Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #बढघर
  • #बौद्धनाथ
  • #बागमती_प्रदेशसभा
  • #नेपाल_पर्यटन_बोर्ड
  • #सुनचाँदीकाे_मूल्य
  • #रक्षबहादुर_रैका_मगर
  • #नेपाल_मगर_संघ
  • #सिसिटिभी
  • #सपनाको_चंगा
Search Here
समाचार
  • Home
  • समाचार
  • कार्की आयोगको प्रतिवेदन चार दललाई अस्वीकार्य
कार्की आयोगको प्रतिवेदन चार दललाई अस्वीकार्य
प्रभाव संवाददाता
प्रभाव संवाददाता शुक्रबार, चैत २०, २०८२

 

२४ गतेको घटनाको अनुसन्धान गर्न समय पुगेन भन्ने कस्तो तरिका हो ? पटक-पटक समय थप्दै जाने तर अनुसन्धान गर्न समय पुगेन भन्न मिल्छ ?’
भीष्मराज आङ्देम्बे
सांसद, नेपाली कांग्रेस

काठमाडौं- भदौ २३ र २४ गते भएको जेन-जी विद्रोहसम्बन्धी घटनाको जाँचबुझ गर्न गठित गौरीबहादुर कार्की आयोगको प्रतिवेदनप्रति प्रतिनिधिसभाका चार विपक्षी दलले असहमति जनाउँदै औपचारिक रूपमा अस्वीकार गरेका छन् ।  प्रतिवेदनलाई एकपक्षीय, अधुरो र प्रतिशोधपूर्ण भन्दै नेपाली कांग्रेस, नेकपा एमाले, श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले प्रतिवेदनमाथि गम्भीर प्रश्न उठाएका हुन् ।

तथ्यहरूले देखाउँछन् कि विभिन्न शक्ति केन्द्रहरू, प्रशासनिक संयन्त्र, संस्थागत संरचना र बाह्य प्रभावहरूले घटनालाई प्रभावित गरेका थिए । तर आयोगले ती पक्षलाई बेवास्ता गर्दै चयनात्मक निष्कर्ष निकालेको छ ।’ 
रामबहादुर थापा
कार्यवाहक अध्यक्ष, एमाले

Hardik health

बिहीबार नवगठित प्रतिनिधिसभाको पहिलो बैठकमा बोल्दै नेपाली कांग्रेसका सांसद भीष्मराज आङदेम्बेले भदौ २३ को घटनाको अनुसन्धान गर्ने तर २४ को ध्वंशको अनुसन्धान नगर्ने प्रवृत्तिले सत्यलाई ढाकछोप गर्ने प्रयास भएको टिप्पणी गरे । उनले भने, ‘किन खरानी भयो संसद् भवन ? किन जल्यो सिंहदरबार ? किन ध्वस्त बनाइए राज्यका महत्वपूर्ण संरचना ? यी प्रश्नहरूको जवाफ खोज्न जरुरी छ । कसैले २३ गतेको घटना मात्रै देख्ने, कसैले २४ गतेको मात्रै देख्ने, यो प्रवृत्ति एकदम गलत छ ।’

उनले कार्की आयोगको कार्यशैलीमाथि प्रश्न उठाउँदै थपे, ‘२३ गतेको घटनामा अनुसन्धान गरेर कारबाही सिफारिस गर्ने तर २४ गतेको घटनाको अनुसन्धान गर्न समय पुगेन भन्ने कस्तो तरिका हो ? पटक-पटक समय थप्दै जाने तर अनुसन्धान गर्न समय पुगेन भन्न मिल्छ ?’  आङ्देम्बेले सरकारले आयोगको प्रतिवेदन औपचारिक रूपमा सार्वजनिक गर्नुपर्ने माग गर्दै पारदर्शिताको आवश्यकता औंल्याए । 

सरकारी भवन जलाउने कृत्य गर्ने मान्छेहरुलाई पनि कारबाहीमा ल्याउनका लागि उच्चस्तरीय छानबिन समिति गठन गर्न हामी माग गर्दछौँ ।
हर्क साम्पाङ
अध्यक्ष, श्रम संस्कति पार्टी 

सरकारले औपचारिक रूपमा कार्की आयोगको प्रतिवेदन सार्वजनिक गरेको छैन । सार्वजनिक गर्ने निर्णय भने चुनावी सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले गरेकी थिइन् । तर, जनआस्था साप्ताहिकबाट प्रतिवेदन सार्वजनिक भएपछि नैतिक दबाबमा सरकार पर्‍यो । यद्यपि, सोही प्रतिवेदनले गरेको सिफारिसका आधारमा तत्कालीन प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली र उनका सरकारका गृहमन्त्री रमेश लेखक पक्राउ परेका छन् । प्रतिवेदनलाई भने रास्वपाबाहेकका दलहरू, नागरिक समाज, बुद्धिजीवीलगायतले अस्वीकार गरेका छन् । 

यस्तोमा बसेको प्रतिनिधिसभाको पहिलो बैठकमा एकपक्षीय प्रतिवेदन भन्दै कांग्रेस सांसद आङ्देम्बेले अस्वीकार गरेका हुन् । प्रतिवेदनको निष्पक्षतामाथि प्रश्न गरे । प्रतिनिधिसभा बैठकमै बिहीबार एमालेका कार्यवाहक अध्यक्ष रामबहादुर थापाले आयोगको प्रतिवेदनलाई राजनीतिक पूर्वाग्रहबाट प्रेरित भएको आरोप लगाए । उनले भने, ‘तथ्यहरूले देखाउँछन् कि विभिन्न शक्ति केन्द्रहरू, प्रशासनिक संयन्त्र, संस्थागत संरचना र बाह्य प्रभावहरूले घटनालाई प्रभावित गरेका थिए । तर आयोगले ती पक्षलाई बेवास्ता गर्दै चयनात्मक निष्कर्ष निकालेको छ ।’ 

थापाको दल एमालेले कार्की आयोगको प्रतिवेदनलाई प्रतिशोधपूर्ण, प्रर्वाग्रहपूर्ण र अस्वीकार्य भनेको छ । सोही प्रतिवेदनका आधारमा पक्राउ परेका आफ्ना अध्यक्ष ओलीसँगै कांग्रेस नेता रमेश लेखकको रिहा माग गरेको छ । उनीहरूको पक्राउलाई प्रतिशोधपूर्ण र गैरकानुनी भन्दै सडक, सदन र अदालतबाट प्रतिवाद गर्ने घोषणा गरेको छ । 

यहीबीच बिहीबार बसेको प्रतिनिधिसभाको पहिलो बैठकमा कार्यवाहक अध्यक्ष थापाले कडा शब्दमा कार्की प्रतिवेदनको आलोचना गरे । प्रतिवेदनमा तत्कालीन शासकीय जिम्मेवारीमा रहेका ओली र लेखकले नवयुवाहरू मारिँदा पनि रोक्न कुनै पहल नगरी हेल्चेक्यार्ई र लापारबाही गरेको भन्दै मुलुकी फौजदारी संहिताको दफा १८१ र १८२ अनुसार अनुसन्धान गर्न सिफारिस गरेको उल्लेख थियो । सोही अनुसार १३ चैतको मन्त्रिपरिषद् बैठकले अनुसन्धान गर्ने निर्णय गर्‍यो र केही घण्टामै पक्राउ परे, जुन घटनाको विरोध प्रतिनिधिसभा बैठकमा भएको हो ।

यो आन्दोलनमा ७६ जनाको मृत्यु भयो, २५ सयभन्दा बढी नागरिक घाइते भए, राष्ट्रसेवक प्रहरीको घाँटी रेटीरेटी हत्या गर्ने काम भयो । यति ठूलो क्षतिमा पनि निष्पक्ष छानबिन नहुनु दुःखद हो ।
ज्ञानेन्द्र शाही 
सांसद, राप्रपा 

बैठकमा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज साम्पाङले आन्दोलनलाई योजनाबद्ध रूपमा भड्काइएको दाबी गर्दै प्रतिवेदन अपूरो रहेको बताए । उनले कार्की आयोगको प्रतिवेदन अस्वीकार गर्दै अर्कै आयोग बनाउन माग गरे । ‘ जेन-जी आन्दोलनमा डिस्कर्ड चलाएर जेन-जी बालबालिकालाई स्कुल ड्रेसमा आन्दोलनमा बोलाउने, शान्तिपूर्ण आन्दोलनलाई भड्काएर हिंसात्मक बनाउने, आन्दोलनमा अन्धाधुन्ध गोली चलाएर दमन गर्ने, २३ गतेको घटना घटाउने साथै २४ गते सिंहदरबार, संसद् भवन, सर्वोच्च अदालतजस्ता सरकारी भवन जलाउने कृत्य गर्ने मान्छेहरुलाई पनि कारबाहीमा ल्याउनका लागि उच्चस्तरीय छानबिन समिति गठन गर्न हामी माग गर्दछौँ,’ उनले माग गरे । साम्पाङले आयोगले २४ गतेको ध्वंशको अनुसन्धान गर्न नसकेको आरोप लगाए । 

यस्तै, राप्रपा सांसद ज्ञानेन्द्र शाहीले आयोगको प्रतिवेदनप्रति आशंका प्रकट गरे । उनले २४ गते प्रहरीको क्रुरतापूर्वक हत्या गरिएको घटना र घटनाको निष्पक्ष अनुसन्धान भएको बताए । प्रतिवेदनलाई अस्वीकार गर्दै उनले भने, ‘यो आन्दोलनमा ७६ जनाको मृत्यु भयो, २५ सयभन्दा बढी नागरिक घाइते भए, राष्ट्रसेवक प्रहरीको घाँटी रेटीरेटी हत्या गर्ने काम भयो । यति ठूलो क्षतिमा पनि निष्पक्ष छानबिन नहुनु दुःखद हो,’ उनले भने । उनले वास्तविक दोषी जो भए पनि कारबाही हुनुपर्ने बताए । 

कार्की आयोगको प्रतिवेदन विवादमा तानिनुको मुख्य कारण यसको निष्कर्ष र सिफारिस नै बनेको छ । आयोगले भदौ २३ गतेको घटनामा संलग्न रहेको भन्दै तत्कालीन प्रधानमन्त्री तथा एमाले अध्यक्ष ओली र उनका सरकारका गृहमन्त्री लेखकलाई दोषी ठहर गर्दै कारबाही सिफारिस गरेको छ । तर, भदौ २४ गते सिंहदरबार, संसद् भवन र सर्वोच्च अदालतजस्ता महत्वपूर्ण सरकारी संरचनामा भएको आगजनी तथा तोडफोडमा संलग्न व्यक्तिहरूबारे स्पष्ट अनुसन्धान र कारबाही सिफारिस नगरेपछि प्रतिवेदनप्रति व्यापक असन्तुष्टि देखिएको हो ।

एमालेले प्रतिशोध भएको प्रतिवेदन भन्दा कांग्रेसले ‘चयनात्मक न्याय’ भन्दै स्वीकार्य नहुने जनाएका छन् । एक पक्षलाई मात्र दोषी देखाएर अर्कोे पक्षलाई उन्मुक्ति दिँदा न्यायिक प्रक्रियाको विश्वसनीयतामाथि प्रश्न उठ्ने बताएका छन् । विशेषतः २४ गतेको घटनामा राज्यका महत्वपूर्ण संरचना ध्वस्त पारिएको विषयलाई बेवास्ता गर्नु गम्भीर कमजोरी भएको दलहरूको ठहर छ ।
 


प्रकाशित मिति: शुक्रबार, चैत २०, २०८२  ११:३२
प्रतिक्रिया दिनुहोस्
थप समाचार
प्रधानमन्त्री सदनमा आउने तयारी गरिरहनुभएको छ, बैठकलाई कार्यसूचीमा अगाडि बढाऔँः सभामुख अर्याल
प्रधानमन्त्री सदनमा आउने तयारी गरिरहनुभएको छ, बैठकलाई कार्यसूचीमा अगाडि बढाऔँः सभामुख अर्याल मंगलबार, जेठ १२, २०८३
वास्तविक र देखिने गरी नागरिकको दैनिक जीवनस्तर उकास्न सरकार प्रतिबद्ध छः प्रधानमन्त्री शाह
वास्तविक र देखिने गरी नागरिकको दैनिक जीवनस्तर उकास्न सरकार प्रतिबद्ध छः प्रधानमन्त्री शाह मंगलबार, जेठ १२, २०८३
प्रतिनिधिसभाः विकास निर्माणका लागि समानुपातिक बजेटको माग
प्रतिनिधिसभाः विकास निर्माणका लागि समानुपातिक बजेटको माग मंगलबार, जेठ १२, २०८३
सगरमाथाको शिखरमा गाजाको सपना
सगरमाथाको शिखरमा गाजाको सपना मंगलबार, जेठ १२, २०८३
सुर्तीजन्य पदार्थमा शतप्रतिशत कर वृद्धि गर्न सरकारलाई सुझाव
सुर्तीजन्य पदार्थमा शतप्रतिशत कर वृद्धि गर्न सरकारलाई सुझाव मंगलबार, जेठ १२, २०८३
मुस्ताङका उच्चलेकमा यार्सागुम्बा संकलन
मुस्ताङका उच्चलेकमा यार्सागुम्बा संकलन मंगलबार, जेठ १२, २०८३
विश्वका पशुपालक महिलाहरुको अन्तरराष्ट्रिय सम्मेलन नेपालमा
विश्वका पशुपालक महिलाहरुको अन्तरराष्ट्रिय सम्मेलन नेपालमा मंगलबार, जेठ १२, २०८३
लोकप्रिय
  • Week
  • Month
लगातार चार दिन सार्वजनिक बिदा
लगातार चार दिन सार्वजनिक बिदा
फरवार्ड माइक्रोफाइनान्सको अध्यक्षमा पुनः भगबती चौधरी
फरवार्ड माइक्रोफाइनान्सको अध्यक्षमा पुनः भगबती चौधरी
प्रतिनिधिसभा बैठक स्थगित
प्रतिनिधिसभा बैठक स्थगित
पश्चिम एसिया द्वन्द्वले विप्रेषण आप्रवाह प्रभावितः परराष्ट्र
पश्चिम एसिया द्वन्द्वले विप्रेषण आप्रवाह प्रभावितः परराष्ट्र
 मुक्तिनाथ विकास बैंकद्वारा व्हीलचेयर हस्तान्तरण
 मुक्तिनाथ विकास बैंकद्वारा व्हीलचेयर हस्तान्तरण
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
म्यानपावरलाई तिरेको यथार्थ रकम खुलाउँदैनन् श्रमिक
म्यानपावरलाई तिरेको यथार्थ रकम खुलाउँदैनन् श्रमिक
तामाङ युवाहरूको क्षमता अभिवृद्धि प्रशिक्षण कार्यक्रम सम्पन्न
तामाङ युवाहरूको क्षमता अभिवृद्धि प्रशिक्षण कार्यक्रम सम्पन्न
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP