Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #बढघर
  • #बौद्धनाथ
  • #बागमती_प्रदेशसभा
  • #नेपाल_पर्यटन_बोर्ड
  • #सपनाको_चंगा
  • #सुनचाँदीकाे_मूल्य
  • #रक्षबहादुर_रैका_मगर
  • #नेपाल_मगर_संघ
  • #सिसिटिभी
Search Here
समाचार
  • Home
  • समाचार
  • तेस्रो राष्ट्रिय ‘हर्टिकल्चर एक्स्पो’ सुरु
तेस्रो राष्ट्रिय ‘हर्टिकल्चर एक्स्पो’ सुरु
प्रभाव संवाददाता
प्रभाव संवाददाता बिहीबार, चैत १९, २०८२

काठमाडौं- यहाँ भृकुटिमण्डपमा आजदेखि तेस्रो ‘नेशनल हर्टिकल्चर एक्स्पो-२०८२’ सुरु भएको छ । नर्सरी व्यवसायको प्रवर्द्धन, कृषि उद्यमशीलताको विकास तथा रोजगारी सिर्जना गर्ने उद्देश्यसहित ‘एक्स्पो’ आयोजना गरिएको हो । 

नर्सरी व्यवसायी सङ्घ नेपालको आयोजनामा सुरु भएको मेला पाँच दिनसम्म सञ्चालन हुनेछ । मेलाले स्वदेशी उत्पादनको प्रवद्र्धन र बजार विस्तारमा टेवा पुग्ने अपेक्षा गरिएको छ ।  मेलाको उद्घाटन गर्दै बागमती प्रदेशका कृषि तथा पशुपन्छी विकासमन्त्री मधुसुदन पौडेलले पुष्प व्यवसायमा युवालाई आकर्षित गर्न लक्षित कार्यक्रमलाई प्राथमिकता दिइने बताए । उनले मल, बीउ, तालिमको अभाव तथा नर्सरी व्यवसाय सञ्चालनका लागि पर्याप्त जग्गा नहुँदा व्यवसायी समस्या भोग्नुपरेको उल्लेख गरे ।

“यी समस्या समाधानका लागि हामीले केन्द्रीय सरकारको ध्यानाकर्षण गराएका छौँ”, मन्त्री पौडेलले भने, “तीनै तहका सरकारबीच समन्वय र सहकार्य भएमा यस्ता चुनौती समाधान गर्न सकिन्छ ।” सङ्घका अध्यक्ष रामजीप्रसाद तिमल्सेनाले नर्सरी व्यवसायलाई देशव्यापी रूपमा विस्तार गर्नुपर्नेमा जोड दिँदै यसको सम्भावनाको अध्ययन र प्रवर्द्धनका लागि आवश्यक बजेट व्यवस्था गर्न सरकारसँग आग्रह गरे । उनका अनुसार मेलामा देशभरका सात सयभन्दा बढी प्रजातिका बिरुवाहरू-फूल, फलफूल, कृषि वन तथा जडीबुटी नर्सरीका उत्पादन-प्रदर्शनी तथा बिक्रीका लागि राखिएका छन् । 

Hardik health

सङ्घका मेला संयोजक रविनकुमार गौतमले नर्सरी क्षेत्रको वर्तमान अवस्थाबारे प्रस्तुत गरिएको तथ्याङ्कअनुसार देशभर तीन हजारभन्दा बढी नर्सरी व्यवसाय सञ्चालनमा रहेको जानकारी दिए । “यस क्षेत्रमा  ११ अर्ब रुपैयाँभन्दा बढी लगानी रहेको छ । वार्षिक  छ अर्ब रुपैयाँभन्दा बढी कारोबार हुने गरेको छ”, उनले भने, “प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा करिब एक लाख २० हजारले रोजगारी पाएका छन् ।”

मेलाको सह-आयोजकमा पुष्प विकास केन्द्र, वनस्पती विभाग, कृषि तथा पशुपंक्षी विकास मन्त्रालय, कृषि विभाग, पुल्चोक, राष्ट्रिय फलफूल विकास केन्द्र किर्तिपुर, कृषि तथा पशुपंक्षी विकास मन्त्रालय बागमती प्रदेश रहेका छन् । मेलाको सहयोगीमा एजिए एग्रो, कुमारी फ्लोरा फार्म, गौतम नर्सरी, फ्लोरिकल्चर सहकारि संस्था र ग्रिस्मा नर्सरी साथै मेलास्थल सजावटको लागि उदय गार्डेन सेन्टर प्रालि र एभरेष्ट फ्लोरिकल्चर एण्ड भेजिटेबल फार्म रहेका छन् ।
 


प्रकाशित मिति: बिहीबार, चैत १९, २०८२  १६:५०
प्रतिक्रिया दिनुहोस्
थप समाचार
दुई जनाको मृत्यु
दुई जनाको मृत्यु मंगलबार, जेठ १२, २०८३
गण्डकी प्रदेशसभामा विनियोजन विधेयक प्रस्तुत
गण्डकी प्रदेशसभामा विनियोजन विधेयक प्रस्तुत मंगलबार, जेठ १२, २०८३
महालेखापरीक्षकको प्रतिवेदनः उनन्चास वटा झोलुंगे  पुल अलपत्र
महालेखापरीक्षकको प्रतिवेदनः उनन्चास वटा झोलुंगे पुल अलपत्र मंगलबार, जेठ १२, २०८३
विपक्षीको अवरोधपछि संसद् बैठक स्थगित
विपक्षीको अवरोधपछि संसद् बैठक स्थगित मंगलबार, जेठ १२, २०८३
प्रधानमन्त्री सदनमा आउने तयारी गरिरहनुभएको छ, बैठकलाई कार्यसूचीमा अगाडि बढाऔँः सभामुख अर्याल
प्रधानमन्त्री सदनमा आउने तयारी गरिरहनुभएको छ, बैठकलाई कार्यसूचीमा अगाडि बढाऔँः सभामुख अर्याल मंगलबार, जेठ १२, २०८३
वास्तविक र देखिने गरी नागरिकको दैनिक जीवनस्तर उकास्न सरकार प्रतिबद्ध छः प्रधानमन्त्री शाह
वास्तविक र देखिने गरी नागरिकको दैनिक जीवनस्तर उकास्न सरकार प्रतिबद्ध छः प्रधानमन्त्री शाह मंगलबार, जेठ १२, २०८३
प्रतिनिधिसभाः विकास निर्माणका लागि समानुपातिक बजेटको माग
प्रतिनिधिसभाः विकास निर्माणका लागि समानुपातिक बजेटको माग मंगलबार, जेठ १२, २०८३
लोकप्रिय
  • Week
  • Month
लगातार चार दिन सार्वजनिक बिदा
लगातार चार दिन सार्वजनिक बिदा
फरवार्ड माइक्रोफाइनान्सको अध्यक्षमा पुनः भगबती चौधरी
फरवार्ड माइक्रोफाइनान्सको अध्यक्षमा पुनः भगबती चौधरी
प्रतिनिधिसभा बैठक स्थगित
प्रतिनिधिसभा बैठक स्थगित
 मुक्तिनाथ विकास बैंकद्वारा व्हीलचेयर हस्तान्तरण
 मुक्तिनाथ विकास बैंकद्वारा व्हीलचेयर हस्तान्तरण
पश्चिम एसिया द्वन्द्वले विप्रेषण आप्रवाह प्रभावितः परराष्ट्र
पश्चिम एसिया द्वन्द्वले विप्रेषण आप्रवाह प्रभावितः परराष्ट्र
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
म्यानपावरलाई तिरेको यथार्थ रकम खुलाउँदैनन् श्रमिक
म्यानपावरलाई तिरेको यथार्थ रकम खुलाउँदैनन् श्रमिक
तामाङ युवाहरूको क्षमता अभिवृद्धि प्रशिक्षण कार्यक्रम सम्पन्न
तामाङ युवाहरूको क्षमता अभिवृद्धि प्रशिक्षण कार्यक्रम सम्पन्न
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP