Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #कांग्रेसका संस्थाइतर
  • #सिएन थारु/आरके तामाङ
  • #‘हृदयांश’
  • #दीपक बन्जारा
  • #नेपाली कांग्रेसको संस्थापनइतर
  • #गगनकुमार थापा
  • #माएदा तोरु
  • #सुनिल लम्साल
  • #जाइका
Search Here
समाचार
  • Home
  • समाचार
  • दलीय कर्मचारी र विद्यार्थी संगठन हटाउन प्रधानमन्त्रीको निर्देशन 
शैक्षिक संस्थामा राजनीति दलीय कर्मचारी र विद्यार्थी संगठन हटाउन प्रधानमन्त्रीको निर्देशन 
प्रभाव संवाददाता
प्रभाव संवाददाता मंगलबार, वैशाख ८, २०८३

 

दलीय झण्डामुनि उभिएर राजनीति गर्नु हुँदैन भन्ने यो सरकारको नीति एक दम राम्रो छ । तर ट्रेड युनियन नै रहनुहुन्न भन्ने किसिमको अभिव्यक्तिमा हाम्रो आपत्ति रहन्छ ।
छत्र कार्की
अध्यक्ष, त्रिवि कर्मचारी संघ

  • विश्वविद्यालय र शैक्षिक संस्थाहरूमा रहेका दलीय विद्यार्थी तथा कर्मचारी संगठनका संरचनाहरू तत्काल हटाउने निर्णय कुनै पनि हालतमा कार्यान्वयन गर्न उपकुलपतिहरूलाई निर्देशन
  • दलीय विद्यार्थी संगठन हटाउन कुनै अवरोध भए सुरक्षा युनिट खटाउने जानकारी
  • दलीय संगठनका संरचना हटाउन कुनै पनि ऐन बाधक नहुने प्रधानमन्त्रीको भनाइ
  • अस्पताल, क्याम्पस र विद्यालयजस्ता पवित्र ठाउँमा कुनै पनि दलको झण्डा, प्रभाव वा संगठन राख्न नदिइने अडान

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाहले विश्वविद्यालय र शैक्षिक संस्थाहरूमा रहेका दलीय विद्यार्थी तथा कर्मचारी संगठनका संरचनाहरू तत्काल हटाउने निर्णय कुनै पनि हालतमा कार्यान्वयन गर्न उपकुलपतिहरूलाई निर्देशन दिएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सोमबार देशभरका विश्वविद्यालय र प्रतिष्ठानका उपकुलपतिसँग भएको छलफलमा प्रधानमन्त्री शाहले यस्तो निर्देशन दिएका हुन् । 

संविधानप्रदत्त मौलिक हक कसैले खोस्न सक्दैन । पञ्चायतकालमा त विद्यार्थी संगठन बन्द भएको थिएन भने यो सरकारले हामीलाई निषेध गर्न सक्दैन । यो निर्णयको हामी प्रतिवाद गर्छौं । 
दीपक धामी
अध्यक्ष, अनेरास्ववियू

Hardik health

चैत २० गते शिक्षामन्त्री सस्मित पोखरेलको अगुवाइमा बसेको बैठकमा विश्वविद्यालय समन्वय समितिले विश्वविद्यालय परिसरलाई दलीय प्रभावमुक्त बनाउने निर्णय कार्यान्वयनमा लैजाने निर्णय गरेको थियो । उक्त बैठकले दलीय विद्यार्थी संगठन हटाउन कुनै अवरोध भए सुरक्षा युनिट नै खटाउने निर्णय गरिएको थियो । ‘दलीय विद्यार्थी संगठन हटाउने कार्यमा कुनै प्रकारको सुरक्षा चुनौती भएमा सो व्यहोराको जानकारी तत्काल सुरक्षा निकायलाई गराउने । साथै, विश्वविद्यालय परिसरमा अस्थायी÷स्थायी प्रकृतिको सुरक्षा युनिट व्यवस्थापन गर्नुपर्ने अवस्था देखिएमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमार्फत गृह मन्त्रालयमा अनुरोध गर्ने,’ समितिको निर्णयमा भनिएको थियो ।

छलफलका क्रममा उपकुलतिहरुले जेन–जी आन्दोलन र चुनावपछि विद्यार्थीले राजनीतिक गतिविधि सुस्त भएको र यस्ता संगठन हटाउन पहल भइरहेको बताएका थिए । प्रधानमन्त्री शाहले भने शैक्षिक संस्थाहरूमा कुनै पनि बहानामा राजनीति गर्न नहुने अडान लिँदै दलीय संगठनका संरचना हटाउन कुनै पनि ऐन बाधक नहुने स्पष्ट पारेका थिए । प्रधानमन्त्री शाहले अस्पताल, क्याम्पस र विद्यालयजस्ता पवित्र ठाउँमा कुनै पनि दलको झण्डा, प्रभाव वा संगठन राख्न नदिइने बताउँदै राजनीति नै गर्ने भए पेसागत जिम्मेवारीबाट अलग भएर पूर्णरूपमा राजनीतिमा लाग्न सुझाव दिए ।

विद्यार्थीको संगठित हुने मौलिक अधिकारलाई आपराधीकरण गर्ने प्रयास नेविसंघलाई अस्वीकार्य छ । सरकारको कदमको हामी प्रतिवाद गर्छाैं ।
दुजाङ शेर्पा
अध्यक्ष, नेविसंघ

छलफलका क्रममा नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपति प्रा.डा. थानेश्वर नेपालले विद्यार्थी संगठनहरू हटाउन खोज्दा उल्टै धम्की र आक्रमण खेप्नुपरेको भन्दै सुरक्षाको माग गरे । जवाफमा प्रधानमन्त्री शाहले राजनीतिक संगठनका संरचना हटाउँदा सुरक्षाको कुनै पनि समस्या आएमा तुरुन्तै सम्बन्धित मन्त्रालय वा आफ्नो सचिवालयमा खबर गर्न निर्देशन दिएका थिए । उनले सुरक्षा संयन्त्रलगायत आवश्यक पर्ने सबै सहयोग उपलब्ध गराउन सरकार प्रतिबद्ध रहेको र प्रहरी प्रशासनले आफ्नो कर्तव्य पालना गर्ने बताउँदै ढुक्क भएर जिम्मेवारी पूरा गर्न उपकुलपतिहरूलाई आग्रह गरे । 

यसैगरी शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री पोखरेलले पनि राजनीतिक दलसँग आबद्ध संगठनहरू खारेज गर्न मन्त्रालयले निर्देशन दिइसकेकाले त्यसलाई कार्यान्वयन गर्न ऐनले नरोक्ने बताए । छलफलमा त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा.डा. दीपक अर्यालले जेन–जी आन्दोलन र निर्वाचनपछि विद्यार्थी तथा कर्मचारी संगठनहरू क्रमशः निस्क्रिय बन्दै गएको जानकारी दिए ।
मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति प्रा.डा. ध्रुवकुमार गौतम, पूर्वाञ्चल विश्वविद्यालयका उपकुलपति प्रा.डा. विजुकुमार थपलिया र सुदूरपश्चिम विश्वविद्यालयका उपकुलपति प्रा.डा. हेमराज पन्तले केही आंगिक क्याम्पसहरूमा अझै पनि विद्यार्थी राजनीतिको तनाव कायमै रहेको बताए ।

अन्य विश्वविद्यालय र प्रतिष्ठानका उपकुलपतिहरूले भने आफ्नो संस्थामा राजनीतिक गतिविधि न्यून रहेको र प्रशासन कडा भएमा शैक्षिक क्षेत्रमा राजनीति अन्त्य हुने विश्वास व्यक्त गरे ।
 
कर्मचारी संगठन पन्छिँदै 
प्रधानमन्त्री शाहले पछिल्लो समय विश्वविद्यालयमा दलीय कर्मचारी संगठन हटाउन निर्देशन दिएसँगै कर्मचारी संगठनहरु त्रसित हुन थालेका छन् । संस्कृत विश्वविद्यालयका उपकुलपति प्रा.डा. नेपाल आफैं पनि नेपाली कांग्रेसनिकट कर्मचारी संगठनका हुन् । प्रधानमन्त्री शाहको निर्देशनबारे प्रतिक्रिया सोध्दा त्रिभुवन विश्वविद्यालयमा सक्रिय रहेको दलनिकट कर्मचारी संघका पदाधिकारीहरुले प्रतिक्रिया दिन आनाकानी गरे ।

त्रिवि कर्मचारी संघ केन्द्रीय समितिका अध्यक्ष छत्र कार्कीले भने अहिले सरकारबाट लिखितरुपमा केही निर्देशन आइनसकेको बताए । ट्रेड युनियनमा रहन नहुने भनी हकअधिकारका लागि लड्दै आएको साझा संस्थालाई हटाउने विषयमा भने संघको आपत्ति रहेको अध्यक्ष कार्कीले बताए । ‘दलीय झण्डामुनि उभिएर राजनीति गर्नु हुँदैन भन्ने यो सरकारको नीति एकदम राम्रो छ । तर ट्रेड युनियन नै रहनुहुन्न भन्ने किसिमको अभिव्यक्तिमा हाम्रो आपत्ति रहन्छ,’ अध्यक्ष कार्कीले भने । यस विषयमा विश्वविद्यालय प्रशासनबाट के कस्तो निर्देशन आउँछ, त्यहीअनुसार थप छलफल गरी धारणा बनाउने कार्कीले बताए ।

 

प्रतिवादमा उत्रने विद्यार्थी संगठनहरुको चेतावनी
नयाँ सरकारले विश्वविद्यालयमा विद्यार्थी संगठन निषेध गर्ने निर्देशन जारी गरेसँगै विद्यार्थी संगठनहरु भने आन्दोलत भएका छन् । विद्यार्थी संगठनहरुले विभिन्न क्याम्पसमा सोमबार साँझ राँके जुलुस निकाल्दै सरकारको निर्देशनको विरोध गरेका हुन् । 

नेपाल विद्यार्थी संघका अध्यक्ष दुजाङ शेर्पाले सरकारले विद्यार्थी संगठन हटाउन गरेको निर्देशनबारे पार्टीको आधिकारिक धारणा माग गरेका छन् । ‘म पार्टी नेतृत्वलाई के भन्न चाहन्छु भने, यही कलम र मसाल अंकित झण्डाको आन्दोलनलाई लिएर आज पार्टीको नेतृत्वमा हुनुहुन्छ । विद्यार्थी आन्दोलनमाथि प्रहार हुँदै गर्दा नेपाली कांग्रेसले तत्काल धारणा सार्वजनिक गरेर सार्वभौम संसद्मा सशक्त ढंगबाट यो विषयलाई उठान गर्न पनि म अनुरोध गर्न चाहन्छु,’ शेर्पाले भनेका छन् । 

विद्यार्थीको संगठित हुने मौलिक अधिकारलाई अपराधीकरण गर्ने जुनसुकै प्रयास नेविसंघलाई सर्वथा अस्वीकार्य रहेको उल्लेख गर्दै शेर्पाले सरकारको कदमको प्रतिवाद गर्ने जनाएका छन् । एमालेनिकट विद्यार्थी संगठन अनेरास्ववियुका अध्यक्ष दीपक धामीले कलेजमा प्रहरीको बुट छिराउने षड्यन्त्र भइरहेको उल्लेख गर्दै यस्तो भए प्रतिवादमा उत्रने चेतावनी दिए । ‘संविधानप्रदत्त मौलिक हक कसैले खोस्न सक्दैन । पञ्चायतकालमा त विद्यार्थी संगठन बन्द भएको थिएन भने यो सरकारले हामीलाई निषेध गर्न सक्दैन,’ धामीले भने, ‘यो निर्णयको हामी प्रतिवाद गर्छौं ।’

 


प्रकाशित मिति: मंगलबार, वैशाख ८, २०८३  ११:३०
प्रतिक्रिया दिनुहोस्
थप समाचार
ब्रोड पिकमा निभ्यो साहसको दीप
ब्रोड पिकमा निभ्यो साहसको दीप आइतबार, साउन १७, २०८३
पत्रकार महासंघको ग्लोबल मिडिया सम्मेलनः टोकियो घोषणापत्र जारी
पत्रकार महासंघको ग्लोबल मिडिया सम्मेलनः टोकियो घोषणापत्र जारी आइतबार, साउन १७, २०८३
नेपाल वायुसेवा निगमको सञ्चालन व्यवस्थापनमा सुधार
नेपाल वायुसेवा निगमको सञ्चालन व्यवस्थापनमा सुधार आइतबार, साउन १७, २०८३
सुशासनलाई सुदृढ बनाउन अग्रजहरूको आदर्शलाई आत्मसात् गर्नुपर्छः पूर्वराष्ट्रपति भण्डारी
सुशासनलाई सुदृढ बनाउन अग्रजहरूको आदर्शलाई आत्मसात् गर्नुपर्छः पूर्वराष्ट्रपति भण्डारी आइतबार, साउन १७, २०८३
‘निम्स दाइ’को निधनमा अन्नपूर्णले दियो शोक बिदा
‘निम्स दाइ’को निधनमा अन्नपूर्णले दियो शोक बिदा आइतबार, साउन १७, २०८३
सरकारद्वारा हिम पहिरोमा परी निधन भएका आरोहीप्रति दुःख व्यक्त
सरकारद्वारा हिम पहिरोमा परी निधन भएका आरोहीप्रति दुःख व्यक्त आइतबार, साउन १७, २०८३
राजविराज र बोदेबरसाइनमा कर्फ्यु हट्यो, निषेधाज्ञा जारी
राजविराज र बोदेबरसाइनमा कर्फ्यु हट्यो, निषेधाज्ञा जारी आइतबार, साउन १७, २०८३
लोकप्रिय
  • Week
  • Month
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
‘अव्यावहारिक कानुन नबदलिए व्यवसाय बन्द गर्न बाध्य हुन्छौं’
‘अव्यावहारिक कानुन नबदलिए व्यवसाय बन्द गर्न बाध्य हुन्छौं’
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP