Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #कांग्रेसका संस्थाइतर
  • #सिएन थारु/आरके तामाङ
  • #‘हृदयांश’
  • #दीपक बन्जारा
  • #नेपाली कांग्रेसको संस्थापनइतर
  • #गगनकुमार थापा
  • #माएदा तोरु
  • #सुनिल लम्साल
  • #जाइका
Search Here
समाचार
  • Home
  • समाचार
  • सञ्चारमन्त्री र एडिबी नेपाल निर्देशकबीच भेटवार्ताः ‘डिजिटल’ रूपान्तरणमा सहकार्यबारे छलफल
सञ्चारमन्त्री र एडिबी नेपाल निर्देशकबीच भेटवार्ताः ‘डिजिटल’ रूपान्तरणमा सहकार्यबारे छलफल
प्रभाव संवाददाता
प्रभाव संवाददाता बिहीबार, वैशाख ३, २०८३

काठमाडौं- सञ्चार तथा सूचना प्रविधिमन्त्री डा विक्रम तिमिल्सिना र एसियाली विकास बैंक (एडिबी) का नेपाल निर्देशक आर्नो कोस्वासहितको प्रतिनिधिमण्डलबीच शिष्टाचार भेटवार्ता भएको छ । सिंहदरबारस्थित सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा भएको भेटवार्ताका क्रममा नेपाल सरकार र एडिबीबीच ‘डिजिटल’ रूपान्तरणका क्षेत्रमा सहकार्य सुदृढ बनाउने विषयमा छलफल भएको हो । 

सो भेटवार्ताका क्रममा विशेषगरी ‘नेपालः डिजिटल ट्रान्सफर्मेसन प्रोजेक्ट’ को प्रभावकारी कार्यान्वयनका लागि आवश्यक नीतिगत तथा प्रक्रियागत सहजीकरणका विषयमा छलफल भएको मन्त्रालयले जनाएको छ ।  एडिबीका नेपाल निर्देशक कोस्वाले परियोजनाको सफल कार्यान्वयनका लागि सरकारी निकायबीच समन्वय, नीतिगत स्पष्टता र प्रक्रियागत सरलता अपरिहार्य रहेको उल्लेख गर्दै सरकारसँग थप सक्रिय सहकार्यको अपेक्षा व्यक्त गरे। उनले एडिबीको प्राथमिकतामा निजी क्षेत्रको व्यावसायिक वातावरण सुधार, सूचना प्रविधि क्षेत्रको प्रवर्द्धन तथा रोजगारी सिर्जना जस्ता क्षेत्रहरू रहेका स्पष्ट पारे । 

डिजिटल अर्थतन्त्र विस्तार गर्न नेपालले निजी क्षेत्रलाई प्रोत्साहन गर्ने नीतिगत वातावरण तयार गर्नुपर्नेमा कोस्वाले जोड दिए । नेपालमा प्रविधिमा आधारित उद्योगहरूको विकासले आर्थिक वृद्धिमा मात्र नभई युवाहरूलाई रोजगारी सिर्जनामा पनि ठूलो योगदान पु¥याउन सक्ने उनले धारणा राखे । 

Hardik health

कोस्वाले नेपालका सम्भावनायुक्त क्षेत्रहरूको चर्चा गर्दै कृषि, पर्यटन र सूचना प्रविधि क्षेत्रलाई डिजिटल रूपान्तरणसँग जोड्न सके उल्लेखनीय लाभ लिन सकिने उल्लेख गरे । उखले विशेष रूपमा साइबर सुरक्षा, डाटा सुरक्षा, क्लाउड नीति तथा कृत्रिम बौद्धिकता (एआई) लाई नेपालको डिजिटल भविष्यका प्रमुख आधारस्तम्भका रूपमा चित्रण गर्दै यी क्षेत्रमा समयमै लगानी र स्पष्ट नीतिनिर्माण नगरे नेपाल डिजिटल प्रतिस्पर्धामा पछि पर्न सक्ने संकेत गरे ।

उक्त भेटवार्ताका क्रममा सञ्चारमन्त्री तिमिल्सिनाले एडिबीले नेपाललाई निरन्तर रूपमा उपलब्ध गराउँदै आएको आर्थिक तथा प्राविधिक सहयोगप्रति आभार व्यक्त गर्दै सरकारले विकास आयोजनाहरूलाई छिटो, प्रभावकारी र नतिजामुखी रूपमा सम्पन्न गर्न प्रतिबद्ध रहेको बताए । उनले विगतमा सूचना प्रविधि पूर्वाधार विकासमा देखिएका समस्याहरूलाई स्वीकार्दै अब सरकारले विगतभन्दा फरक ढङ्गले काम गर्ने स्पष्ट पारे ।

पूर्वाधार निर्माण र नागरिक सेवा प्रवाह सरकारको पहिलो प्राथमिकतामा रहेको उल्लेख गर्दै सञ्चारमन्त्री तिमिल्सिनाले विगतका सरकारको भन्दा अहिले कामको गति बढ्न थालेको र नतिजा देखिन थालेको बताए । डिजिटल पूर्वाधार विकासलाई नेपालले उच्च प्राथमिकतामा राखेको उल्लेख गर्दै उनले सरकार यस क्षेत्रमा ठोस सुधार र लगानी गर्न प्रतिबद्ध रहेको बताए । साथै यसमा एडिबीको निरन्तर सहकार्य रहने अपेक्षा उनले व्यक्त गरे । 

सञ्चारमन्त्री तिमिल्सिनाले डिजिटल रूपान्तरणलाई प्रविधिको विस्तारका रूपमा मात्र नभई समग्र शासन प्रणाली सुधार, सेवा प्रवाहको सहजता र पारदर्शिता अभिवृद्धिको माध्यमका रूपमा लिइने पनि स्पष्ट पारे । यसका लागि सरकारी सेवा डिजिटल माध्यमबाट प्रभावकारी रूपमा उपलब्ध गराउने लक्ष्यका साथ नीति सुधार, पूर्वाधार विस्तार र जनशक्ति विकासमा सरकार केन्द्रित हुने उनको भनाइ छ । 

नेपालमा लगानीयोग्य वातावरण निर्माणमा सरकार प्रतिबद्ध भएर लागेको पनि सञ्चारमन्त्री तिमिल्सिनाले उल्लेख गरे । भेटवार्तामा मन्त्रालयका उच्च पदाधिकारी, परराष्ट्र मन्त्रालयका प्रतिनिधि तथा एडिबीका अन्य अधिकारीहरूको पनि सहभागिता थियो ।


प्रकाशित मिति: बिहीबार, वैशाख ३, २०८३  १७:१९
प्रतिक्रिया दिनुहोस्
थप समाचार
ब्रोड पिकमा निभ्यो साहसको दीप
ब्रोड पिकमा निभ्यो साहसको दीप आइतबार, साउन १७, २०८३
पत्रकार महासंघको ग्लोबल मिडिया सम्मेलनः टोकियो घोषणापत्र जारी
पत्रकार महासंघको ग्लोबल मिडिया सम्मेलनः टोकियो घोषणापत्र जारी आइतबार, साउन १७, २०८३
नेपाल वायुसेवा निगमको सञ्चालन व्यवस्थापनमा सुधार
नेपाल वायुसेवा निगमको सञ्चालन व्यवस्थापनमा सुधार आइतबार, साउन १७, २०८३
सुशासनलाई सुदृढ बनाउन अग्रजहरूको आदर्शलाई आत्मसात् गर्नुपर्छः पूर्वराष्ट्रपति भण्डारी
सुशासनलाई सुदृढ बनाउन अग्रजहरूको आदर्शलाई आत्मसात् गर्नुपर्छः पूर्वराष्ट्रपति भण्डारी आइतबार, साउन १७, २०८३
‘निम्स दाइ’को निधनमा अन्नपूर्णले दियो शोक बिदा
‘निम्स दाइ’को निधनमा अन्नपूर्णले दियो शोक बिदा आइतबार, साउन १७, २०८३
सरकारद्वारा हिम पहिरोमा परी निधन भएका आरोहीप्रति दुःख व्यक्त
सरकारद्वारा हिम पहिरोमा परी निधन भएका आरोहीप्रति दुःख व्यक्त आइतबार, साउन १७, २०८३
राजविराज र बोदेबरसाइनमा कर्फ्यु हट्यो, निषेधाज्ञा जारी
राजविराज र बोदेबरसाइनमा कर्फ्यु हट्यो, निषेधाज्ञा जारी आइतबार, साउन १७, २०८३
लोकप्रिय
  • Week
  • Month
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
‘अव्यावहारिक कानुन नबदलिए व्यवसाय बन्द गर्न बाध्य हुन्छौं’
‘अव्यावहारिक कानुन नबदलिए व्यवसाय बन्द गर्न बाध्य हुन्छौं’
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP