Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #बढघर
  • #बौद्धनाथ
  • #बागमती_प्रदेशसभा
  • #नेपाल_पर्यटन_बोर्ड
  • #सपनाको_चंगा
  • #सुनचाँदीकाे_मूल्य
  • #रक्षबहादुर_रैका_मगर
  • #नेपाल_मगर_संघ
  • #सिसिटिभी
Search Here
समाचार
  • Home
  • समाचार
  • राष्ट्रियसभाको २०औँ अधिवेशन सुरु
राष्ट्रियसभाको २०औँ अधिवेशन सुरु
प्रभाव संवाददाता
प्रभाव संवाददाता बिहीबार, चैत १९, २०८२

काठमाडौं- सङ्घीय संसद्अन्तर्गतको राष्ट्रियसभाको २०औँ अधिवेशन सुरु भएको छ । अधिवेशनको उदघाटनका अवसरमा सभाका अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रियसभाले परिपक्व, संयमित र समन्वयकारी सदनका रूपमा आफ्नो पहिचान स्थापित गर्न सफल भएको उल्लेख गर्दै यसलाई आगामी दिनमा पनि कायम राख्ने विश्वास व्यक्त गरे  ।

अध्यक्ष दाहालले राष्ट्रियसभा स्थायी सदन भएकाले प्रत्येक दुई वर्षमा एकतिहाइ सदस्यको पद रिक्त हुने संवैधानिक व्यवस्था अनुसार हालै १९ जना सदस्यलाई बिदाइ र १८ जना नयाँ सदस्यलाई स्वागत गरिएको जनाउँदै नवनिर्वाचित सदस्यको सहभागिताले संसद्को काम अझ समृद्ध र प्रभावकारी हुने विश्वास व्यक्त गरे  ।

गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनबाट नयाँ जनादेश प्राप्त भएको उल्लेख गर्दै उनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई एकल बहुमत प्राप्त भएको र वालेन्द्र शाह नेतृत्वमा सरकार गठन भएको सन्दर्भमा संसद्को भूमिका अझ जिम्मेवार बनेको धारणा राखे । लोकतान्त्रिक व्यवस्थामा जनादेश सर्वोपरि हुने उल्लेख गर्दै उनले सरकारलाई सुशासन, पारदर्शिता, जवाफदेहिता र प्रभावकारी सेवा प्रवाहतर्फ मार्गदर्शन गर्नु संसद् र सांसदको कर्तव्य भएको स्पष्ट पारे ।

Hardik health

अध्यक्ष दाहालले राष्ट्रियसभा र प्रतिनिधिसभाबीचको सहकार्यलाई लोकतान्त्रिक अभ्यासको आधारस्तम्भका रूपमा व्याख्या गर्दै दुई सदनबीच समन्वय र सहकार्य सुदृढ हुनुपर्नेमा जोड दिए । उनले राष्ट्रियसभालाई सङ्घीय संरचनाको सन्तुलन र दीर्घकालीन दृष्टिकोणको प्रतिनिधिसंस्थाका रूपमा व्याख्या गरिएको उल्लेख गरे ।

बानेश्वरस्थित सङ्घीय संसद् भवनमा भएको क्षति र सिंहदरबारमा निर्माणाधीन नयाँ भवन हालसम्म सम्पन्न नभएकाले हालको अधिवेशन पनि पुरानै भवनबाट सञ्चालन गर्नुपर्ने बाध्यता रहेको अध्यक्ष दाहालले जानकारी दिए । उनले निर्माणाधीन उक्त नयाँ भवन यथाशीघ्र सम्पन्न भई आधुनिक प्रविधिसहित संसद् सञ्चालन हुने अपेक्षा व्यक्त गरे ।

नवनिर्वाचित सदस्यहरूका लागि अभिमुखीकरण कार्यक्रम सञ्चालन गर्ने तयारी भइरहेको जानकारी दिँदै अध्यक्ष दाहालले यसले संसदीय अभ्यासलाई अझ व्यवस्थित बनाउने विश्वास व्यक्त गरे । आगामी दिनमा विधेयक, नीतिगत विषय तथा राष्ट्रिय सरोकारका मुद्दामा सदस्यहरूको सक्रिय, रचनात्मक र उत्तरदायी सहभागिता रहने उनले विश्वास व्यक्त गरे ।

लोकतन्त्रको सुन्दर पक्ष स्वस्थ बहस, विचारको विविधता र सहमतिमा आधारित संस्कृतिमा निहित हुने रहेको उल्लेख गर्दै अध्यक्ष दाहालले संसद्भित्र गरिमामय र तथ्यपरक बहस आवश्यक रहेकामा जोड दिए । उनले राष्ट्रिय हितलाई सर्वोपरि राख्दै राजनीतिक मतभेदभन्दा माथि उठेर काम गर्न सबै सदस्यलाई आह्वान गरे ।

आजको बैठकमा अध्यक्ष दाहालले अधिवेशन आह्वानसम्बन्धी राष्ट्रपतिबाट प्राप्त बेहोराको जानकारी गराएका थिए । आजको बैठकमा राष्ट्रियसभाका उपाध्यक्ष र राष्ट्रियसभाका विषयगत समितिका रिक्त सभापति पदको निर्वाचनका लागि मिति तोक्ने कार्यसूची रहेको छ ।
 


प्रकाशित मिति: बिहीबार, चैत १९, २०८२  १४:५५
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नेपाल राष्ट्र बैंक ऐन संशोधन विधेयक संसद्मा दर्ता
नेपाल राष्ट्र बैंक ऐन संशोधन विधेयक संसद्मा दर्ता मंगलबार, जेठ १२, २०८३
बजेटमा उत्पादन, रोजगारी र पर्यटन क्षेत्रलाई प्राथमिकता दिन्छौँ : मुख्यमन्त्री कार्की
बजेटमा उत्पादन, रोजगारी र पर्यटन क्षेत्रलाई प्राथमिकता दिन्छौँ : मुख्यमन्त्री कार्की मंगलबार, जेठ १२, २०८३
तीन जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर
तीन जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर मंगलबार, जेठ १२, २०८३
कुटपिटबाट महिलाको निधन
कुटपिटबाट महिलाको निधन मंगलबार, जेठ १२, २०८३
गण्डकी प्रदेशसभामा विनियोजन विधेयक प्रस्तुत
गण्डकी प्रदेशसभामा विनियोजन विधेयक प्रस्तुत मंगलबार, जेठ १२, २०८३
महालेखापरीक्षकको प्रतिवेदनः  अलपत्र  झोलुंगे  पुल ४९ वटा
महालेखापरीक्षकको प्रतिवेदनः अलपत्र झोलुंगे पुल ४९ वटा मंगलबार, जेठ १२, २०८३
विपक्षीको अवरोधपछि संसद् बैठक स्थगित
विपक्षीको अवरोधपछि संसद् बैठक स्थगित मंगलबार, जेठ १२, २०८३
लोकप्रिय
  • Week
  • Month
लगातार चार दिन सार्वजनिक बिदा
लगातार चार दिन सार्वजनिक बिदा
फरवार्ड माइक्रोफाइनान्सको अध्यक्षमा पुनः भगबती चौधरी
फरवार्ड माइक्रोफाइनान्सको अध्यक्षमा पुनः भगबती चौधरी
प्रतिनिधिसभा बैठक स्थगित
प्रतिनिधिसभा बैठक स्थगित
 मुक्तिनाथ विकास बैंकद्वारा व्हीलचेयर हस्तान्तरण
 मुक्तिनाथ विकास बैंकद्वारा व्हीलचेयर हस्तान्तरण
पश्चिम एसिया द्वन्द्वले विप्रेषण आप्रवाह प्रभावितः परराष्ट्र
पश्चिम एसिया द्वन्द्वले विप्रेषण आप्रवाह प्रभावितः परराष्ट्र
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
म्यानपावरलाई तिरेको यथार्थ रकम खुलाउँदैनन् श्रमिक
म्यानपावरलाई तिरेको यथार्थ रकम खुलाउँदैनन् श्रमिक
तामाङ युवाहरूको क्षमता अभिवृद्धि प्रशिक्षण कार्यक्रम सम्पन्न
तामाङ युवाहरूको क्षमता अभिवृद्धि प्रशिक्षण कार्यक्रम सम्पन्न
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP