काठमाडौं - सभामुख डीपी अर्याल सवार साधनलाई ट्राफिक प्रहरीले कारबाही गरेको छ। थापाथली क्षेत्रमा ट्राफिक नियम उल्लंघन गरेको आरोपमा उक्त गाडीलाई चिट काटिएको हो।
सभामुखको गाडीसँगै अगुवा र पछुवा गरी तीन वटा सवारी साधनमाथि कारबाही गरिएको ट्राफिक प्रहरीले जनाएको छ।नियम उल्लंघन गर्दै ती सवारी साधन सिंहदरबार पुगेपछि ट्राफिक प्रहरी त्यहीँ पुगेर चिट काटेको थियो। ट्राफिक प्रहरी स्रोतका अनुसार लेन मिच्ने (लेन क्रस) गर्दा कारबाही गरिएको हो।
‘नियम उल्लंघन गर्ने सबै समान हुन्, कसको गाडी भन्ने भन्दा पनि नियम तोड्ने सवारीमाथि कारबाही गरिएको हो,’ स्रोतले जनाएको छ। उक्त सवारीमा सभामुख अर्याल सवार थिए वा थिएनन् भन्नेबारे भने प्रहरीले स्पष्ट पारेको छैन।