Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #बढघर
  • #बौद्धनाथ
  • #बागमती_प्रदेशसभा
  • #नेपाल_पर्यटन_बोर्ड
  • #सुनचाँदीकाे_मूल्य
  • #रक्षबहादुर_रैका_मगर
  • #नेपाल_मगर_संघ
  • #सिसिटिभी
  • #सपनाको_चंगा
Search Here
समाचार
  • Home
  • समाचार
  • महिला उद्यमशिलता राष्ट्रिय विकासको संवाहक : उपराष्ट्रपति यादव
महिला उद्यमशिलता राष्ट्रिय विकासको संवाहक : उपराष्ट्रपति यादव
प्रभाव संवाददाता
प्रभाव संवाददाता शुक्रबार, चैत २०, २०८२

ललितपुर - सम्माननीय उपराष्ट्रपति रामसहाय प्रसाद यादवले महिला उद्यमशिलता व्यक्तिगत आर्थिक सशक्तिकरण मात्र नभई सामाजिक रूपान्तरण र राष्ट्रिय विकासको संवाहक भएको बताएका छन्  । महिला उद्यमी महासंघ नेपालले ललितपुरमा शुक्रबार आयोजना गरेको ‘नवौं अन्तर्राष्ट्रिय महिला उद्यमी व्यापार मेला-२०८२’ को समुद्घाटन समारोहमा उपराष्ट्रपति यादवले महिला उद्यमीहरू आत्मनिर्भर, समावेशी र दीगो समाज निर्माणतर्फको प्रेरक शक्ति भएको बताएका हुन् ।

उनले भने ‘महिलाले उद्यममार्फत आफ्नो क्षमता प्रदर्शन गर्दा परिवार, समाज र राष्ट्रको समग्र विकासमा योगदान पुग्छ ।’
उपराष्ट्रपति यादवले ‘स्वदेशी उत्पादन उपयोग गरौं, स्वदेशी उद्यमशिलतालाई प्रोत्साहन गरौं’ भन्ने मूल नारासहित आजबाट सुरु भएको यो तीन दिवसीय व्यापार मेलाले जिल्लास्तरका महिला उद्यमीलाई प्रोत्साहन गर्ने, उनीहरूको उत्पादनलाई बजारसम्म पुर्याउने र राष्ट्रिय अर्थतन्त्रलाई मजबुत बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरे  ।

‘महिला उद्यमीहरूको उत्पादनले आयात प्रतिस्थापन गर्नुका साथै निर्यातलाई प्रोत्साहन गर्दछ’ उनले भने, ‘यसले रोजगारी सिर्जना गर्ने, स्थानीय स्रोतसाधनको सदुपयोग गर्ने र आत्मनिर्भर अर्थतन्त्र निर्माणमा टेवा पुग्छ ।’ उनले नेपालमा महिला उद्यमशिलता आर्थिक गतिविधि मात्र होइन, सामाजिक रूपान्तरण र राष्ट्रिय विकासको संवाहक पनि भएको बताए । उनले भने, ‘यसले महिलालाई आत्मनिर्भर बनाउने, स्थानीय सीपलाई बजारसम्म पुर्याउने र अर्थतन्त्रलाई मजबुत पार्ने आधार तयार गर्दछ । ’

Hardik health

उपराष्ट्रपति यादवले विगतमा घरधन्दा र पारिवारिक जिम्मेवारीमा सीमित महिलाहरू पछिल्लो समय साना घरेलु उद्योगदेखि व्यावसायिक प्रतिष्ठानसम्म सक्रिय भई लैङ्गिक समानता र सामाजिक सशक्तीकरणमा योगदान पुर्याउनु सकारात्मक रहेको बताए । ‘खुद्रा व्यापार, हस्तकला, कृषि, पशुपालन, होटल–रेस्टुरेन्टजस्ता क्षेत्रमा उनीहरूको सहभागिताले रोजगारी सिर्जनामा सहयोग पुगेको छ ’ उनले भने, ‘ग्रामीण स्रोत–साधनमा आधारित मौलिक उत्पादनले नेपालको सांस्कृतिक पहिचानलाई विश्वसामु प्रस्तुत गरेको छ ।’

उपराष्ट्रपति यादवले उद्यमशिलताले महिलालाई आर्थिक गतिविधिमा सहभागी गराउँदा समाजलाई समावेशी बनाउने उल्लेख गर्दै  स्थानीय स्रोत र सीपमा आधारित उत्पादनले वातावरणमैत्री र दीगो विकासलाई पनि प्रोत्साहन गर्ने बताए । ‘सीमित पुँजीबाट सुरु गरिएका महिला उद्यमीका व्यवसायहरूले ठूलो सम्भावना देखाएका छन्, जसले ‘साना प्रयासले ठूलो परिवर्तन सम्भव छ’ भन्ने प्रेरणा दिन्छ ’ उनले भने, ‘सफल महिला उद्यमीहरू अन्य महिलाका लागि आदर्श बनेका छन्, जसले नयाँ पुस्तालाई उद्यमशीलतामा आकर्षित गर्छ ।’

उपराष्ट्रपति यादवले स्वदेशी उत्पादनलाई प्राथमिकता दिने उद्यमशिलता आत्मनिर्भर राष्ट्र निर्माणतर्फको प्रेरक कदम भएको उल्लेख गर्दै  नेपालका महिला उद्यमीहरूको योगदान हस्तकला, कृषि–पशुपालन, सेवा क्षेत्र र साना उद्योगमा उल्लेखनीय रहेको बताए । उनले भने, ‘ ढाका कपडा र हस्तनिर्मित गहनाले संस्कृतिको संरक्षणमा योगदान पुर्याएका छन्; सौन्दर्य सेवाले आधुनिक व्यवसायमा महिलाको उपस्थिति बलियो बनाएको छ; घरेलु उद्योग र हस्तनिर्मित वस्तुहरूले आयात प्रतिस्थापन र निर्यात सम्भावना बढाएका छन् । ’

उपराष्ट्रपति यादवले नेपालको संविधानले स्वदेशी उत्पादन, श्रम, सीप र स्रोतमा आधारित उद्योगलाई प्राथमिकता दिने व्यवस्था गरेको उल्लेख गर्दै यसले महिला उद्यमशिलतालाई प्रोत्साहन गर्ने संवैधानिक आधार प्रदान गरेको बताए । ‘उद्यमशीलता प्रोत्साहनका लागि राज्य, निजी क्षेत्र र नागरिक समाज सबैको सहकार्य अपरिहार्य छ ’ उनले भने, ‘ महिला उद्यमीहरूको क्षमता र योगदानलाई सम्मान गर्दै सबैले स्वदेशी उत्पादनलाई प्राथमिकता दिनुपर्छ, तब मात्र हामी आत्मनिर्भर, समृद्ध र न्यायपूर्ण समाज निर्माणतर्फ अघि बढ्न सक्छौं ।’


प्रकाशित मिति: शुक्रबार, चैत २०, २०८२  १४:४६
प्रतिक्रिया दिनुहोस्
थप समाचार
विपक्षीको अवरोधपछि संसद् बैठक स्थगित
विपक्षीको अवरोधपछि संसद् बैठक स्थगित मंगलबार, जेठ १२, २०८३
प्रधानमन्त्री सदनमा आउने तयारी गरिरहनुभएको छ, बैठकलाई कार्यसूचीमा अगाडि बढाऔँः सभामुख अर्याल
प्रधानमन्त्री सदनमा आउने तयारी गरिरहनुभएको छ, बैठकलाई कार्यसूचीमा अगाडि बढाऔँः सभामुख अर्याल मंगलबार, जेठ १२, २०८३
वास्तविक र देखिने गरी नागरिकको दैनिक जीवनस्तर उकास्न सरकार प्रतिबद्ध छः प्रधानमन्त्री शाह
वास्तविक र देखिने गरी नागरिकको दैनिक जीवनस्तर उकास्न सरकार प्रतिबद्ध छः प्रधानमन्त्री शाह मंगलबार, जेठ १२, २०८३
प्रतिनिधिसभाः विकास निर्माणका लागि समानुपातिक बजेटको माग
प्रतिनिधिसभाः विकास निर्माणका लागि समानुपातिक बजेटको माग मंगलबार, जेठ १२, २०८३
सगरमाथाको शिखरमा गाजाको सपना
सगरमाथाको शिखरमा गाजाको सपना मंगलबार, जेठ १२, २०८३
सुर्तीजन्य पदार्थमा शतप्रतिशत कर वृद्धि गर्न सरकारलाई सुझाव
सुर्तीजन्य पदार्थमा शतप्रतिशत कर वृद्धि गर्न सरकारलाई सुझाव मंगलबार, जेठ १२, २०८३
मुस्ताङका उच्चलेकमा यार्सागुम्बा संकलन
मुस्ताङका उच्चलेकमा यार्सागुम्बा संकलन मंगलबार, जेठ १२, २०८३
लोकप्रिय
  • Week
  • Month
लगातार चार दिन सार्वजनिक बिदा
लगातार चार दिन सार्वजनिक बिदा
फरवार्ड माइक्रोफाइनान्सको अध्यक्षमा पुनः भगबती चौधरी
फरवार्ड माइक्रोफाइनान्सको अध्यक्षमा पुनः भगबती चौधरी
प्रतिनिधिसभा बैठक स्थगित
प्रतिनिधिसभा बैठक स्थगित
पश्चिम एसिया द्वन्द्वले विप्रेषण आप्रवाह प्रभावितः परराष्ट्र
पश्चिम एसिया द्वन्द्वले विप्रेषण आप्रवाह प्रभावितः परराष्ट्र
 मुक्तिनाथ विकास बैंकद्वारा व्हीलचेयर हस्तान्तरण
 मुक्तिनाथ विकास बैंकद्वारा व्हीलचेयर हस्तान्तरण
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
म्यानपावरलाई तिरेको यथार्थ रकम खुलाउँदैनन् श्रमिक
म्यानपावरलाई तिरेको यथार्थ रकम खुलाउँदैनन् श्रमिक
तामाङ युवाहरूको क्षमता अभिवृद्धि प्रशिक्षण कार्यक्रम सम्पन्न
तामाङ युवाहरूको क्षमता अभिवृद्धि प्रशिक्षण कार्यक्रम सम्पन्न
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP