काठमाडौं- संयुक्त राज्य अमेरिकाका दक्षिण तथा मध्य एसिया हेर्ने सहायक विदेशमन्त्री पल कपुर नेपाल भ्रमणका लागि आएका छन् । विदेशमन्त्री पल कपुर भ्रमणका लागि आज आएका हुन् ।
उनले यस भ्रमणमा अमेरिका-नेपाल साझेदारीलाई अझ सुदृढ बनाउन सरकारी अधिकारीहरू, व्यावसायिक नेतृत्वकर्ताहरू र सांस्कृतिक विज्ञहरूसँग भेटघाट गर्नुहुने यहाँस्थित अमेरिकी दूतावासले जनाएको छ ।