काठमाडौं- गृहमन्त्री सुधन गुरुङ प्रहरी निरीक्षक अभय लामाको अन्त्येष्टिमा सहभागी भएका छन् । उनले स्वयम्भू पुगेर दिवङ्गत प्रहरी निरीक्षक लामाप्रति श्रद्धाञ्जली अर्पण गरेका गृहमन्त्रीको सचिवालयले जनाएको छ ।
अत्येष्टिमा प्रहरी महानिरीक्षक दानबहादुर कार्कीलगायत वरिष्ठ प्रहरी अधिकृत समेत सहभागी थिए । गत चैत २९ गते काठमाडौँको तारकेश्वर नगरपालिका-८ डाँडागाउँ सडक खण्डमा ‘ड्यिुटी’ सकेर घर फर्कने क्रममा सवारी दुर्घटनामा परी गम्भीर घाइते भएका प्रहरी निरीक्षक लामाको उपचारका क्रममा यही वैशाख १ गते निधन भएको थियो ।
रामेछापको लिखु तामाकोशी गाउँपालिका-४ निवासी प्रहरी निरीक्षक लामा काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथअन्तर्गत कार्यरत थिए ।