काठमाडाैं- संघीय संसद्को चालु अधिवेशन अन्तिम संयुक्त बैठक सुरु भएको छ । बैठकलाई सम्बोधन गर्न राष्ट्रपति रामचन्द्र पौडेल पनि पुगेका छन् ।
सिंहदरबारस्थित प्रतिनिधिसभा बैठकको हलमा राष्ट्रपति पौडेललेसम्बोधन गर्ने कार्यक्रम छ । आज मध्यरात १२ बजेदेखि संसदको चालु अधिवेशन अन्त्य हुने छ ।
चैत २४ गतेको मन्त्रिपरिषद्को सिफारिसअनुसार राष्ट्रपति रामचन्द्र पौडेलले दुवै सदनको अधिवेशन अन्त्य गर्ने निर्णय गरिसकेका छन् ।