Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #बढघर
  • #बौद्धनाथ
  • #बागमती_प्रदेशसभा
  • #नेपाल_पर्यटन_बोर्ड
  • #सपनाको_चंगा
  • #सुनचाँदीकाे_मूल्य
  • #रक्षबहादुर_रैका_मगर
  • #नेपाल_मगर_संघ
  • #सिसिटिभी
Search Here
समाचार
  • Home
  • समाचार
  • न्यूयोर्कको प्रसिद्ध थिएटरमा नेपाली नाटक  'साबिती' मञ्चन
न्यूयोर्कको प्रसिद्ध थिएटरमा नेपाली नाटक  'साबिती' मञ्चन
प्रभाव संवाददाता
प्रभाव संवाददाता बिहीबार, चैत १९, २०८२

ठमाडौं  -  नेपाली साहित्यकार जगदीश घिमिरेको उपन्यास साबितिमा आधारित नाटक 'साबिति :NOT Guilty न्यूयोर्कस्थित “द ट्यांक” थिएटरमा मञ्चन हुने भएको छ। बिमल सुवेदीको लेखन तथा निर्देर्शनमा तयार भएको नाटकमा बलिउड चलचित्र 'लुटेरा'की अभिनेत्री स्वच्छता गुहाले शीर्ष भूमिका निर्वाह गर्ने छिन् । 
नाटकमा नेपाली मूलका अमेरिकी कलाकार नवल राई  एवं दर्जनभन्दा बढी  हलिउड चलचित्रमा काम गरिसकेका प्रसिद्ध अमेरिकी कलाकार जड मेयर्सले पनि अभिनय गर्दैछन् । सुवेदीलाई निर्देशनमा राज खत्रीले सहयोग गरिरहेका छन् भने कास्टिङ निर्देशन आयुषा क्षेत्री सञ्जेलले गरेकी छिन् ।

नेपाल र भारतमा बारम्बार मञ्चन भएको नाटकलाई  न्यूयोर्कको सन्दर्भ र त्यहाँका दर्शकलाई लक्षित गरी पुनर्लेखन तथा रूपान्तरण गरिएको छ । मूल उपन्यासले एक विपन्न पुरुष पात्रमार्फत कथा प्रस्तुत गरे पनि, नाट्य रूपान्तरणले त्यसको मूल सारलाई ग्रहण गर्दै महिला  पात्रमार्फत नयाँ दृष्टिकोण सिर्जना गरेको छ।

नाटकले महिला आवाज र सशक्तिकरणलाई अघि बढाउँदै सामाजिक रूपमा निर्माण गरिएका संस्थाहरूलाई आलोचनात्मक रूपमा प्रश्न गर्छ । भारतको नेसनल स्कुल अफ ड्रामाबाट डिजाइन र निर्देशनमा स्नातक  रंगकर्मी बिमल सुवेदीले नेपाली-अमेरिकी समुदायका अगुवा अमित प्रताप शाहको आपन फाउन्डेसन र द ट्यांक थिएटरसँगको सहकार्यमा नाटक गर्न लागेका हुन् ।  

Hardik health

न्यूयोर्कस्थित नेपाली महावाणिज्य दूतावासले पनि यसलाई सांस्कृतिक कूटनीतिका रूपमा प्रवर्द्धन गर्दै आएको छ। बिमल सुवेदीका अनुसार साबितीलाई न्यूयोर्कको प्रतिष्ठित थिएटर कम्पनी द ट्यांकले अन्य अमेरिकी नाटकहरू जस्तै नियमित रूपमा मञ्चन गर्दैछ। न्यूयोर्क सहरको मुटुमा अवस्थित यो थिएटरमा मञ्चनको पालो पाउन करिब सात महिनासम्म कुर्नु पर्ने हुन्छ। तर द ट्यांक थिएटरकी निर्देशक मेगन फिनले ४६औँ ब्याट्री डान्स थिएटर फेस्टिभलमा बिमलको काम देखेपछि चाँडै मञ्चनको चाँजो मिलाएकी हुन् ।

 यो सम्भव गराउनमा ब्याट्री डान्स कम्पनीका संस्थापक जोनाथन होल्यान्डरको भूमिका रहेको बिमलको भनाइ छ । अन्तर्राष्ट्रिय रूपमा चर्चित कलाकार तथा ब्याट्री डान्स कम्पनीका संस्थापक जोनाथनले भने  - “फेस्टिभलका क्रममा बिमलसँग काम गर्दा म निकै प्रभावित भएँ । अमेरिकी दर्शकले पनि उनको सिर्जना अनुभव गर्नुपर्छ भन्ने लाग्यो। आजको जटिल विश्व सन्दर्भमा यो नाटक नेपाल रअमेरिकाबीचको सांस्कृतिक कूटनीतिको नयाँ सुरुवात हो।”

विगत दुई वर्षदेखि अमेरिकामा सक्रिय रहेका बिमलले  गत वर्ष अफ–ब्रडवे शैलीको म्युजिकल नाटक Hitler Is Coming मञ्चन गरेका थिए जसमा नेपाली अभिनेत्री वर्षा राउतले अभिनय गरेकी थिइन् । तर यो पटक बिमलको प्रयासले नेपाली रंगमञ्चको इतिहासमा नयाँ र गौरवपूर्ण अध्याय थपेको न्यूयोर्कस्थित नेपाली महावाणिज्यदूत दधिराम भण्डारी बताउँछन् । उनका अनुसार,“जगदीश घिमिरेको कथामा आधारित नेपाली नाटकलाई मुख्यधारको थिएटरले स्थान दिनु ऐतिहासिक उपलब्धि हो। यसले हाम्रो सम्भावनालाई विश्वमञ्चमा प्रस्तुत गर्दै नेपाल र अमेरिकाबीचको सम्बन्धलाईअझ सुदृढ बनाउनेछ।”

बिमल स्वयं पनि यो ‌ऐतिहासिक सुरुवातका लागि उत्साहित छन् । पहिला त अमेरिकामा नाटक गर्नु नै ठूलो उपलब्धि हो अझ नाटक न्युयोर्कको मुटुमा अवस्थित थिएटरमा हुनु  नेपाली रङ्गमञ्चका लागि नै गौरवको क्षण हो । तर बिमल नाटकको मञ्चन अमेरिकीसँगै नेपाली दर्शकसँग जोड्ने कडीको रुपमा ठोस सुरुवात हुने विश्वासमा छन् । उनी भन्छन्, “न्यूयोर्कमा धेरै नेपाली विद्यार्थी छन्, तर यहाँको रंगमञ्चले अहिलेसम्म नेपाली नाटकलाई पूर्ण रूपमा अंगालेको छैन। यदि यो नाटक सफल भयो भने त्यो अवस्था परिवर्तन हुन सक्छ।” 

बिमलका अनुसार नाटक दुई चरणमा गरी मञ्चन हुनेछ । पहिलो चरण अन्तर्गत नाटक अप्रिल २६ देखि सुरु भएर एक हप्तासम्म चल्नेछ भने त्यसपछि मे महिनामा पुनः प्रदर्शन गरिनेछ । यसपछि नाटक अन्य राज्यहरूमा पनि मञ्चन गर्ने योजना रहेको छ। यसैबीच, बिमल सुबेदीको निर्देशनमा अमेरिकामा निर्माण भएको चलचित्र ‘हिउँको गीत’ पनि यस वर्षको अन्त्यसम्म नेपाली दर्शकमाझ तथा विश्व बजारमा प्रदर्शन हुने तयारीमा रहेको छ ।
 


प्रकाशित मिति: बिहीबार, चैत १९, २०८२  ११:५७
प्रतिक्रिया दिनुहोस्
थप समाचार
कुटपिटबाट  दुई जना महिलाको मृत्यु
कुटपिटबाट दुई जना महिलाको मृत्यु मंगलबार, जेठ १२, २०८३
गण्डकी प्रदेशसभामा विनियोजन विधेयक प्रस्तुत
गण्डकी प्रदेशसभामा विनियोजन विधेयक प्रस्तुत मंगलबार, जेठ १२, २०८३
महालेखापरीक्षकको प्रतिवेदनः  अलपत्र  झोलुंगे  पुल ४९ वटा
महालेखापरीक्षकको प्रतिवेदनः अलपत्र झोलुंगे पुल ४९ वटा मंगलबार, जेठ १२, २०८३
विपक्षीको अवरोधपछि संसद् बैठक स्थगित
विपक्षीको अवरोधपछि संसद् बैठक स्थगित मंगलबार, जेठ १२, २०८३
प्रधानमन्त्री सदनमा आउने तयारी गरिरहनुभएको छ, बैठकलाई कार्यसूचीमा अगाडि बढाऔँः सभामुख अर्याल
प्रधानमन्त्री सदनमा आउने तयारी गरिरहनुभएको छ, बैठकलाई कार्यसूचीमा अगाडि बढाऔँः सभामुख अर्याल मंगलबार, जेठ १२, २०८३
वास्तविक र देखिने गरी नागरिकको दैनिक जीवनस्तर उकास्न सरकार प्रतिबद्ध छः प्रधानमन्त्री शाह
वास्तविक र देखिने गरी नागरिकको दैनिक जीवनस्तर उकास्न सरकार प्रतिबद्ध छः प्रधानमन्त्री शाह मंगलबार, जेठ १२, २०८३
प्रतिनिधिसभाः विकास निर्माणका लागि समानुपातिक बजेटको माग
प्रतिनिधिसभाः विकास निर्माणका लागि समानुपातिक बजेटको माग मंगलबार, जेठ १२, २०८३
लोकप्रिय
  • Week
  • Month
लगातार चार दिन सार्वजनिक बिदा
लगातार चार दिन सार्वजनिक बिदा
फरवार्ड माइक्रोफाइनान्सको अध्यक्षमा पुनः भगबती चौधरी
फरवार्ड माइक्रोफाइनान्सको अध्यक्षमा पुनः भगबती चौधरी
प्रतिनिधिसभा बैठक स्थगित
प्रतिनिधिसभा बैठक स्थगित
 मुक्तिनाथ विकास बैंकद्वारा व्हीलचेयर हस्तान्तरण
 मुक्तिनाथ विकास बैंकद्वारा व्हीलचेयर हस्तान्तरण
पश्चिम एसिया द्वन्द्वले विप्रेषण आप्रवाह प्रभावितः परराष्ट्र
पश्चिम एसिया द्वन्द्वले विप्रेषण आप्रवाह प्रभावितः परराष्ट्र
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
म्यानपावरलाई तिरेको यथार्थ रकम खुलाउँदैनन् श्रमिक
म्यानपावरलाई तिरेको यथार्थ रकम खुलाउँदैनन् श्रमिक
तामाङ युवाहरूको क्षमता अभिवृद्धि प्रशिक्षण कार्यक्रम सम्पन्न
तामाङ युवाहरूको क्षमता अभिवृद्धि प्रशिक्षण कार्यक्रम सम्पन्न
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP