Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #कांग्रेसका संस्थाइतर
  • #सिएन थारु/आरके तामाङ
  • #‘हृदयांश’
  • #दीपक बन्जारा
  • #नेपाली कांग्रेसको संस्थापनइतर
  • #गगनकुमार थापा
  • #माएदा तोरु
  • #सुनिल लम्साल
  • #जाइका
Search Here
समाचार
  • Home
  • समाचार
  • दोस्रो जनआन्दोलनयताका उच्च पदस्थको सम्पत्ति छानबिन गदै सरकार
दोस्रो जनआन्दोलनयताका उच्च पदस्थको सम्पत्ति छानबिन गदै सरकार
प्रभाव संवाददाता
प्रभाव संवाददाता बिहीबार, वैशाख ३, २०८३

 

  • पूर्वन्यायाधीश राजेन्द्रकुमार भण्डारीको नेतृत्वमा उच्चस्तरीय सम्पत्ति जाँचबुझ/छानबिन आयोग गठन
  • २०६२/६३ पछिका उच्चपदस्थ नेता र कर्मचारीको सम्पत्ति छानबिन गरिँदै
  • आयोगलाई सार्वजनिक पदमा रहेका व्यक्तिहरूको सम्पत्ति विवरण संकलन, प्रमाणीकरण र स्रोतको वैधानिकता छानबिन गर्ने जिम्मेवारी
  • दोस्रो जनआन्दोलनपछि विभिन्न राजनीतिक तथा प्रशासनिक तहमा पुगेका व्यक्तिहरू अनुसन्धानको दायरामा

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाह नेतृत्वको सरकारले २०६२/६३ सालदेखि हालसम्म सार्वजनिक पदमा बहाल रहेका प्रमुख राजनीतिक पदाधिकारी तथा उच्चपदस्थ कर्मचारीहरूको सम्पत्ति जाँचबुझ/छानबिन गर्न उच्चस्तरीय सम्पत्ति जाँचबुझ/छानबिन आयोग गठन गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गर्दै लामो समयदेखि उठ्दै आएको भ्रष्टाचार नियन्त्रण र सम्पत्ति पारदर्शितासम्बन्धी बहसलाई संस्थागत रूप दिने प्रयास गरेको हो ।

सरकारका प्रवक्ता सस्मित पोखरेलका अनुसार आयोगको नेतृत्व सर्वोच्च अदालतका पूर्वन्यायाधीश राजेन्द्रकुमार भण्डारीले गर्ने छन् । आयोगमा सदस्यहरू पूर्वन्यायाधीश पुरुषोतम पराजुली, चण्डिराज ढकाल, पूर्वप्रहरी नायब महानिरीक्षक गणेश केसी तथा चार्टर्ड अकाउन्टेन्ट प्रकाश लम्साल सदस्य रहेका छन् । भण्डारी आयोगलाई सार्वजनिक पदमा रहेका व्यक्तिहरूको सम्पत्ति विवरण संकलन, प्रमाणीकरण र स्रोतको वैधानिकता छानबिन गर्ने जिम्मेवारी दिइएको छ ।

सरकारले २०६२/६३ को जनआन्दोलनपछि विभिन्न राजनीतिक तथा प्रशासनिक तहमा पुगेका व्यक्तिहरूको सम्पत्ति वृद्धिबारे उठेका प्रश्नहरूको जवाफ खोज्ने उद्देश्यले आयोग गठन गरेको जनाएको छ । पछिल्लो समय सार्वजनिक जीवनमा रहेका व्यक्तिहरूको सम्पत्ति अस्वाभाविकरूपमा बढेको भन्ने जनगुनासो चर्किंदै गएको सन्दर्भमा यो निर्णय आएको हो ।  सत्ताको नेतृत्व गरिरहेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्नो चुनावी घोषणापत्रमै सम्पत्ति छानबिनलाई प्रमुख एजेण्डा बनाएको थियो । रास्वपाले २०४६ सालदेखि नै महŒवपूर्ण सार्वजनिक पदमा रहेका व्यक्तिहरूको सम्पत्ति पारदर्शी रूपमा छानबिन गर्ने र अवैध रूपमा आर्जित सम्पत्ति जफत तथा राष्ट्रियकरण गर्ने प्रतिबद्धता जनाएको थियो । यद्यपि, हाल गठन गरिएको आयोगले २०६२/६३ यताकालाई केन्द्रमा राखेर काम सुरु गर्ने बताइएको छ । २०४६ सालसम्मको अनुसन्धानबारे सरकारले छिट्टै थप निर्णय गर्ने संकेत दिएको छ ।

Hardik health

सरकारले आयोगको कार्यकाल भने सार्वजनिक गरेको छैन । प्रवक्ता पोखरेलले आयोगले सकेसम्म छिटो काम सुरु गर्ने र आवश्यक समय लिएर निष्पक्षरूपमा प्रतिवेदन तयार गर्ने बताएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयअन्तर्गत रहनेगरी गठन गरिएको यो आयोग शासकीय सुधारसम्बन्धी १०० कार्यसूचीको एक महŒवपूर्ण बुँदाको कार्यान्वयनको रूपमा पनि हेरिएको छ ।

यसबीच, भ्रष्टाचारविरुद्ध काम गर्ने संस्थाहरूले आयोग गठनलाई सकारात्मकरूपमा लिएका छन् । ट्रान्सपरेन्सी इन्टरनेसनल नेपालका पूर्वअध्यक्ष श्रीहरि अर्यालले सबै राजनीतिक दलहरूले चुनावअघि सम्पत्ति छानबिनको मुद्दा उठाउँदै आएको स्मरण गराउँदै अहिलेको कदमलाई ‘समयसापेक्ष’ बताएका छन् । उनका अनुसार यस्तो आयोगले सार्वजनिक जीवनमा रहेका व्यक्तिहरूको सम्पत्ति र त्यसको स्रोतबारे स्पष्ट चित्र प्रस्तुत गर्न सहयोग पुग्ने छ ।

अर्यालले विगतमा बनेका छानबिन समितिहरूको अनुभवलाई स्मरण गर्दै यसपटक हतारमा प्रतिवेदन तयार पार्नेभन्दा गहिरो अनुसन्धानमा ध्यान दिनुपर्ने बताएका छन् । उनले विदेशी मुलुकमासमेत सम्पत्ति लुकाइएको हुन सक्ने भएकाले त्यसको खोजी जटिल र समय लाग्ने प्रक्रिया हुने उल्लेख गरे । उनले भनेका छन्, ‘राज्यले चालेको कदममा सबैले साथ दिनुपर्छ, सहयोग गर्नुपर्छ र भ्रष्टाचार नियन्त्रण गरेरमात्रै मुलुकमा सुशासन कायम हुन सक्छ ।’

सरकारले आयोग गठनसँगै जेन–जी विद्रोहसम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदनमा सुरक्षा निकायबारे गरिएका सिफारिस कार्यान्वयनका लागि पनि छुट्टै संयन्त्र गठन गरेको छ । उच्च अदालतका पूर्वन्यायाधीश प्रेमराज कार्कीको संयोजकत्वमा बनेको उक्त संयन्त्रमा सशस्त्र प्रहरी बलका पूर्वअतिरिक्त महानिरीक्षक सुबोध अधिकारी र नेपाल प्रहरीका पूर्वअतिरिक्त महानिरीक्षक टेकप्रसाद राई सदस्य रहेका छन् ।

प्रधानमन्त्री शाह नेतृत्वमा सरकार गठन भएपछि गत चैत १३ गते १५ दिनभित्र सम्पत्ति छानबिनसम्बन्धी समिति गठन गर्ने निर्णय गरिएको थियो । उक्त निर्णय शासकीय सुधारसम्बन्धी १०० कार्यसूचीको ४३औं बुँदामा उल्लेख गरिएको छ, जसमा देशमा व्याप्त भ्रष्टाचार, सम्पत्ति लुकाउने प्रवृत्ति तथा दण्डहीनताको अन्त्य गर्ने उद्देश्य स्पष्टरूपमा राखिएको छ ।

सरकारले आयोगको काम कानुनी मापदण्ड, प्रमाण र निष्पक्षतामा आधारित हुने दाबी गरेको छ । आयोगले तयार पार्ने प्रतिवेदन र सिफारिसहरू सम्बन्धित निकायमार्फत कार्यान्वयन गर्ने व्यवस्था मिलाइने बताइएको छ । अब आयोगको कामको गति, निष्पक्षता र प्रतिवेदन कार्यान्वयनको स्तरले नै यस कदमको प्रभावकारिता निर्धारण गर्ने देखिएको छ ।

 

 

आयोगले यसरी गर्ने छ छानबिन 
सरकारले सर्वोच्च अदालतका पूर्वन्यायाधीश राजेन्द्रकुमार भण्डारीको  नेतृत्वमा गठन गरेको सम्पत्ति जाँचबुझ/छानबिन आयोगले सार्वजनिक पदमा बसेका व्यक्तिहरूको सम्पत्ति छानबिन कसरी गर्छ भन्नेबारे चासो बढेको छ । पूर्वप्रहरी नायव महानिरीक्षक गणेश केसीका अनुसार आयोगले कानुनी व्यवस्था, विगतका अभ्यास र आयोगलाई दिइएको कार्यादेशका आधारमा सम्पत्ति छानबिन कार्यप्रक्रिया सिलसिलेवार रूपमा अघि बढ्ने छ । 

सबैभन्दा पहिले आयोगले आफ्नो कार्यविधि, मापदण्ड र प्राथमिकता निर्धारण गर्ने छ । यस चरणमा कुन अवधिका पदाधिकारीहरूलाई कसरी समेट्ने, कुन–कुन निकायसँग समन्वय गर्ने र प्रमाण संकलनको ढाँचा कस्तो बनाउने भन्ने तय गरिन्छ । आयोगले २०६२/६३ यताका प्रमुख सार्वजनिक पदाधिकारीहरूलाई प्राथमिक सूचीमा राख्दै प्रारम्भिक ‘डेटाबेस’ तयार पार्ने छ ।

त्यसपछि आयोगले सम्बन्धित व्यक्तिहरूको सम्पत्ति विवरण संकलन गर्ने प्रक्रिया सुरु गर्छ । यसका लागि विभिन्न सरकारी निकायहरू राजस्व कार्यालय, बैंक तथा वित्तीय संस्था, मालपोत कार्यालय, कम्पनी रजिस्ट्रार कार्यालयलगायतबाट तथ्यांक मागिन्छ । व्यक्तिहरूले पेस गरेका सम्पत्ति विवरण, कर विवरण र बैंकिङ कारोबारलाई आधार बनाएर विस्तृत प्रोफाइल तयार पारिन्छ ।

यसपछि तेस्रो चरणमा संकलित विवरणको प्रमाणीकरण गरिन्छ । आयोगले प्राप्त कागजातहरू वास्तविक हुन् कि होइनन् ? विवरणमा कुनै लुकाइएको अंश छ कि छैन भन्ने जाँच गर्छ । यस क्रममा विभिन्न निकायबीच क्रस–चेकिङ गरिन्छ ।  यसपछि सबैभन्दा महŒवपूर्ण चरणअन्तर्गत सम्पत्तिको स्रोत विश्लेषण सुरु हुन्छ । आयोगले व्यक्तिको आयस्रोत, व्यवसाय, पारिवारिक पृष्ठभूमि र पदमा रहँदा प्राप्त हुने वैधानिक सुविधा आदिसँग तुलना गर्दै सम्पत्ति अस्वाभाविकरूपमा बढेको छ कि छैन भन्ने निष्कर्ष निकाल्ने प्रयास गर्छ । केसीका अनुसार यदि आयस्रोतले नसमेट्ने गरी सम्पत्ति वृद्धि देखिएमा त्यसलाई शंकास्पद सूचीमा राखिन्छ ।

यसैक्रममा आवश्यक परे आयोगले सम्बन्धित व्यक्तिसँग स्पष्टीकरण पनि माग्न सक्छ । आरोपित वा शंकास्पद व्यक्तिलाई आफ्नो सम्पत्तिको स्रोतबारे प्रमाणसहित जवाफ दिने अवसर दिइन्छ । यसले अनुसन्धान प्रक्रियालाई निष्पक्ष र कानुनी बनाउने अपेक्षा गरिएको छ ।

अर्कोे चरणमा आयोगले विस्तृत अनुसन्धान प्रतिवेदन तयार पार्छ । उक्त प्रतिवेदनमा कसको सम्पत्ति कति छ, त्यो कसरी बढ्यो, कुन अंश वैध र कुन अंश शंकास्पद देखियो भन्ने विश्लेषण समेटिन्छ । प्रमाण, कागजात र तथ्यका आधारमा निष्कर्ष निकालिन्छ ।

तर, आयोग आफैंले मुद्दा चलाउन सक्ने अधिकार भने हुँदैन । त्यसैले अन्तिम चरणमा आयोगले आफ्नो प्रतिवेदन र सिफारिस सम्बन्धित निकाय अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पठाउँछ । सोही सिफारिसका आधारमा थप अनुसन्धान, मुद्दा दायर र कानुनी कारबाही अघि बढ्ने प्रक्रिया सुरु हुन्छ ।

 


प्रकाशित मिति: बिहीबार, वैशाख ३, २०८३  ११:०७
प्रतिक्रिया दिनुहोस्
थप समाचार
ब्रोड पिकमा निभ्यो साहसको दीप
ब्रोड पिकमा निभ्यो साहसको दीप आइतबार, साउन १७, २०८३
पत्रकार महासंघको ग्लोबल मिडिया सम्मेलनः टोकियो घोषणापत्र जारी
पत्रकार महासंघको ग्लोबल मिडिया सम्मेलनः टोकियो घोषणापत्र जारी आइतबार, साउन १७, २०८३
नेपाल वायुसेवा निगमको सञ्चालन व्यवस्थापनमा सुधार
नेपाल वायुसेवा निगमको सञ्चालन व्यवस्थापनमा सुधार आइतबार, साउन १७, २०८३
सुशासनलाई सुदृढ बनाउन अग्रजहरूको आदर्शलाई आत्मसात् गर्नुपर्छः पूर्वराष्ट्रपति भण्डारी
सुशासनलाई सुदृढ बनाउन अग्रजहरूको आदर्शलाई आत्मसात् गर्नुपर्छः पूर्वराष्ट्रपति भण्डारी आइतबार, साउन १७, २०८३
‘निम्स दाइ’को निधनमा अन्नपूर्णले दियो शोक बिदा
‘निम्स दाइ’को निधनमा अन्नपूर्णले दियो शोक बिदा आइतबार, साउन १७, २०८३
सरकारद्वारा हिम पहिरोमा परी निधन भएका आरोहीप्रति दुःख व्यक्त
सरकारद्वारा हिम पहिरोमा परी निधन भएका आरोहीप्रति दुःख व्यक्त आइतबार, साउन १७, २०८३
राजविराज र बोदेबरसाइनमा कर्फ्यु हट्यो, निषेधाज्ञा जारी
राजविराज र बोदेबरसाइनमा कर्फ्यु हट्यो, निषेधाज्ञा जारी आइतबार, साउन १७, २०८३
लोकप्रिय
  • Week
  • Month
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
‘अव्यावहारिक कानुन नबदलिए व्यवसाय बन्द गर्न बाध्य हुन्छौं’
‘अव्यावहारिक कानुन नबदलिए व्यवसाय बन्द गर्न बाध्य हुन्छौं’
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP