काठमाडौं -नयाँ वर्ष २०८३ का लागि विवाहका शुभ साइत सार्वजनिक भएको छ। परम्परागत पात्रोअनुसार वर्षभरि जम्मा ४१ दिन विवाहका लागि उपयुक्त साइत परेको जनाइएको छ, जसले विवाह गर्न चाहनेहरूलाई पर्याप्त विकल्प उपलब्ध गराउने देखिएको छ।
वर्षको सुरुवातसँगै बैशाख महिनामा ७, ८, २२, २३, २४, २५, ३० र ३१ गते गरी ८ दिन विवाहका लागि शुभ साइत परेको छ। त्यसपछि असार महिनामा ९, १३, १४, १५, १७, १८ र २३ गते गरी ७ दिन अनुकूल मानिएको छ।
यस्तै, मंसिर महिनामा ९, १०, १६, १७, १९, २४, २५ र २६ गते गरी ८ दिन विवाहका लागि उपयुक्त रहेको छ भने माघ महिनामा ४, १२, १५, १९, २० र २७ गते गरी ६ दिन शुभ साइत परेको उल्लेख गरिएको छ।
फागुन महिनामा सबैभन्दा धेरै १२ दिन विवाहका लागि साइत परेको छ। यस महिनामा ३, ४, ११, १२, १५, १६, १७, १८, २०, २५, २६ र ३० गते विवाहका लागि उत्तम समय मानिएको छ।
पात्रोअनुसार जेठ, साउन, भदौ, असोज, कार्तिक, पौष र चैत महिनामा भने कुनै पनि शुभ साइत नपरेको जनाइएको छ।