काठमाडौं - ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा दुई सातामा ४ हजार २६९ वटा गुनासो प्राप्त भएका छन् ।
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले पदभार ग्रहण गरे लगत्तै जनगुनासोको सुनुवाई र सम्बोधन गर्ने कार्यलाई तीव्रताका साथ अगाडि बढाउन मातहतका निकायलाई निर्देशन दिएका थिए ।
श्रेष्ठले गत १३ चैतमा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको जिम्मेवारी सम्हालेका हुन् । गूनासो सम्बोधन गर्न र विद्युत् सेवासम्बन्धी मन्त्रालयको हटलाइन नम्बर ११५१ लाई परिणाममुखी बनाइएको छ ।