Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #कांग्रेसका संस्थाइतर
  • #सिएन थारु/आरके तामाङ
  • #‘हृदयांश’
  • #दीपक बन्जारा
  • #नेपाली कांग्रेसको संस्थापनइतर
  • #गगनकुमार थापा
  • #माएदा तोरु
  • #सुनिल लम्साल
  • #जाइका
Search Here
समाचार
  • Home
  • समाचार
  • सत्ता सम्हालेको एक महिना नपुग्दै हटाइए दुई मन्त्री
रवि-वालेन्द्र नीतिः विवादितलाई बिदा सत्ता सम्हालेको एक महिना नपुग्दै हटाइए दुई मन्त्री
प्रभाव संवाददाता
प्रभाव संवाददाता बिहीबार, वैशाख १०, २०८३
  • गृहमन्त्री बनेको २७ दिनमै सुधन गुरुङले दिए राजीनामा
  • विवादमा तानिएका मन्त्रीहरूको बचाऊमा उत्रिएनन् रवि-वालेन्द्र
  • प्रश्न उठ्यो कि पदबाट हटाउने नीति
  • दीपक साहलाई नातावाद र सुधनलाई विवादित व्यवसायी दीपक भट्टसँगको साझेदारी आरोपमा मुछिएपछि मन्त्रीबाट हटाइए

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाह र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले विवादमा तानिएका मन्त्रीहरूलाई पदबाट बिदा गर्ने स्पष्ट नीति लिएको देखिएको छ । सार्वजनिक रूपमा त्यस्ता विवादित मन्त्रीहरूको प्रतिरक्षा गरेर आलोचित नहुने सन्देश पनि उनीहरूले दिएका छन् ।

नागरिकस्तरबाट मेरो सेयरलगायतका विषयमा उठेका प्रश्न, टिप्पणी र जनचासोलाई मैले गम्भीररूपमा लिएको छु । मेरो लागि पदभन्दा ठूलो कुरा नैतिकता हो र जनविश्वासभन्दा ठूलो शक्ति कुनै हुँदैन ।
सुधन गुरुङ 
निवर्तमान गृहमन्त्री

गृहमन्त्री सुधन गुरूङ र श्रममन्त्री दीपक साहलाई विवादमा मुछिएपछि हटाएको घटनाले त्यही देखाउँछ । यसले रास्वपा सार्वजनिकरूपमा प्रश्न उठेपछि प्रतिरक्षा गरेर पदमै राखिरहने पक्षमा नरहेको पनि देखिन्छ । विगतमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री हुँदा मन्त्रीहरूको प्रतिरक्षामा आफैं उत्रिन्थे, जसले उनी आलोचित हुन्थे । तर, प्रधानमन्त्री शाह र रास्वपा सभापति लामिछानेदेखि उनका दलका सांसदहरू मौन रहे । 

निवर्तमान गृहमन्त्री गुरुङमाथि दुई लघु बिमा कम्पनीमा लगानी र विवादित व्यवसायी दीपक भट्टसँगको सम्बन्धबारे प्रश्न उठेको थियो । सुरुमा त उनले स्पष्टीकरण दिएर पद जोगाउने प्रयास गरे । स्रोतकाअनुसार पार्टी सभापति लामिछाने र प्रधानमन्त्री शाहले पद छाड्न निर्देशन दिएपछि मन्त्री नियुक्त भएको २७औं दिनमा राजीनामा दिन बाध्य भए ।

Hardik health

राजीनामापछि उनले सामाजिक सञ्जाल फेसबुकमा लेखे, ‘नागरिकस्तरबाट मेरो सेयरलगायतका विषयमा उठेका प्रश्न, टिप्पणी र जनचासोलाई मैले गम्भीररूपमा लिएको छु । मेरो लागि पदभन्दा ठूलो कुरा नैतिकता हो र जनविश्वासभन्दा ठूलो शक्ति कुनै हुँदैन ।’ उनले राजीनामा दिएपछि गत वर्षको भदौ २३ र २४ गते भएको जेन-जी विद्रोहका सहिदहरूलाई स्मरण गरे । ‘जेन-जी आन्दोलनले पनि यही सन्देश दिएको छ सार्वजनिक जीवन स्वच्छ हुनुपर्छ, नेतृत्व उत्तरदायी हुनुपर्छ । मेरा ४६ जना भाइबहिनीहरूको रगत र बलिदानको आडमा बनेको सरकारलाई कसैले प्रश्न गर्छ भने त्यसको जवाफ नैतिकता हो,’ उनले भने ।

सत्य, इमानदारी र आत्मशुद्धिको बाटोमा सबै उभिनैपर्ने भन्दै उनले निष्पक्ष छानबिनका लागि आफूले राजीनामा दिएको तर्क गरेका छन् ।  पछिल्लो समय उनी सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको हिरासतमा रहेका व्यवसायी दीपक भट्टको कम्पनीमा साझेदार रहेको तथ्य बाहिरिएपछि संकटमा परे । भट्टको लिबर्टी माइक्रो इन्स्योरेन्स र स्टार माइक्रो इन्स्योरेन्सको ५० लाख रुपैयाँबराबरको सेयर किनेको विषयमा उनीमाथि चौतर्फी प्रश्न उठ्यो । सेयरको विषय उनले सम्पत्ति विवरणमा लुकाएका थिए । 

उनीमाथि रकमको स्रोतबारे प्रश्न उठ्यो । गृहमन्त्री गुरुङले ऋण लिएर किनेको दाबी गरे । कपाली तमसुक सार्वजनिक गरे । विवाद रोकिएन । विवादित व्यवसायी भट्टसँगको कनेक्सनबारे चित्तबुझ्दो जवाफ दिन नसकेपछि उनी झनै विवादमा तानिए ।  त्यसमाथि बुधबार त धनकुटाको साँगुरीगढी गाउँपालिकामा पर्ने पर्यटकीय क्षेत्र भेडेटार क्षेत्रमा रोपनीकै पाँच लाख रुपैयाँ पर्ने जग्गा सात लाख रुपैयाँमै २० रोपनी गृहमन्त्री हुनु केही दिनअघि लिएको सार्वजनिक भयो । यो जग्गा पनि उनले सम्पत्ति विवरणमा खुलाएका थिएनन् । विवादको घेरामा परेपछि उनी स्पष्टीकरण दिएर उम्किन सकेनन् । राजीनामा निर्विकल्प बन्यो ।

यसअघि श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री दीपककुमार साह नातावादमा मुछिए । श्रीमतीलाई स्वास्थ्य बिमा बोर्डमा हाजिर गराएको विषय सार्वजनिक भएपछि साहलाई स्पष्टीकरणको मौकासमेत नदिई सभापति लामिछानेले ‘राइट टु रिकल’ नीतिअन्तर्गत फिर्ता बोलाए, सोहीअनुसार प्रधानमन्त्री शाहले पदमुक्त गरिदिए । दुवै घटनालाई जोडेर हेर्दा प्रधानमन्त्री शाह र सभापति लामिछाने विवादित मन्त्रीलाई जोगाउनेभन्दा हटाउने पक्षमा उभिएको स्पष्ट देखिन्छ । 

 

गृहमा सुधनको २७ दिन
१३ चैतमा बनेको वालेन्द्र सरकारमा सुधन गुरुङले शक्तिशाली मन्त्रालय गृहको कमाण्ड सम्हाले । सोही दिन साँझ नयाँ सरकारको पहिलो मन्त्रिपरिषद् बैठक बस्यो । बैठकले जेन-जी विद्रोहको जाँचबुझ गर्न गठित गौरीबहादुर कार्की नेतृत्वको आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय ग¥यो । प्रतिवेदनमा २३ गते १९ जना नवयुवाको ज्यान तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकको हेल्चेक्र्याइँका कारण गएको भन्दै ज्यानसम्बन्धी कसुरमा अनुसन्धानका लागि सिफारिस गरिएको थियो । सोही प्रतिवेदन कार्यान्वयन गर्ने वालेन्द्र सरकारको निर्णय भयो ।

लगत्तै गृहमन्त्री गुरुङले नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई देशभर तैनाथ हुन निर्देशन दिए । त्यो ओली र लेखक पक्राउ गर्दा हुने सम्भावित तनावपूर्ण स्थितिलाई सम्हाल्ने सुरक्षा तयारी थियो । नभन्दै सुरक्षाकर्मीहरू सोही रात तैनाथ भए । ओली र लेखक निवासमा सुरक्षाकर्मीहरू राति नै पुगे । बिहान सवेरै दुवै जनालाई पक्राउ गरे । यो १४ चैतको घटना हो । 

ओली पक्राउविरुद्ध एमाले प्रदर्शनमा उत्रियो, तर प्रदर्शन निष्प्रभावी बन्यो । ओली र लेखकको पक्राउपछि पनि उनी रोकिएनन् । १५ चैतमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले पूर्वऊर्जामन्त्री तथा कांग्रेस नेता दीपक खड्कालाई पक्राउ ग¥यो । धुम्बाराहीस्थित एक अपार्टमेन्टबाट पक्राउ परेका उनीमाथि सिआइबीले सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा अनुसन्धान थाल्यो । जेन-जी विद्रोहका बेला खड्काको घरमा पैसा फेला परेको फोटो, भिडियो सार्वजनिक भएको थियो । गृहमन्त्री गुरुङले निवासबाट बरामद भएको रकमको अनुसन्धानका लागि खड्का पक्राउ परेको बताएका थिए ।

१५ चैतकै राति एमालेकी लुम्बिनी प्रदेश सांसद रेखा शर्मा पक्राउ परेकी थिइन् । उनलाई एक बालिकालाई घरमा राखेर बालश्रम शोषण गराएको आरोप लागेको थियो । विगत ६ वर्षदेखि सांसद शर्माको घरमा काम गरेकी बालिकाले आफूमाथि कुटपिट हुने गरेको बताएकी थिइन् ।  जेन-जी विद्रोह हुँदाका काठमाडौंका प्रमुख जिल्ला अधिकारीको जिम्मेवारीमा रहेका छविलाल रिजाल १७ चैतमा पक्राउ परे । उनलाई पनि कार्की आयोगले कारबाही सिफारिस गरेको थियो । जेन-जी विद्रोहमा दमन गरेपछि उनी काठमाडौंको प्रमुख जिल्ला अधिकारीबाट एक महिना नपुग्दै बाहिरिएका थिए ।

गत २३ र २४ भदौमा भएको जेन-जी विद्रोहमा रिजालले आफूले घुँडाभन्दा तल लक्षित रबरको गोली चलाउने मौखिक आदेश दिएको तर सिधै गोली चलाउने आदेश भने नदिएको बताएका थिए । उनीपछि १९ चैतमा व्यवसायी दीपक भट्ट पक्राउ परे । सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धानमा उनी तानिएका हुन् । उनीमाथि सम्पत्ति शुद्धीकरण विभागले अनुसन्धान गरिरहेको छ । २० चैतमा सम्पत्ति शुद्धीकरणकै कसुरमा अर्का व्यवसायी तथा शंकर ग्रुपका सञ्चालक शंकर अग्रवाल पक्राउ परे । २२ चैतमा उनका छोरा सुलभ अग्रवाल पक्राउ परे । भलै, पक्राउ परेका धेरै ‘हाइ प्रोफाइल’ नेताहरू अदालतको आदेशपछि रिहा भइसकेका छन् । केही भने थुनामा छन् । यो त उनको पक्राउ अभियानको प्रसंग हो ।

यसबीचमा गुरुङले प्रहरी प्रधान कार्यालयको निरीक्षण गर्दै प्रहरीको पोसाक नेपालमै उत्पादन गर्नेदेखि आइजिपीलाई प्रधानमन्त्रीले फुली लगाउने व्यवस्थासमेत बनाउने बताएका थिए । यस्तै, सशस्त्र प्रहरी हेडक्वार्टर पुगेर सीमामा सशस्त्रको फौज थप खटाउन निर्देशन दिनेदेखि उद्धारका लागि सशस्त्रलाई दुईवटा हेलिकप्टर दिने बताए । एकदम रफ्तारमा काम गरेका उनले प्रहरीको युनिटहरूमा आकस्मिक निरीक्षक गरेका थिए । नारायणगढ-बुटवल सडकलगायत खण्डको सुस्त भइरहेको काम छिटो गर्न चिनियाँ ठेकेदारलाई निर्देशन दिए ।

रफ्तारमा काम गरेका निवर्तमान गृहमन्त्री गुरुङको प्रशंसा हुँदाहुँदै आफ्नै पृष्ठभूमिका कारण कारण उनी विवादमा तानिए । पोखरास्थित फेवातालको जग्गा प्रकरणदेखि सम्पत्तिको स्रोतसम्ममा प्रश्न उठ्यो । पछिल्लोपटक विवादित व्यवसायी भट्टसँगको कनेक्सन खुलेपछि उनी पदबाट हट्न बाध्य बने । यद्यपि, उनले आफ्नोबारे उठेको विवादमा निष्पक्ष छानबिनका लागि राजीनामा दिएको बताएका छन् । 


प्रकाशित मिति: बिहीबार, वैशाख १०, २०८३  ११:३१
प्रतिक्रिया दिनुहोस्
थप समाचार
ब्रोड पिकमा निभ्यो साहसको दीप
ब्रोड पिकमा निभ्यो साहसको दीप आइतबार, साउन १७, २०८३
पत्रकार महासंघको ग्लोबल मिडिया सम्मेलनः टोकियो घोषणापत्र जारी
पत्रकार महासंघको ग्लोबल मिडिया सम्मेलनः टोकियो घोषणापत्र जारी आइतबार, साउन १७, २०८३
नेपाल वायुसेवा निगमको सञ्चालन व्यवस्थापनमा सुधार
नेपाल वायुसेवा निगमको सञ्चालन व्यवस्थापनमा सुधार आइतबार, साउन १७, २०८३
सुशासनलाई सुदृढ बनाउन अग्रजहरूको आदर्शलाई आत्मसात् गर्नुपर्छः पूर्वराष्ट्रपति भण्डारी
सुशासनलाई सुदृढ बनाउन अग्रजहरूको आदर्शलाई आत्मसात् गर्नुपर्छः पूर्वराष्ट्रपति भण्डारी आइतबार, साउन १७, २०८३
‘निम्स दाइ’को निधनमा अन्नपूर्णले दियो शोक बिदा
‘निम्स दाइ’को निधनमा अन्नपूर्णले दियो शोक बिदा आइतबार, साउन १७, २०८३
सरकारद्वारा हिम पहिरोमा परी निधन भएका आरोहीप्रति दुःख व्यक्त
सरकारद्वारा हिम पहिरोमा परी निधन भएका आरोहीप्रति दुःख व्यक्त आइतबार, साउन १७, २०८३
राजविराज र बोदेबरसाइनमा कर्फ्यु हट्यो, निषेधाज्ञा जारी
राजविराज र बोदेबरसाइनमा कर्फ्यु हट्यो, निषेधाज्ञा जारी आइतबार, साउन १७, २०८३
लोकप्रिय
  • Week
  • Month
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
‘अव्यावहारिक कानुन नबदलिए व्यवसाय बन्द गर्न बाध्य हुन्छौं’
‘अव्यावहारिक कानुन नबदलिए व्यवसाय बन्द गर्न बाध्य हुन्छौं’
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP