Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #कांग्रेसका संस्थाइतर
  • #सिएन थारु/आरके तामाङ
  • #‘हृदयांश’
  • #दीपक बन्जारा
  • #नेपाली कांग्रेसको संस्थापनइतर
  • #गगनकुमार थापा
  • #माएदा तोरु
  • #सुनिल लम्साल
  • #जाइका
Search Here
समाचार
  • Home
  • समाचार
  • नयाँ वर्षसँगै सिरुवामा रमाउँदै पूर्वका आदिवासी
नयाँ वर्षसँगै सिरुवामा रमाउँदै पूर्वका आदिवासी
प्रभाव संवाददाता
प्रभाव संवाददाता मंगलबार, वैशाख १, २०८३

दमक- नयाँ वर्षसँगै पूर्वी तराईका आदिवासी समुदायले मनाउँदै आएको सिरुवा र जातिरी पर्वको सुरु भएको छ । झापासहित मोरङ र सुनसरीलगायत जिल्लामा बसोबास गर्ने राजवंशी, थारु, ताजपुरिया, धिमाल, माझीलगायत आदिवासी समुदायले आज नयाँ वर्षको सुरुवातसँगै सिरुवा पर्व विशेष उत्सवका साथ मनाउन थालेका छन् ।

सिरुवाका अवसरमा ती समुदायको सघन बसोबास रहेको ठाउँमा संस्कृतिमूलक पूजाआजासहित मेला लाग्दै आएको छ ।ताजपुरिया समाज कल्याण परिषद्का पूर्वकेन्द्रीय अध्यक्ष नित्यानन्द ताजपुरियाका अनुसार यो पर्व तीन दिनसम्म मनाइने चलन रहेको छ, जसमा पहिलो दिन पानी, दोस्रो दिन हिलो र तेस्रो दिन रङ खेल्ने परम्परा रहेको छ ।

सिरुवा पर्वलाई आपसी सद्भाव, भाइचारा र प्रकृतिसँगको सम्बन्ध प्रगाढ बनाउने सांस्कृतिक उत्सवका रूपमा लिने गरिन्छ । पानी छ्यापेर पुराना दुःख-कष्ट पखाल्ने, हिलो खेल्दै रोगव्याधिबाट बच्ने कामना गर्ने तथा रङ खेल्दै नयाँ वर्षको खुशीयाली साटासाट गर्ने चलन रहेको उहाँको भनाइ छ । 

यसैवीच, नयाँ वर्ष तथा सिरुवा पर्वको अवसर पारेर झापाको कमल गाउँपालिका-६ लखनपुरको जिम्दार चोकमा लाग्दै आएको सांस्कृतिक मेलालाई यस वर्ष पनि निरन्तरता दिइएको छ । आज सो ठाउँमा आज ठूलो मेला लाग्नुका साथै सामूहिक रूपमा सिरुवा मनाउने गरिएको छ । त्यहाँ वर्षौदेखि परम्परागत सांस्कृतिक मेला लाग्दैआएको छ । मेला भर्न आदिवासी मात्र नभएर त्यस आसपासका सर्वसाधारणको उल्लेखीय उपस्थिति रहेको थियो ।

Hardik health

त्यसैगरी वैशाख २ गते गौरादह नगरपालिका-५ को दामुना महाराजथानमा पनि सिरुवा सांस्कृतिक मेला आयोजना गरिएको छ । दामूना महाराजथान समितिका सचिव बिक्रम ताजपुरियाका अनुसार सो मेलामा आदिवासी समुदायका राष्ट्रिय तथा स्थानीय कलाकारको प्रस्तुति पनि आकर्षणका रूपमा रहने छ ।

यसैबीच, धिमाल समुदायमा मनाइने जातिरी पर्व पनि नयाँ वर्षसँगै सुरु हुन्छ । यो पर्व वैशाख महिनादेखि सुरु भई लामो समयसम्म विभिन्न स्थानमा मेला, पूजापाठ र सांस्कृतिक कार्यक्रमका साथ मनाइन्छ । जातिरीलाई समुदायको पहिचानसँग जोडिएको महत्त्वपूर्ण सांस्कृतिक पर्वका रूपमा लिने गरिन्छ । नयाँ वर्षसँगै सुरु हुने यी पर्वले पूर्वी तराईका बस्तीलाई सांस्कृतिक रूपमा झन् जीवन्त बनाएका छन् ।

विभिन्न स्थानमा मेला लाग्ने, सांस्कृतिक नाँच प्रस्तुत गर्ने तथा परम्परागत खानेकुरा खाने/खुवाउने गरिन्छ । यी पर्वहरूले सामाजिक सद्भाव, सांस्कृतिक पहिचान र सामुदायिक एकताको सन्देश फैलाउँदै उल्लास बढाउने सामाजिक अगुवाको विश्वास छ । नयाँ वर्षको शुभ अवसर पारेर विभिन्न नयाँ योजना, काम र नयाँनयाँ अभ्यासको थालनी गर्ने चलन पनि छ ।

करिब २२/२५ वर्ष अघिसम्म नयाँ वर्षलाई विशेष महत्त्व दिँदै शुभकामना कार्डका रूपमा रङ्गीन तस्विर अंकित पोष्ट कार्डमा युवायुवती र बालबालिका माया, प्रेम र सदभाव, शुभेच्छा प्रकट गर्दै साथीलाई बाँड्ने गर्थे । तर, हिजोआज प्रविधिको विकाससँगै परम्परागत चलन विस्तारै हराउँदै गएको कमल-५ स्थित मङ्गलमय माविका नेपाली भाषाका शिक्षक ओम प्रकाश गौतमले बताए ।

उनका अनुसार स्कूल-कलेजमा यो अभ्यास विशेष रूपमा हुने गथ्र्यो । अहिले डिजिटल युग सुरु भएसँगै त्यस्ता शुभकामना सन्देश हत हातमा रहेका मोवाइल, ल्यापटप तथा कम्प्युटरमा नयाँनयाँ डिजाइनमा देख्न सकिन्छ । सामाजिक सञ्जालमार्फत सार्वजनिक रूपमा पोष्ट गर्दै शुभकामना अभिव्यक्त गर्ने अभ्यास हुँदै गएपछि नयाँ वर्षको उत्साहमा फरकपन आएको छ ।
 


प्रकाशित मिति: मंगलबार, वैशाख १, २०८३  १६:०७
प्रतिक्रिया दिनुहोस्
थप समाचार
ब्रोड पिकमा निभ्यो साहसको दीप
ब्रोड पिकमा निभ्यो साहसको दीप आइतबार, साउन १७, २०८३
पत्रकार महासंघको ग्लोबल मिडिया सम्मेलनः टोकियो घोषणापत्र जारी
पत्रकार महासंघको ग्लोबल मिडिया सम्मेलनः टोकियो घोषणापत्र जारी आइतबार, साउन १७, २०८३
नेपाल वायुसेवा निगमको सञ्चालन व्यवस्थापनमा सुधार
नेपाल वायुसेवा निगमको सञ्चालन व्यवस्थापनमा सुधार आइतबार, साउन १७, २०८३
सुशासनलाई सुदृढ बनाउन अग्रजहरूको आदर्शलाई आत्मसात् गर्नुपर्छः पूर्वराष्ट्रपति भण्डारी
सुशासनलाई सुदृढ बनाउन अग्रजहरूको आदर्शलाई आत्मसात् गर्नुपर्छः पूर्वराष्ट्रपति भण्डारी आइतबार, साउन १७, २०८३
‘निम्स दाइ’को निधनमा अन्नपूर्णले दियो शोक बिदा
‘निम्स दाइ’को निधनमा अन्नपूर्णले दियो शोक बिदा आइतबार, साउन १७, २०८३
सरकारद्वारा हिम पहिरोमा परी निधन भएका आरोहीप्रति दुःख व्यक्त
सरकारद्वारा हिम पहिरोमा परी निधन भएका आरोहीप्रति दुःख व्यक्त आइतबार, साउन १७, २०८३
राजविराज र बोदेबरसाइनमा कर्फ्यु हट्यो, निषेधाज्ञा जारी
राजविराज र बोदेबरसाइनमा कर्फ्यु हट्यो, निषेधाज्ञा जारी आइतबार, साउन १७, २०८३
लोकप्रिय
  • Week
  • Month
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
‘अव्यावहारिक कानुन नबदलिए व्यवसाय बन्द गर्न बाध्य हुन्छौं’
‘अव्यावहारिक कानुन नबदलिए व्यवसाय बन्द गर्न बाध्य हुन्छौं’
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP