Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #कांग्रेसका संस्थाइतर
  • #सिएन थारु/आरके तामाङ
  • #‘हृदयांश’
  • #दीपक बन्जारा
  • #नेपाली कांग्रेसको संस्थापनइतर
  • #गगनकुमार थापा
  • #माएदा तोरु
  • #सुनिल लम्साल
  • #जाइका
Search Here
समाचार
  • Home
  • समाचार
  • अभिव्यक्ति स्वतन्त्रताका नाममा गैरजिम्मेवार सामग्री सम्प्रेषण अक्षम्यःसञ्चारमन्त्री तिमिल्सिना
अभिव्यक्ति स्वतन्त्रताका नाममा गैरजिम्मेवार सामग्री सम्प्रेषण अक्षम्यःसञ्चारमन्त्री तिमिल्सिना
प्रभाव संवाददाता
प्रभाव संवाददाता आइतबार, वैशाख ६, २०८३

नुवाकोट- सञ्चार तथा सूचना प्रविधिमन्त्री डा बिक्रम तिमिल्सिनाले अभिव्यक्ति स्वतन्त्रताको नाममा भ्रामक तथा गैरजिम्मेवार सामग्री सम्प्रेषण नगर्न सञ्चारमाध्यम एवम् सामाजिक सञ्जाल प्रयोगकर्तालाई आग्रह गरेका छन् ।

आज यहाँ विदुर नगरपालिकाको बट्टारमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा उनले सञ्चार जगत्ले जिम्मेवार एवम् आत्मअनुशासित भएर काम गर्नुपर्ने बताए । राज्यको चौथो अङ्गका रूपमा रहेको सञ्चार जगत् विधिविधान र आचारसंहिता परिपालनामा गम्भीर हुनुपर्ने मन्त्री तिमिल्सिनाको भनाइ थियो । 

“सामाजिक सञ्जालमा मात्र नभै सञ्चार जगत्ले सम्प्रेषण गर्ने सामग्रीमा पनि केही समस्या छन् । यदि यस्ता कुरामा कडाई गर्न थाल्यौँ भने फेरि अभिव्यक्ति स्वतन्त्रतामा अङ्कुश लगाइयो भनेर सञ्चारमाध्याम नै आवाज उठाउन थाल्छन्”, उनले भने,“यी सबै समस्या कारबाहीबाट समाधान गरिनुपर्छ भन्ने पक्षमा सरकार छैन । तपाईंहरू आफँै स्वनियमन र आचारसंहिताको पूर्णपालनामा केन्द्रित हुनुहोला ।”

सञ्चारमन्त्री डा तिमिल्सिनाले समाचारले पार्ने प्रभावको बहुआयामिक विश्लेषण गर्न पनि आग्रह गरे । “भ्रमको आयु छोटो हुन्छ, तर त्यसले पार्ने क्षति गम्भीर हुनसक्छ । त्यसैले अपुष्ट सूचनाबाट सञ्चारमाध्याम सचेत हुन जरूरी छ”, उनको भनाइ थियाे । 

Hardik health

सञ्चारमन्त्री डा तिमिल्सिनाले सरकारले पूर्ण प्रेस स्वतन्त्रता तथा व्यावसायिक पत्रकारितालाई प्रवर्द्धन गर्दै श्रमजीवि पत्रकारको हितमा काम गर्ने बताए । उनले विज्ञापन तथा सूचना प्रकाशन/प्रसारणमा पारदर्शीता ल्याउन, मितव्ययिता कायम गर्न र सरकारी सञ्चारमाध्यमको प्रवर्द्धनका लागि विज्ञापन नीतिमा केही नयाँ व्यवस्था कार्यान्वयनमा ल्याइएको उल्लेख गरे । 

“सरकारले आफ्ना सूचना तथा जानकारी सरकारी सञ्चारमाध्यामबाट मात्रै सम्प्रेषण गर्ने विषय पारदर्शिताको प्रश्नसँग जोडिएको छ । यसमा तमाम समस्या छन् र अनियमितता भएको छ भनेर पत्रकारिता क्षेत्रबाटै उठाइएका विषय हुन्”, सञ्चारमन्त्री डा तिमिल्सिनाले भने,“संस्थागत रूपमा सुशासन कायम गर्ने दायित्व सञ्चारजगत्को पनि उत्तिकै रहेकाले श्रमजीवि पत्रकार र व्यावसायिक सञ्चारको संरक्षणमा सरकार प्रतिबद्ध छ ।”

उनले सञ्चारमाध्यम बलियो नभए सरकार पनि बलियो नहुने उल्लेख गर्दै सञ्चारमाध्यम जिम्मेवार नभएसम्म सरकारलाई पनि जिम्मेवार बनाउन कठिन हुने धारणा राखे । सञ्चारमन्त्री डा तिमिल्सिनाले सरकारी सञ्चारमाध्यमलाई थप जिम्मेवार र व्यावसायिक बनाउन पहल भइरहेको उल्लेख गर्दै समाधानमुखी र तथ्यमा आधारित पत्रकारितामा जोड दिए । उनले विधिको पालना गर्दै सरकार जनताप्रति उत्तरदायी भएर काम गर्न प्रतिबद्ध रहेको बताए । 

“नागरिकको करबाट सञ्चालित स्रोतको दुरुपयोग रोक्न सरकार गम्भीर छ । सरकारले काम र नतिजामार्फत जनतालाई जवाफ दिन्छ । हल्ला र अफवाहमा नभई सरकारले नीति र परिणाममा विश्वास गर्छ”, उनले भने,“वर्तमान सरकार गठन भएको तीन हप्ता मात्र भएको छ । यस अवधिमा नागरिकका अपेक्षा र आवश्यकता बुझेर काम अघि बढाइएको छ । निर्वाचनका क्रममा जनताले के चाहिरहेका छन् भन्ने हामीले बुझेका छौँ, हाल त्यहीअनुसार काम भइरहेको छ ।” 

विगतमा जनताका प्रश्नको उत्तर समयमै नदिइएका कारण हरेक नागरिकमा आशाको अभाव देखिएको उल्लेख गर्दै मन्त्री डा तिमिल्सिनाले हाल काममार्फत त्यसको उत्तर दिने प्रयास भइरहेको बताए । “सहज सेवा प्रवाह, सुशासन, विकास निर्माणलगायत क्षेत्रका समस्या स्रोत–साधनको अभावले मात्र होइन, कार्यशैली र प्रतिबद्धताको कमीले पनि देखिएका थिए । यिनै समस्या चिर्ने काम सरकारले गरिरहेको छ”, उनले भने ।

सरकारले सुशासन कायम गर्ने र प्रभावकारी सेवा प्रवाह गर्ने जनादेश पाएकाले सोहीअनुसार आफूहरूले काम गर्ने र कुनै समस्या भए निरन्तर खबरदारी र निगरानी राख्न पनि उनले आग्रह गरे । “सरकारलाई सत्यमा आधारित प्रश्न गर्नुहोस् । समस्या देखिएका ठाउँमा गाँठो फुकाउन दबाब दिनुहोस् र समस्या समाधान कसरी गर्न सकिन्छ भनेर सुझाव दिनुस्, त्यसलाई सहर्ष स्वीकार्छौं”, सञ्चारमन्त्री तिमिल्सिनाले भने,“तथापि, सामाजिक सञ्जालमा फैलाइने भ्रामक सूचनाले कसैलाई फाइदा गर्दैन । यसमा सबै सचेत बनौँ ।”

सेवा प्रवाहलाई सहज बनाउन सूचना र प्रविधिको अधिकतम् प्रयोग गर्ने सरकारको योजना रहेको पनि उनले जानकारी दिए । मन्त्री तिमिल्सिनाले युवा विदेशिने बाध्यता अन्त्य गर्न मुलुकभित्रको वातावरण सुधार्ने, देशलाई बस्न योग्य बनाउने र अवसर सिर्जना गर्ने लक्ष्यसहित काम भइरहेको उल्लेख गरे । काम गर्ने क्रममा समस्या आउन सक्ने स्वीकार्दै उनले नियत सही भए प्रक्रियागत रूपमा समाधान गर्न सकिने बताए ।

मन्त्री तिमिल्सिनाले केन्द्र, प्रदेश र स्थानीय सरकारबीच समन्वय र सहकार्यलाई प्राथमिकता दिइने उल्लेख गर्दै बुझाइमा केही समस्या भए पनि सेवा प्रवाहमा असर पर्न नदिने प्रतिबद्धता जनाए ।


प्रकाशित मिति: आइतबार, वैशाख ६, २०८३  १३:४९
प्रतिक्रिया दिनुहोस्
थप समाचार
ब्रोड पिकमा निभ्यो साहसको दीप
ब्रोड पिकमा निभ्यो साहसको दीप आइतबार, साउन १७, २०८३
पत्रकार महासंघको ग्लोबल मिडिया सम्मेलनः टोकियो घोषणापत्र जारी
पत्रकार महासंघको ग्लोबल मिडिया सम्मेलनः टोकियो घोषणापत्र जारी आइतबार, साउन १७, २०८३
नेपाल वायुसेवा निगमको सञ्चालन व्यवस्थापनमा सुधार
नेपाल वायुसेवा निगमको सञ्चालन व्यवस्थापनमा सुधार आइतबार, साउन १७, २०८३
सुशासनलाई सुदृढ बनाउन अग्रजहरूको आदर्शलाई आत्मसात् गर्नुपर्छः पूर्वराष्ट्रपति भण्डारी
सुशासनलाई सुदृढ बनाउन अग्रजहरूको आदर्शलाई आत्मसात् गर्नुपर्छः पूर्वराष्ट्रपति भण्डारी आइतबार, साउन १७, २०८३
‘निम्स दाइ’को निधनमा अन्नपूर्णले दियो शोक बिदा
‘निम्स दाइ’को निधनमा अन्नपूर्णले दियो शोक बिदा आइतबार, साउन १७, २०८३
सरकारद्वारा हिम पहिरोमा परी निधन भएका आरोहीप्रति दुःख व्यक्त
सरकारद्वारा हिम पहिरोमा परी निधन भएका आरोहीप्रति दुःख व्यक्त आइतबार, साउन १७, २०८३
राजविराज र बोदेबरसाइनमा कर्फ्यु हट्यो, निषेधाज्ञा जारी
राजविराज र बोदेबरसाइनमा कर्फ्यु हट्यो, निषेधाज्ञा जारी आइतबार, साउन १७, २०८३
लोकप्रिय
  • Week
  • Month
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
‘अव्यावहारिक कानुन नबदलिए व्यवसाय बन्द गर्न बाध्य हुन्छौं’
‘अव्यावहारिक कानुन नबदलिए व्यवसाय बन्द गर्न बाध्य हुन्छौं’
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP