Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #कांग्रेसका संस्थाइतर
  • #सिएन थारु/आरके तामाङ
  • #‘हृदयांश’
  • #दीपक बन्जारा
  • #नेपाली कांग्रेसको संस्थापनइतर
  • #गगनकुमार थापा
  • #माएदा तोरु
  • #सुनिल लम्साल
  • #जाइका
Search Here
समाचार
  • Home
  • समाचार
  • नेफिन यूएईले २५७०औँ बुद्ध जयन्तीमा विशेष कार्यक्रम आयोजना गर्दै
नेफिन यूएईले २५७०औँ बुद्ध जयन्तीमा विशेष कार्यक्रम आयोजना गर्दै
प्रभाव संवाददाता
प्रभाव संवाददाता मंगलबार, वैशाख ८, २०८३

दुबई- मध्यपूर्व क्षेत्रमा बढ्दो तनाव र विश्वव्यापी अस्थिरताको बीच नेपाल आदिवासी जनजाति महासंघ, यूएई (नेफिन यूएई) ले २५७०औँ बुद्ध जयन्तीको अवसरमा विशेष कार्यक्रम आयोजना गर्ने भएको छ। कार्यक्रममार्फत विश्व शान्ति, सहअस्तित्व र मानवताको सन्देश फैलाउने उद्देश्य राखिएको आयोजकले जनाएको हाे।

नेफिन यूएईका अध्यक्ष भागरथी कुमार भगतका अनुसार हाल विश्वका विभिन्न भागमा भइरहेको द्वन्द्व, हिंसा र युद्धले मानव जीवनमा गम्भीर असर पारिरहेको सन्दर्भमा शान्तिको कामनासहित पूजा–पाठ तथा धार्मिक अनुष्ठान आयोजना गर्न लागिएको हो। विशेषगरी मध्यपूर्वमा बढ्दो युद्धको त्रासले जनमानसमा चिन्ता बढिरहेका बेला यस्तो कार्यक्रमले सकारात्मक सन्देश दिने आयाेजककाे विश्वास रहेकाे छ ।

आयाेजकका अनुसार उक्त कार्यक्रम आगामी मे ३, २०२६ आइतबारका दिन बरदुबईस्थित क्लब Sk7 मा आयोजना हुने छ। कार्यक्रममा स्थानीय लामा गुरुहरूबाट विशेष पूजा–पाठ, प्रवचन तथा विविध सांस्कृतिक प्रस्तुति रहनेछन्। बुद्ध जयन्तीको अवसरमा गरिने धार्मिक अनुष्ठानमार्फत विश्वमा फैलिएको अशान्ति अन्त्य भई शान्ति स्थापना होस् भन्ने कामना गरिनेछ।

Hardik health

कार्यक्रम राजु मिलु गुरुङको संयोजनमा सञ्चालन हुनेछ भने नेफिन यूएईसँग आबद्ध विभिन्न जातीय संस्थाहरूको सहकार्य रहनेछ। साथै, यूएईमा रहेका सम्पूर्ण नेपाली समुदायलाई कार्यक्रममा सहभागी भई शान्तिको पक्षमा ऐक्यबद्धता जनाउन अध्यक्ष भगतले आह्वान गरेका छन् । यसैबीच, नेवा: पुच: यूएईले पनि यूएईमा रहेका सम्पूर्ण नेवार समुदायलाई मौलिक भेषभूषामा उपस्थित भई भगवान बुद्धको पूजा–पाठमा सहभागी हुन अनुरोध गरेको छ। अन्य जातीय संघसंस्थालाई समेत आफ्नो पहिचान झल्किने सांस्कृतिक प्रस्तुति सहित कार्यक्रममा सहभागी हुन आग्रह गरिएको छ।

कार्यक्रमलाई भव्य बनाउन सांस्कृतिक तयारी तीव्र पारिएको छ। नृत्यतर्फ कलाकार सन्ध्या द्यौला र भजन तथा गायनतर्फ लक्ष्मण श्रेष्ठ र कुमार बलामीको नेतृत्वमा कलाकारहरूलाई प्रशिक्षण दिइँदैछ। आयोजकका अनुसार अघिल्ला वर्षहरूभन्दा फरक र आकर्षक शैलीमा कार्यक्रम प्रस्तुत गरिनेछ। नेफिन यूएईले बुद्ध जयन्तीलाई केवल धार्मिक पर्वका रूपमा नभई शान्ति, एकता र मानवताको सन्देश फैलाउने अवसरका रूपमा मनाउन लागिएको जनाएको छ। यूएईमा रहेका सम्पूर्ण नेपाली समुदायलाई समय निकालेर कार्यक्रममा सहभागी हुन अपिल गरिएको छ।


प्रकाशित मिति: मंगलबार, वैशाख ८, २०८३  १७:०७
#नेफिन
प्रतिक्रिया दिनुहोस्
थप समाचार
ब्रोड पिकमा निभ्यो साहसको दीप
ब्रोड पिकमा निभ्यो साहसको दीप आइतबार, साउन १७, २०८३
पत्रकार महासंघको ग्लोबल मिडिया सम्मेलनः टोकियो घोषणापत्र जारी
पत्रकार महासंघको ग्लोबल मिडिया सम्मेलनः टोकियो घोषणापत्र जारी आइतबार, साउन १७, २०८३
नेपाल वायुसेवा निगमको सञ्चालन व्यवस्थापनमा सुधार
नेपाल वायुसेवा निगमको सञ्चालन व्यवस्थापनमा सुधार आइतबार, साउन १७, २०८३
सुशासनलाई सुदृढ बनाउन अग्रजहरूको आदर्शलाई आत्मसात् गर्नुपर्छः पूर्वराष्ट्रपति भण्डारी
सुशासनलाई सुदृढ बनाउन अग्रजहरूको आदर्शलाई आत्मसात् गर्नुपर्छः पूर्वराष्ट्रपति भण्डारी आइतबार, साउन १७, २०८३
‘निम्स दाइ’को निधनमा अन्नपूर्णले दियो शोक बिदा
‘निम्स दाइ’को निधनमा अन्नपूर्णले दियो शोक बिदा आइतबार, साउन १७, २०८३
सरकारद्वारा हिम पहिरोमा परी निधन भएका आरोहीप्रति दुःख व्यक्त
सरकारद्वारा हिम पहिरोमा परी निधन भएका आरोहीप्रति दुःख व्यक्त आइतबार, साउन १७, २०८३
राजविराज र बोदेबरसाइनमा कर्फ्यु हट्यो, निषेधाज्ञा जारी
राजविराज र बोदेबरसाइनमा कर्फ्यु हट्यो, निषेधाज्ञा जारी आइतबार, साउन १७, २०८३
लोकप्रिय
  • Week
  • Month
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
‘अव्यावहारिक कानुन नबदलिए व्यवसाय बन्द गर्न बाध्य हुन्छौं’
‘अव्यावहारिक कानुन नबदलिए व्यवसाय बन्द गर्न बाध्य हुन्छौं’
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP