Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #कांग्रेसका संस्थाइतर
  • #सिएन थारु/आरके तामाङ
  • #‘हृदयांश’
  • #दीपक बन्जारा
  • #नेपाली कांग्रेसको संस्थापनइतर
  • #गगनकुमार थापा
  • #माएदा तोरु
  • #सुनिल लम्साल
  • #जाइका
Search Here
समाचार
  • Home
  • समाचार
  • सरकारको ‘राष्ट्रिय प्रतिबद्धता’ मस्यौदा सुझावका लागि सार्वजनिक
सरकारको ‘राष्ट्रिय प्रतिबद्धता’ मस्यौदा सुझावका लागि सार्वजनिक
प्रभाव संवाददाता
प्रभाव संवाददाता मंगलबार, वैशाख १, २०८३

काठमाडौं- नेपाल सरकारले ‘राष्ट्रिय प्रतिबद्धता’ को मस्यौदा तयार पारेर सार्वजनिक गरेको छ । राष्ट्रिय मान्यताप्राप्त छ वटा राजनीतिक दलका घोषणापत्र एवं चुनावका समयमा सार्वजनिक गरेका वाचापत्रहरूको अध्ययन गरी सरकारले तयार पारेको १८ बुँदे यो ‘राष्ट्रिय प्रतिबद्धता’ पत्रको मस्यौदा हो ।

यसलाई राय तथा सुझावका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयको वेभसाइटमा राखिएको छ । सो मस्यौदामाथि सम्बन्धित राजनीतिक दलहरूबाट यही वैशाख १० गतेभित्र राय सुझाव माग गरिएको छ । सो वेभसाइटमा राखिएको सूचनामा भनिएको छ “सम्वत २०८२ फागुन २१ मा सम्पन्न निर्वाचनमा राष्ट्रिय मान्यता प्राप्त गरेका छ वटा राजनीतिक दलहरूका घोषणापत्र/ वाचापत्र/ प्रतिबद्धतापत्रका आधारमा तयार ‘राष्ट्रिय प्रतिबद्धता’को मस्यौदा उपर सम्बन्धित राजनीतिक दलहरूबाट सम्वत् २०८३ वैशाख १० गते भित्र राय सुझाव माग गरिएको ।”

सरकारले चैत १३ गते पहिलो मन्त्रिपरिषद्को बैठकबाट शासकीय सुधारसम्बन्धी १०० बुँदे कार्यसूची सार्वजनिक गरेको थियो । सोे कार्यसूचीको बुँदा नम्बर ३ मा भएको व्यवस्था बमोजिम सरकारले यो राष्ट्रिय प्रतिबद्धता सार्वजनिक गरेको हो । कार्यसूचीको बुँदा नम्बर ३ मा भनिएको छ, “नेपालको संविधानको मूल मर्म, लोकतान्त्रिक प्रणालीको सुदृढीकरण तथा निर्वाचनमार्फत व्यक्त जनादेशलाई संस्थागत रूपले कार्यान्वयन गर्न निर्वाचनमा सहभागी सबै राजनीतिक दलका घोषणापत्र, वाचापत्र तथा प्रतिबद्धतापत्रहरूमा समावेश कार्यान्वयन योग्य विषयहरूको संश्लेषण गरी राष्ट्रिय प्रतिबद्धता तयार गर्ने एवं सोमा नेपाल सरकारको साझा स्वामित्व स्थापित गर्ने । उक्त प्रतिबद्धतालाई वार्षिक नीति तथा कार्यक्रम, बजेट तथा सुधार एजेन्डासँग आबद्ध गरी तत्कालैदेखि कार्यान्वयन गर्न तत्काल प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय अन्तर्गत आवश्यक संरचना स्थापना गरी जिम्मेवारी दिने ।”

Hardik health

सरकारले सार्वजनिक गरेको यो राष्ट्रिय प्रतिबद्धताको मस्यौदामा गत फागुन २१ को निर्वाचनबाट राष्ट्रिय मान्यताप्राप्त दलहरू राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), नेपाली कांग्रेस, नेकपा (एमाले), नेपाली कम्युनिष्ट पार्टी, श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले चुनावका समयमा घोषणा गरेका घोषणापत्र या वाचापत्रहरू समेटिएको छ । सरकारद्वारा सार्वजनिक यस राष्ट्रिय प्रतिबद्धताको प्रभावकारी कार्यान्वयनका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय मातहतमा रहने गरी एक सरकारी संरचना तयार पारिएको उल्लेख गरिएको छ ।

यस राष्ट्रिय प्रतिबद्धतामा रहेका मुख्य प्राथमिकताका क्षेत्रहरूमा, आर्थिक क्षेत्रमा स्थायित्व र सुधार, कृषि पेशाको सम्मान र आत्मनिर्भरता, पर्यटन तथा नागरिक उड्डयन, ऊर्जा विकास तथा उपयोग, खानी तथा खनिज, पूर्वाधार विकास, समृद्धिको आधार रोजगारी, शिक्षा तथा स्वास्थ्य, वन, वातावरण तथा जलवायु परिवर्तन आदि रहेका छन् ।

त्यसैगरी सो प्रतिबद्धतामा सुशासन तथा भ्रष्टाचार नियन्त्रण, प्रशासनिक सुधार तथा सेवा प्रवाह, विद्युतीय सुशासन तथा प्रविधि, सामाजिक न्याय तथा समावेशीकरण, अन्तर्राष्ट्रिय कूटनीति तथा परराष्ट्र सम्बन्ध, नेपाली डायस्पोराको ज्ञान, सीप र पुँजीको उपयोग, खेलकुद, विपद् व्यवस्थापन, सहकारी तथा लघुवित्त आदि रहेका छन् ।

राय सुझावका लागि सार्वजनिक गरिएको यो मस्यौदा प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालायको वेभसाइट https://opmcm.gov.np/content/511/opinions-suggestions-were-requested-from-the-respective-political/  मा उपलब्ध छ ।
 


प्रकाशित मिति: मंगलबार, वैशाख १, २०८३  १७:११
प्रतिक्रिया दिनुहोस्
थप समाचार
ब्रोड पिकमा निभ्यो साहसको दीप
ब्रोड पिकमा निभ्यो साहसको दीप आइतबार, साउन १७, २०८३
पत्रकार महासंघको ग्लोबल मिडिया सम्मेलनः टोकियो घोषणापत्र जारी
पत्रकार महासंघको ग्लोबल मिडिया सम्मेलनः टोकियो घोषणापत्र जारी आइतबार, साउन १७, २०८३
नेपाल वायुसेवा निगमको सञ्चालन व्यवस्थापनमा सुधार
नेपाल वायुसेवा निगमको सञ्चालन व्यवस्थापनमा सुधार आइतबार, साउन १७, २०८३
सुशासनलाई सुदृढ बनाउन अग्रजहरूको आदर्शलाई आत्मसात् गर्नुपर्छः पूर्वराष्ट्रपति भण्डारी
सुशासनलाई सुदृढ बनाउन अग्रजहरूको आदर्शलाई आत्मसात् गर्नुपर्छः पूर्वराष्ट्रपति भण्डारी आइतबार, साउन १७, २०८३
‘निम्स दाइ’को निधनमा अन्नपूर्णले दियो शोक बिदा
‘निम्स दाइ’को निधनमा अन्नपूर्णले दियो शोक बिदा आइतबार, साउन १७, २०८३
सरकारद्वारा हिम पहिरोमा परी निधन भएका आरोहीप्रति दुःख व्यक्त
सरकारद्वारा हिम पहिरोमा परी निधन भएका आरोहीप्रति दुःख व्यक्त आइतबार, साउन १७, २०८३
राजविराज र बोदेबरसाइनमा कर्फ्यु हट्यो, निषेधाज्ञा जारी
राजविराज र बोदेबरसाइनमा कर्फ्यु हट्यो, निषेधाज्ञा जारी आइतबार, साउन १७, २०८३
लोकप्रिय
  • Week
  • Month
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
‘अव्यावहारिक कानुन नबदलिए व्यवसाय बन्द गर्न बाध्य हुन्छौं’
‘अव्यावहारिक कानुन नबदलिए व्यवसाय बन्द गर्न बाध्य हुन्छौं’
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP