
शान्तिको कामना गर्दै गृहमन्त्रीद्वारा पूजार्चना आइतबार, साउन १७, २०८३
‘निम्स दाइको अदम्य साहस र समर्पण इतिहासमा सधैँ अमर रहनेछ’
‘निम्स दाइको अदम्य साहस र समर्पण इतिहासमा सधैँ अमर रहनेछ’ आइतबार, साउन १७, २०८३
लोकप्रिय
  • Week
  • Month
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
‘अव्यावहारिक कानुन नबदलिए व्यवसाय बन्द गर्न बाध्य हुन्छौं’
‘अव्यावहारिक कानुन नबदलिए व्यवसाय बन्द गर्न बाध्य हुन्छौं’
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP