काठमाडौं- संसदीय समितिमा पत्रकारलाई प्रवेश निषेध गरिएको छ । शुक्रबार संसदीय समितिका सभापतिहरूको निर्वाचन प्रक्रियाद्धारा सभापति चयनपश्चात मितिमा पत्रकारलाई प्रवेश निषेध गरिएको हाे ।
अधिकांश संसदीय समितिका सभापति सर्वसम्मत निर्वाचित भएका छन् । राज्य व्यवस्था तथा सुशासन समितिको बैठकको सुरुमा पत्रकारहरूलाई फोटो लिन दिइएको थियो । पत्रकारहरूलाई सभाकक्षबाट निकालेर राज्य व्यवस्था तथा सुशासन समितिको बैठकका बाँकी कार्य अगाडि बढेका हुन् ।
यसअघि आजै संसदीय मामिला पत्रकार समाज र संसदीय रिपोर्टिङमा रहेका पत्रकारहरूसँगको भेटमा सभामुख डोलप्रसाद अर्यालले संसद् र संसदीय समितिमा रिपोर्टिङ गर्न पत्रकारलाई सहज बनाउने प्रतिबद्धता जनाएका थिए ।