Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #कांग्रेसका संस्थाइतर
  • #सिएन थारु/आरके तामाङ
  • #‘हृदयांश’
  • #दीपक बन्जारा
  • #नेपाली कांग्रेसको संस्थापनइतर
  • #गगनकुमार थापा
  • #माएदा तोरु
  • #सुनिल लम्साल
  • #जाइका
Search Here
समाचार
  • Home
  • समाचार
  • बौद्ध तथा मेलम्ची घ्याङ गुठीले विश्व शान्तिको कामना गर्दै बुद्ध जयन्ती मनाउने
बौद्ध तथा मेलम्ची घ्याङ गुठीले विश्व शान्तिको कामना गर्दै बुद्ध जयन्ती मनाउने
प्रभाव संवाददाता
प्रभाव संवाददाता बिहीबार, वैशाख ३, २०८३

काठमाडौं- विश्व सम्पदा सूचीमा सूचीकृत बौद्धनाथ चैत्य क्षेत्रमा बुद्ध जयन्तीलाई सफलतापूर्वक मनाउने उद्देश्यले सरोकार भएका निकायका प्रतिनिधिसँग आज छलफल भएको छ । विश्व शान्तिको कामना गर्दै मनाउन लागिएको बुद्ध जयन्तीको तयारी गर्ने सन्दर्भमा बौद्ध घ्याङसहित चैत्य क्षेत्रमा रङरोगन सुरु गरिएको छ भने बौद्ध क्षेत्रलाई सिँगार्न थालिएको हो । 

यसै अवसरमा बौद्ध तथा मेलम्ची घ्याङ गुठीले आज २५७०औँ बुद्ध जयन्ती मनाउने विषयमा सरोकार भएका सङ्घसंस्था एवं सरकारी निकायका अधिकारीहरूसँग छलफल गरेको छ । कार्यक्रममा घ्याङ गुठीका अध्यक्ष चिनियाँ लामा भूपतिबज्र लामाले यस क्षेत्रको धर्म, संस्कृति, इतिहास र परम्परा जोगिने गरी बुद्ध जयन्ती मनाउने तयारी सुरु भएको जानकारी दिए। बौद्ध क्षेत्रकै पहिलो गुम्बाका रूपमा बौद्ध घ्याङ स्थापित भएकाले यसको महत्त्व स्थापित गर्न बुद्ध जयन्ती विशेष रूपमा मनाउने गरी तयारी गरिएको पनि उनले बताए । 

बौद्ध दर्शन प्रवर्द्धन तथा गुम्बा विकास समितिका कार्यवाहक अध्यक्ष आचार्य छेवाङ रिग्जेन तामाङले बौद्ध क्षेत्रमा रहेका सबै सङ्घसंस्थाले एउटै मूल समारोह समिति बनाएर बुद्ध जयन्ती मनाउनुपर्ने बताए । विश्व सम्पदा क्षेत्र बौद्धमा मनाइने बुद्ध जयन्ती कार्यक्रमलाई मौलिक बनाइनुपर्नेमा पनि उनले जोड दिए ।  बौद्ध घ्याङ गुठीका सल्लाहकार आनन्दबज्र लामाले वर्षमा एक दिन बुद्ध जयन्ती मनाएर मात्र नहुने बताउँदै बुद्धका सन्देश प्रयोग र अभ्यास गर्नुपर्नेमा जोड दिए । बौद्ध क्षेत्रका धार्मिक, सांस्कृतिक एवं सामाजिक संस्थालाई जोडेर एउटै बुद्ध जयन्ती समारोह मनाउन पनि उनले सुझाव दिए  । 

Hardik health

घ्याङ गुठीका प्रबन्धक टासीग्याल्जेन शेर्पा (मिथुन चाङ्बा भोटे) ले विश्वका विभिन्न देशमा युद्ध भइरहेको र विश्व शान्तिमा खलल पुग्न गएकाले यस वर्षको बुद्ध जयन्ती विश्व शान्तिका लागि प्रार्थना गर्दै मनाउने गरी विभिन्न कार्यक्रम तय गर्न अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको जानकारी दिए । कार्यक्रममा प्राप्त सुझावका आधारमा कार्यक्रम तय गरिने जनाउँदै उनले मूल समारोह समिति पनि गठन गरिने उल्लेख गरे । 

कार्यक्रममा विभिन्न सङ्घसंस्थाका प्रतिनिधिले बुद्ध जयन्तीमा सुरक्षा व्यवस्था सुदृढ बनाइनुपर्ने, बौद्ध क्षेत्रलाई शान्ति क्षेत्रका रुपमा स्थापित गरिनुपर्ने, विश्वमा अशान्ति मडारिएका बेला बुद्ध जन्म देश नेपालबाट विश्वव्यापी रुपमा शान्तिको सन्देश प्रवाह गर्न चक्रपथ ढाक्ने गरी शान्तिको कामना गर्दै मानव साङ्लो बनाइनुपर्नेलगायत सुझाव दिएका थिए  । 

विसं १९०७ को नेपाल-चीन युद्धपछि नेपालका गुम्बामा चिनियाँ लामा परम्परा सुरु भएको जानकारी कार्यक्रममा गराइएको थियो । यो परम्परा अहिले बौद्ध र मेलम्ची घ्याङमा छ । दुवै घ्याङलाई समेटेर गुठी संस्थानअन्तर्गत रहने गरी श्री बौद्ध तथा मेलम्ची घ्याङ गुठी नामकरण गरिएको चिनियाँ लामाका स्वकीय सचिव हरिश गोले तामाङले कार्यक्रममा जानकारी दिए ।
 


प्रकाशित मिति: बिहीबार, वैशाख ३, २०८३  १५:३८
प्रतिक्रिया दिनुहोस्
थप समाचार
ब्रोड पिकमा निभ्यो साहसको दीप
ब्रोड पिकमा निभ्यो साहसको दीप आइतबार, साउन १७, २०८३
पत्रकार महासंघको ग्लोबल मिडिया सम्मेलनः टोकियो घोषणापत्र जारी
पत्रकार महासंघको ग्लोबल मिडिया सम्मेलनः टोकियो घोषणापत्र जारी आइतबार, साउन १७, २०८३
नेपाल वायुसेवा निगमको सञ्चालन व्यवस्थापनमा सुधार
नेपाल वायुसेवा निगमको सञ्चालन व्यवस्थापनमा सुधार आइतबार, साउन १७, २०८३
सुशासनलाई सुदृढ बनाउन अग्रजहरूको आदर्शलाई आत्मसात् गर्नुपर्छः पूर्वराष्ट्रपति भण्डारी
सुशासनलाई सुदृढ बनाउन अग्रजहरूको आदर्शलाई आत्मसात् गर्नुपर्छः पूर्वराष्ट्रपति भण्डारी आइतबार, साउन १७, २०८३
‘निम्स दाइ’को निधनमा अन्नपूर्णले दियो शोक बिदा
‘निम्स दाइ’को निधनमा अन्नपूर्णले दियो शोक बिदा आइतबार, साउन १७, २०८३
सरकारद्वारा हिम पहिरोमा परी निधन भएका आरोहीप्रति दुःख व्यक्त
सरकारद्वारा हिम पहिरोमा परी निधन भएका आरोहीप्रति दुःख व्यक्त आइतबार, साउन १७, २०८३
राजविराज र बोदेबरसाइनमा कर्फ्यु हट्यो, निषेधाज्ञा जारी
राजविराज र बोदेबरसाइनमा कर्फ्यु हट्यो, निषेधाज्ञा जारी आइतबार, साउन १७, २०८३
लोकप्रिय
  • Week
  • Month
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
‘अव्यावहारिक कानुन नबदलिए व्यवसाय बन्द गर्न बाध्य हुन्छौं’
‘अव्यावहारिक कानुन नबदलिए व्यवसाय बन्द गर्न बाध्य हुन्छौं’
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP