विराटनगर - कोशी प्रदेशसभाको बैठक आज बस्दै छ । बैठकमा कोशी प्रदेश आमसञ्चार सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पारित गर्ने कार्यसूची तय गरिएको छ ।
प्रदेशसभा सचिव सुदर्शन खड्काका अनुसार दिउँसो १ बजे बस्ने बैठकमा उक्त विधेयक प्रमुख कार्यसूचीमा राखिएको छ ।
कार्यसूचीअनुसार न्याय, प्रशासन तथा विधायन समितिकी सभापति कमला दर्नालले विधेयकसम्बन्धी समितिको प्रतिवेदन सभामा पेस गर्ने भएकी छन् ।
त्यसपछि विधेयकमाथि छलफल भई आन्तरिक मामिला तथा कानुनमन्त्री इन्द्रमणि पराजुलीले प्रदेशसभा नियमावली २०७४ बमोजिम छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूचीमा उल्लेख गरिएको छ ।