Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #कांग्रेसका संस्थाइतर
  • #सिएन थारु/आरके तामाङ
  • #‘हृदयांश’
  • #दीपक बन्जारा
  • #नेपाली कांग्रेसको संस्थापनइतर
  • #गगनकुमार थापा
  • #माएदा तोरु
  • #सुनिल लम्साल
  • #जाइका
Search Here
समाचार
  • Home
  • समाचार
  • सम्पत्ति विवरण पारदर्शितामा भएकाे सस्मित पोखरेलको दाबी
सम्पत्ति विवरण पारदर्शितामा भएकाे सस्मित पोखरेलको दाबी
प्रभाव संवाददाता
प्रभाव संवाददाता मंगलबार, वैशाख १, २०८३

काठमाडौं - त्रिभुवन विश्वविद्यालयअन्तर्गत “सार्वजनिक नीति, सुशासन तथा भ्रष्टाचार निवारण” विषयका विद्यार्थी सस्मित पोखरेलले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गर्दै पारदर्शितालाई भ्रष्टाचार नियन्त्रणको मुख्य माध्यम भएको बताएका छन्।सामाजिक सञ्जालमार्फत सार्वजनिक गरिएको वक्तव्यमा पोखरेलले व्यक्तिगत मात्र नभई बुवा, आमा तथा मामाघर पक्षसम्मका सम्पत्तिहरू खुलाएर प्रस्तुत गरेको उल्लेख गरेका हुन्।

उनले आफ्नो बुवाको सवारीसाधनसमेत विवरणमा समावेश गरेको जनाउँदै प्राविधिक रूपमा व्यक्तिगत सम्पत्ति मात्र देखाउँदा पर्याप्त हुने भए पनि पूर्ण पारदर्शिताका लागि विस्तृत विवरण सार्वजनिक गरिएको बताएका छन्। उनले आफ्नो परिवारको सम्पत्ति इमान्दार मेहनतबाट आर्जित भएको दाबी गर्दै कुनै प्रकारको आशंका नरहेको स्पष्ट पारेका छन्। पोखरेलका अनुसार उनका बुवा नेपाल राष्ट्र बैंकमा करिब ३० वर्ष सेवा गरी कार्यकारी निर्देशक पदबाट अवकाश प्राप्त गरेका हुन् भने अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ), वाशिङ्टन डी.सी. मा समेत काम  गरेकाे खुलाए ।

काठमाडौंमा रहेको जग्गाको मूल्यबारे उनले विगतमा आना अनुसार निकै कम मूल्यमा खरिद गरिएको र हाल बजार मूल्य ५० गुणाभन्दा बढीले वृद्धि भएको बताएका छन्। पारदर्शितालाई ध्यानमा राख्दै उनले खरिद मूल्य नभई हालको बजार मूल्य नै उल्लेख गरेको जनाएका छन्।

Hardik health

पोखरेलले आफू ‘प्रिभिलेज्ड’ पृष्ठभूमिबाट आएको स्वीकार गर्दै व्यक्तिगत खर्च व्यवस्थापनमा आत्मनिर्भर रहेको दाबी गरेका छन्। स्नातक अध्ययनकै क्रममा पार्ट टाइम र पछि फुल टाइम काम गर्दै आफ्नै आम्दानीबाट खर्च धान्दै आएको उनले बताएका छन्। साथै, विवरणमा उल्लेख गरिएको ऋणसमेत आफ्नै आम्दानीका आधारमा गाडी खरिदका लागि लिएको उनले स्पष्ट पारेका छन्।

PAN नम्बरको विषयमा भने व्यक्तिगत सुरक्षाका कारण सार्वजनिक विवरणमा समावेश नगरेको भए पनि आफूले वैध PAN नम्बर लिएको उनले उल्लेख गरेका छन्। पोखरेलले पारदर्शिता केवल शब्दमा नभई व्यवहारमा देखिनुपर्नेमा जोड दिँदै आगामी दिनमा पनि सोही अभ्यासलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेका छन्।

sasmit-pokhre-ststs-1776143413.gif
 

 


प्रकाशित मिति: मंगलबार, वैशाख १, २०८३  १०:५६
प्रतिक्रिया दिनुहोस्
थप समाचार
ब्रोड पिकमा निभ्यो साहसको दीप
ब्रोड पिकमा निभ्यो साहसको दीप आइतबार, साउन १७, २०८३
पत्रकार महासंघको ग्लोबल मिडिया सम्मेलनः टोकियो घोषणापत्र जारी
पत्रकार महासंघको ग्लोबल मिडिया सम्मेलनः टोकियो घोषणापत्र जारी आइतबार, साउन १७, २०८३
नेपाल वायुसेवा निगमको सञ्चालन व्यवस्थापनमा सुधार
नेपाल वायुसेवा निगमको सञ्चालन व्यवस्थापनमा सुधार आइतबार, साउन १७, २०८३
सुशासनलाई सुदृढ बनाउन अग्रजहरूको आदर्शलाई आत्मसात् गर्नुपर्छः पूर्वराष्ट्रपति भण्डारी
सुशासनलाई सुदृढ बनाउन अग्रजहरूको आदर्शलाई आत्मसात् गर्नुपर्छः पूर्वराष्ट्रपति भण्डारी आइतबार, साउन १७, २०८३
‘निम्स दाइ’को निधनमा अन्नपूर्णले दियो शोक बिदा
‘निम्स दाइ’को निधनमा अन्नपूर्णले दियो शोक बिदा आइतबार, साउन १७, २०८३
सरकारद्वारा हिम पहिरोमा परी निधन भएका आरोहीप्रति दुःख व्यक्त
सरकारद्वारा हिम पहिरोमा परी निधन भएका आरोहीप्रति दुःख व्यक्त आइतबार, साउन १७, २०८३
राजविराज र बोदेबरसाइनमा कर्फ्यु हट्यो, निषेधाज्ञा जारी
राजविराज र बोदेबरसाइनमा कर्फ्यु हट्यो, निषेधाज्ञा जारी आइतबार, साउन १७, २०८३
लोकप्रिय
  • Week
  • Month
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
‘अव्यावहारिक कानुन नबदलिए व्यवसाय बन्द गर्न बाध्य हुन्छौं’
‘अव्यावहारिक कानुन नबदलिए व्यवसाय बन्द गर्न बाध्य हुन्छौं’
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP