Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #कांग्रेसका संस्थाइतर
  • #सिएन थारु/आरके तामाङ
  • #‘हृदयांश’
  • #दीपक बन्जारा
  • #नेपाली कांग्रेसको संस्थापनइतर
  • #गगनकुमार थापा
  • #माएदा तोरु
  • #सुनिल लम्साल
  • #जाइका
Search Here
समाचार
  • Home
  • समाचार
  • निजी सञ्चारमाध्यमलाई विज्ञापन रोक्ने वालेन्द्र सरकारको निर्णयविरुद्ध प्रदेश सरकार
कर्णाली र गण्डकी सरकारले निजीलाई पनि विज्ञापन दिने निजी सञ्चारमाध्यमलाई विज्ञापन रोक्ने वालेन्द्र सरकारको निर्णयविरुद्ध प्रदेश सरकार
प्रभाव संवाददाता
प्रभाव संवाददाता आइतबार, वैशाख ६, २०८३
  • कर्णाली र गण्डकी प्रदेश सरकारले निजी सञ्चारमाध्यमलाई समेत लोक कल्याणकारी विज्ञापन प्रकाशन र प्रसारण गर्न दिने 
  • संघीयताको मर्मविपरीत संघीय सरकारबाट निजी सञ्चारमाध्यमलाई विज्ञापन नदिन जारी गरेको निर्देशन कार्यान्वयनमा चुनौती
  • निजी सञ्चारमाध्यमको घाँटी निमोठ्ने वालेन्द्र सरकारको निर्णय सच्याउन चौतर्फी दबाब
  • सरकारी विज्ञापन सरकारी सञ्चारमाध्यमबाट मात्र प्रकाशन/प्रसारण गर्ने निर्णयविरुद्धको रिट सर्वोच्चमा विचाराधीन

काठमाडौं- संसद्मा प्रतिपक्षी दल कमजोर भएको र प्रतिपक्षीय भूमिकामा रहने मिडिया जगतलाई पनि कमजोर पार्ने मनसायले वालेन्द्र शाह नेतृत्वको सरकारले गरेको सरकारी विज्ञापन निजी सञ्चारमाध्यमलाई नदिने निर्णयविरुद्ध एकपछि अर्को प्रदेश सरकार उभिएका छन् । 

संघीयताको मर्मलाई कुल्चँदै प्रदेश र स्थानीय तहको विज्ञापनमासमेत ‘सिण्डिकेट’ लगाउन संघीय सरकारले गरेको निर्णय अवज्ञा गर्न थालिएको हो । यसको सुरुवात कर्णाली र गण्डकी प्रदेशबाट भएको छ । यी दुई प्रदेश सरकारले लोक कल्याणकारी विज्ञापन निजी सञ्चारमाध्यमलाई समेत दिने निर्णय गरेका छन् ।

कर्णालीको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले कर्णाली प्रदेश विज्ञापन वितरणसम्बन्धी कार्यविधि, २०८१ को दफा ३ बमोजिम लोक कल्याणकारी विज्ञापनका लागि यही वैशाख १० गतेभित्र सम्झौता गर्न स्थानीय सञ्चारमाध्यमलाई बोलाएको छ ।

कार्यालयकी कम्प्युटर अधिकृत ज्योती शाहीले विज्ञापनका लागि आवेदन स्वीकृत गरेको भन्दै शुक्रबार गरेको पत्राचारमा भनिएको छ, ‘कर्णाली प्रदेश विज्ञापन वितरणसम्बन्धी कार्यविधि, २०८१ को दफा ३ बमोजिम लोकल्याणकारी विज्ञापन वितरणका लागि अनलाइन आवेदन माग गरिएकोमा यस कार्यालयको मिति २०८३ वैशाख ३ गतेको सचिवस्तरीय निर्णयानुसार विद्युतीय प्रणालीमार्फत आवेदन दिएकामध्ये सर्त पूरा गरेका ११३ सञ्चारमाध्यमको आवेदन लोक कल्याणकारी विज्ञापन वितरणका लागि स्वीकृत गरिएको छ ।’ 

Hardik health

उक्त पत्रमा निजी सञ्चारमाध्यमहरूलाई सरकारी विज्ञापन प्रकाशन–प्रसारणका लागि यही वैशाख १० गतेभित्र सम्झौता गर्न आग्रह गरिएको छ । प्रदेश सरकारको यो कदमले लोकतन्त्रको मेरुदण्ड मानिने सञ्चारमाध्यमको आयस्रोत नै बन्द गर्न उद्धत प्रधानमन्त्री शाहको निर्णय कार्यान्वयनमा चुनौती दिएको छ ।

हालै प्रधानमन्त्री शाहसँग कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापन नदिने निर्णय गलत भएको भन्दै आफ्नो प्रदेशले नमान्ने बताएका थिए । लगत्तै लोककल्याणकारी विज्ञापनका लागि सम्झौता गर्न निजी सञ्चारमाध्यमहरूलाई आह्वान गरिएको हो । 

गण्डकीका मुख्यमन्त्री सुरेन्द्र्रराज पाण्डेले संघीय सरकारले प्रदेश र स्थानीय तहलाई आफ्नो एउटा प्रशासनिक एकाइजस्तो व्यवहार गरेको आरोप लगाउँदै संघीयताको मर्मविपरीत निजी सञ्चारमाध्यमलाई विज्ञापन नदिने निर्णय हुनु विडम्बनापूर्ण रहेको बताइसकेका छन् । उनले गत वर्षको २५ चैतमै प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको निर्णयको चर्को विरोध गर्दै प्रदेश सरकारको स्वायत्ततामाथि प्रहार गरेको बताएका थिए ।

उनले निजी सञ्चारमाध्यमलाई आर्थिकरूपमा घुँडा टेकाउने नियत उक्त निर्णयमा झल्किने पनि बताएका थिए । उनका अनुसार स्वतन्त्र आवाजहरूलाई योजनाबद्धरूपमा कमजोर बनाउने उद्देश्यले प्रधानमन्त्रीले त्यस्तो कदम चालेको टिप्पणी भइरहेको छ । 

सरकार विज्ञापन निजी सञ्चारमाध्यमलाई रोक्ने सरकारको कदमविरुद्ध सर्वोच्च अदालतमा रिट दायर भइसकेको छ । उक्त रिटमाथि गत चैत २५ गते भएको सुनुवाइपछि सर्वोच्चले सरकारलाई विज्ञापन रोक्नुको कारण पेस गर्न निर्देशन दिएको थियो । सर्वोच्चले दुवैपक्षलाई चैत ३० गतेका लागि छलफलमा बोलाए पनि उक्त दिन सुनुवाइ हुन सकेन । सञ्चार क्षेत्र सम्बद्ध संस्थाहरु सरकारको सो निर्णयविरुद्ध उभिएका छन् ।

आलोचकहरूले प्रधानमन्त्री शाहले लोकप्रियताको आडमा गरेको यो निर्णय लोकतान्त्रिक संस्थाहरूमाथि नियन्त्रण जमाउने प्रयासको एउटा नमूना भएको बताएका छन् । सूचना प्रवाहमा सरकारी सञ्चारमाध्यममा एकाधिकार कायम गर्ने र आलोचनात्मक पत्रकारितालाई निषेध गर्ने दिशातर्फ उन्मुख रहेको पनि टिप्पणी भइरहेको छ ।

उनीहरूको विचारमा निजी सञ्चारमाध्यमहरूलाई सरकारी विज्ञापनबाट वञ्चित गर्नु आर्थिक पक्षको प्रश्नमात्र होइन, यो प्रत्यक्षरूपमा अभिव्यक्ति स्वतन्त्रतामाथिको प्रहार हो । आर्थिक स्रोत खोसिएपछि धेरै मिडिया संस्थाहरू बन्द हुने वा सरकारअनुकूल सामग्रीमात्र प्रकाशन गर्न बाध्य हुने खतरा रहन्छ । यसले स्वतन्त्र पत्रकारिताको अस्तित्व नै संकटमा पार्ने चिन्ता प्रकट भइरहेको छ । 

सञ्चारकर्मीहरू र पत्रकार संगठनहरूले पनि वालेन्द्र सरकारको कदमलाई ‘अस्वीकार्य र खतरनाक’ भन्दै आन्दोलनको चेतावनी दिएका छन् ।
 


प्रकाशित मिति: आइतबार, वैशाख ६, २०८३  ११:५३
प्रतिक्रिया दिनुहोस्
थप समाचार
ब्रोड पिकमा निभ्यो साहसको दीप
ब्रोड पिकमा निभ्यो साहसको दीप आइतबार, साउन १७, २०८३
पत्रकार महासंघको ग्लोबल मिडिया सम्मेलनः टोकियो घोषणापत्र जारी
पत्रकार महासंघको ग्लोबल मिडिया सम्मेलनः टोकियो घोषणापत्र जारी आइतबार, साउन १७, २०८३
नेपाल वायुसेवा निगमको सञ्चालन व्यवस्थापनमा सुधार
नेपाल वायुसेवा निगमको सञ्चालन व्यवस्थापनमा सुधार आइतबार, साउन १७, २०८३
सुशासनलाई सुदृढ बनाउन अग्रजहरूको आदर्शलाई आत्मसात् गर्नुपर्छः पूर्वराष्ट्रपति भण्डारी
सुशासनलाई सुदृढ बनाउन अग्रजहरूको आदर्शलाई आत्मसात् गर्नुपर्छः पूर्वराष्ट्रपति भण्डारी आइतबार, साउन १७, २०८३
‘निम्स दाइ’को निधनमा अन्नपूर्णले दियो शोक बिदा
‘निम्स दाइ’को निधनमा अन्नपूर्णले दियो शोक बिदा आइतबार, साउन १७, २०८३
सरकारद्वारा हिम पहिरोमा परी निधन भएका आरोहीप्रति दुःख व्यक्त
सरकारद्वारा हिम पहिरोमा परी निधन भएका आरोहीप्रति दुःख व्यक्त आइतबार, साउन १७, २०८३
राजविराज र बोदेबरसाइनमा कर्फ्यु हट्यो, निषेधाज्ञा जारी
राजविराज र बोदेबरसाइनमा कर्फ्यु हट्यो, निषेधाज्ञा जारी आइतबार, साउन १७, २०८३
लोकप्रिय
  • Week
  • Month
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
‘अव्यावहारिक कानुन नबदलिए व्यवसाय बन्द गर्न बाध्य हुन्छौं’
‘अव्यावहारिक कानुन नबदलिए व्यवसाय बन्द गर्न बाध्य हुन्छौं’
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP