Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #बढघर
  • #बौद्धनाथ
  • #बागमती_प्रदेशसभा
  • #नेपाल_पर्यटन_बोर्ड
  • #सपनाको_चंगा
  • #सुनचाँदीकाे_मूल्य
  • #रक्षबहादुर_रैका_मगर
  • #नेपाल_मगर_संघ
  • #सिसिटिभी
Search Here
समाचार
  • Home
  • समाचार
  • ओली-लेखक पक्राउको वैधानिकता परीक्षण सर्वोच्चमा
ओली-लेखक पक्राउको वैधानिकता परीक्षण सर्वोच्चमा
जेबी याेञ्‍जन
जेबी याेञ्‍जन आइतबार, चैत १५, २०८२

 

सामान्य अवस्थामा अदालतको अनुमति नलिई कसैलाई पक्राउ गर्न पाइँदैन । यहाँ अदालतको अनुमति लिइएको देखिँदैन । 
टीकाराम भट्टराई 
वरिष्ठ अधिवक्ताबाही अघि बढाउन थप अनु

काठमाडौं- नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकको पक्राउसँगै यसको कानुनी प्रक्रिया र विधिसम्मततामाथि गम्भीर बहस सुरु भएको छ । बालेन्द्र शाह नेतृत्वको मन्त्रिपरिषद्ले गौरीबहादुर कार्की नेतृत्वको आयोगले बुझाएको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गरेको २४ घण्टा नबित्दै ओली र लेखकलाई पक्राउ गरेपछि उक्त कदम कति कानुनी र प्रक्रियासम्मत छ भन्ने विषयले न्यायिक परीक्षणको चरणमा प्रवेश गर्ने देखिएको छ ।

सरकारले गत भदौ २३ र २४ मा भएको जेन-जी आन्दोलनका घटनाबारेको जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गरेपछि प्रहरीले मुलुकी फौजदारी कार्यविधि संहिताअनुसार ‘जरुरी पक्राउ पुर्जी’ जारी गर्दै शनिबार बिहानै ओली र लेखकलाई पक्राउ गरेको हो । तर, यही प्रक्रियालाई लिएर कानुन व्यवसायीहरूबीच मतभेद देखिएको छ ।

Hardik health

कानुनी कारसन्धान आवश्यक हुन्छ । त्यस आधारमा पक्राउ गर्दा कानुनी प्रश्न उठ्दैन । तर जुन हतारोमा पक्राउ गरेको देखियो, त्यसले प्रतिशोध झल्काउँछ ।
रामप्रसाद श्रेष्ठ
वरिष्ठ अधिवक्ता

वरिष्ठ अधिवक्ता टीकाराम भट्टराईले पक्राउ प्रक्रियामा गम्भीर कानुनी त्रुटि भएको दाबी गरेका छन् । ‘सामान्य अवस्थामा अदालतको अनुमति नलिई कसैलाई पक्राउ गर्न पाइँदैन । यहाँ अदालतको अनुमति लिइएको देखिँदैन,’ उनले प्रभावसँग भने, ‘जरुरी पक्राउ पुर्जी त्यतिखेर मात्रै प्रयोग गर्न मिल्छ, जतिखेर अभियुक्त भाग्ने वा प्रमाण नष्ट गर्ने सम्भावना हुन्छ । ओलीको हकमा त्यस्तो अवस्था देखिँदैन ।’

उनका अनुसार दोस्रो महŒवपूर्ण प्रश्न जाँचबुझ आयोगको प्रतिवेदनकै वैधानिकतासँग जोडिएको छ । उनले भने, ‘जुन प्रतिवेदन औपचारिकरूपमा सार्वजनिक नै भएको छैन, त्यसलाई आधार बनाएर पक्राउ गर्नु पारदर्शी र निष्पक्ष मान्न सकिँदैन ।’m त्यसैगरी, उनले प्रतिवेदनमा ओलीको प्रत्यक्ष संलग्नता स्पष्टरूपमा स्थापित नभएको तर्क पनि अघि सारे । ‘प्रतिवेदनले आदेश दिएको वा घटनास्थलमा उपस्थित रहेको ठहर गरेको छैन । यस्तो अवस्थामा लगाइएको दफा नै आकर्षित हुने अवस्था देखिँदैन,’ उनी भन्छन् । 
ओली प्रधानमन्त्री हुँदा उनका कानुनी सल्लाहकारको रूपमा रहेका पूर्वमहान्यायाधिवक्ता रमेश बडालले पनि सरकारको निर्णयमाथि कानुनी प्रश्न उठाएका छन् । उनले सरासर प्रतिशोधको सन्देश जानेगरी सरकारले ओलीको पक्राउ गरेको टिप्पणी गरे । उनले कार्की आयोगको अनुसन्धानको एकपक्षीय भएको पनि दाबी गरे । ‘केही व्यक्तिलाई तत्काल कारबाही गर्ने र केहीका लागि अध्ययन समिति बनाउने निर्णयले अनुसन्धान निष्पक्ष देखिँदैन,’ उनले भने, ‘यसले प्रतिशोधको सन्देश दिन्छ ।’

यता, केही कानुनविद्हरू भने सरकारले अनुसन्धानका लागि आवश्यक प्रक्रिया अघि बढाएको तर्क गर्छन् । वरिष्ठ अधिवक्ता रामप्रसाद श्रेष्ठले जाँचबुझ प्रतिवेदन र प्रारम्भिक प्रमाणका आधारमा अनुसन्धान सुरु गर्न मिल्ने बताउँछन् । तर, उनले सरकार अनावश्यक हतारोमा देखिएको भन्दै त्यसले प्रतिशोध साँधेको अर्थ लाग्ने बताए ।  ‘कानुनी कारबाही अघि बढाउन थप अनुसन्धान आवश्यक हुन्छ । त्यस आधारमा पक्राउ गर्दा कानुनी प्रश्न उठ्दैन । जुन हतारोमा पक्राउ गरेको देखियो, त्यसले प्रतिशोध झल्काउँछ, उच्च पदमा पुगेका व्यक्तिलाई पक्राउ नगरी पनि अनुसन्धान अघि बढाउन सकिन्थ्यो,’ उनले भने । 

अधिवक्ता तथा महिला आयोगकी पूर्वसदस्य मोहना अन्सारीले भने ओली र लेखकको पक्राउको प्रक्रियामा कुनै कानुनी प्रश्न नउठ्ने बताइन् । जाँचबुझ आयोगको सिफारिस र मन्त्रिपरिषद्को निर्णय कार्यान्वयन गर्नु प्रहरीको दायित्व भएको भन्दै उनले ओली र लेखकको पक्राउमा कानुनी जटिलता ननिम्तिने तर्क गरिन् । उनले दमनकारी कोही कसैलाई बचाउन नहुने भन्दै त्यसो गरे फेरि विद्रोह हुन सक्ने चेतावनी दिइन् ।

‘दमनकारीलाई बचाउने षड्यन्त्र कहीं कतैबाट नहोस् भन्नेमा हामी सचेत छौं । यदि यस्ता प्रयासहरू भएमा देशैभरि युवाहरू थप सशक्त र संघर्षमा उत्रिन बाध्य हुने छन्,’ उनले शनिबार वक्तव्य जारी गरेर आफ्नो धारणा राखेकी छन् ।  कानुनी प्रक्रियाअनुसार प्रहरीले पक्राउपछि २४ घण्टाभित्र जिल्ला अदालतमा उपस्थित गराउनुपर्ने हुन्छ । सोहीअनुरूप आज (आइतबार) ओलीलाई जिल्ला अदालत काठमाडौंमा उपस्थित गराई म्याद थपको माग गर्ने तयारी गरिएको छ । संहिताअनुसार अनुसन्धानका लागि अधिकतम २५ दिनसम्म हिरासतमा राख्न पाइन्छ तर प्रत्येक चरणमा अदालतबाट म्याद थप स्वीकृत गराउनुपर्ने हुन्छ ।

यससँगै ओली पक्षले सर्वोेच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको निवेदन दर्ता गर्ने तयारी गरेको छ । बन्दी प्रत्यक्षीकरण संविधानद्वारा प्रत्याभूत नागरिक अधिकार हो, जसले कसैलाई गैरकानुनीरूपमा थुनामा राखिएको छ कि छैन भन्ने विषयमा अदालतले तत्काल परीक्षण गर्न सक्ने व्यवस्था गर्दछ । भट्टराईका अनुसार यदि पक्राउ प्रक्रियामा कानुनी त्रुटि पुष्टि भयो भने सर्वोेच्च अदालतले तत्काल रिहा गर्न आदेश दिन सक्छ । उनले आइतबार निवेदन दर्ता हुने र त्यसपछि पेसी तोकिने जानकारी दिए ।

राजनीतिक वृत्तमा पनि यो घटनाले तरंग सिर्जना गरेको छ । नेकपा एमाले र कांग्रेसनिकट कानुन व्यवसायीहरूले संयुक्तरूपमा सर्वोच्च अदालत जानेबारे छलफल गरिरहेका छन् । उनीहरूले पक्राउलाई ‘राजनीतिक पूर्वाग्रहबाट प्रेरित’ भएको आरोप लगाएका छन् । यद्यपि, सरकारपक्षका केही व्यक्तिहरूले भने आयोगको प्रतिवेदन कार्यान्वयन गर्नु दायित्व भएको तर्क गरेका छन् । उनीहरूका अनुसार कानुनअनुसार प्राप्त निष्कर्षका आधारमा अनुसन्धान अघि बढाउनु स्वाभाविक प्रक्रिया हो ।

अब यो प्रकरणको मुख्य निर्णय न्यायालयबाटै हुने देखिन्छ । जिल्ला अदालतले म्याद थपबारे निर्णय गर्ने छ भने सर्वोेच्च अदालतले पक्राउको वैधानिकतामाथि प्रारम्भिक सुनुवाइ गर्ने छ । यी दुवै प्रक्रियाबाट आउने आदेशले ओलीको हिरासतको अवस्था र आगामी अनुसन्धानको दिशा निर्धारण गर्ने छ ।

यसरी, ओलीसँगै उनका सरकारका गृहमन्त्री लेखकको पक्राउ केवल एउटा कानुनी कारबाहीमा सीमित नरही राज्यका निकायबीचको शक्ति सन्तुलन, विधिको शासन र राजनीतिक निष्पक्षताको परीक्षणको विषय बनेको छ । अब अदालतको निर्णयले यस प्रकरणलाई स्पष्ट मार्ग दिने ठानिएको छ ।

यसबीच शनिबार बिहान पक्राउ पर्दै गर्दा ओली र लेखक दुवैले राजनीतिकसँगै कानुनी प्रतिवाद गर्ने बताएका थिए । पक्राउपछि पूर्वप्रधानमन्त्री ओली महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा भर्ना भएका छन् भने पूर्वगृहमन्त्री लेखकलाई प्रहरीको दुई नम्बर गण महाराजगञ्जमा राखिएको प्रहरीले जानकारी दिएको छ ।


कसरी हुन्छ अनुसन्धान ? 
ओली र लेखकलाई २३ भदौमा १९ जना नवयुवाको ‘हेलचेक्र्याइँ गरी ज्यान मारेको’ अभियोग लागेको छ । यही अभियोगमा दुवै जना पक्राउ परेका हुन् । दुवैविरुद्ध प्रहरीले मुुलुकी फौजदारी संहिताको दफा १८१ र १८२ अनुसारको कसुरमा अनुसन्धान अघि बढाउने भएको छ । किनभने, यी दुई कसुरमा अनुसन्धान गरी कारबाही गर्न कार्की आयोगले सिफारिस गरेको थियो । सोही आधारमा पक्राउ परेका उनीहरूमाथि अनुसन्धान गर्न प्रारम्भिक चरणमा दुवै जनालाई जिल्ला अदालतमा उपस्थित गराई म्याद थप लिने प्रक्रिया सुरु गरिने छ ।
अदालतबाट म्याद स्वीकृत भएपछिमात्रै उनीहरूलाई थप दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीले पाउने छ । अनुसन्धानका क्रममा प्रहरीले जेन-जी विद्रोहको पहिलो दिन २३ भदौमा भएका घटनाक्रम, आदेशको शृंखला, सुरक्षा निकायको परिचालन र त्यसबाट उत्पन्न क्षतिको विश्लेषण गर्ने छ । विशेषगरी आन्दोलनका क्रममा प्रयोग गरिएका बल प्रयोगका उपाय, त्यसको निर्देशन कसले र कसरी दिएको थियो भन्ने विषय केन्द्रीय रूपमा हेरिने एक जना उच्च प्रहरी अधिकारीले बताए ।
उनका अनुसार मुलुकी अपराधसंहिता २०७४ को दफा १८१ र १८२ अन्तर्गत अनुसन्धान अघि बढाइने भएकाले अभियुक्तको प्रत्यक्ष संलग्नतामात्र होइन, लापरवाही वा बेवास्ताका कारण भएको क्षतिको जिम्मेवारीसमेत स्थापित गर्नुपर्ने हुन्छ । यसका लागि घटनास्थलका भिडियो, सञ्चार अभिलेख, सुरक्षा निकायका आदेशपत्र, प्रत्यक्षदर्शीको बयान र घाइते तथा पीडितका विवरणहरू संकलन गरिने छ ।
यद्यपि, ओली र लेखक दुवैले आफूहरूमाथिको आरोप अस्वीकार गर्दै पक्राउलाई ‘राजनीतिक प्रतिशोध’ बताएका छन् । उनीहरूका कानुन व्यवसायीहरूले पनि प्रत्यक्ष संलग्नता प्रमाणित हुन नसक्ने दाबी गरेका छन् ।
कानुनविद्हरूका अनुसार यस्तो प्रकृतिको मुद्दामा अनुसन्धान जटिल र संवेदनशील हुने भएकाले पर्याप्त प्रमाण संकलन नगरी अभियोग दर्ता गर्न कठिन हुन्छ । प्रहरीले भने अनुसन्धान निष्पक्ष र प्रमाणमा आधारित हुने दाबी गरेको छ । प्रहरीको प्रारम्भिक अनुसन्धानपछि सरकारी वकिलको कार्यालयमार्फत मुद्दा दर्ता गर्ने वा नगर्ने निर्णय लिइने छ । यसरी, ओली र लेखकविरुद्धको अनुसन्धान अब प्रमाण संकलन, कानुनी परीक्षण र न्यायिक मूल्यांकनको प्रक्रियाबाट अघि बढ्ने देखिएको छ ।


प्रकाशित मिति: आइतबार, चैत १५, २०८२  ११:०४
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नेपाल राष्ट्र बैंक ऐन संशोधन विधेयक संसद्मा दर्ता
नेपाल राष्ट्र बैंक ऐन संशोधन विधेयक संसद्मा दर्ता मंगलबार, जेठ १२, २०८३
बजेटमा उत्पादन, रोजगारी र पर्यटन क्षेत्रलाई प्राथमिकता दिन्छौँ : मुख्यमन्त्री कार्की
बजेटमा उत्पादन, रोजगारी र पर्यटन क्षेत्रलाई प्राथमिकता दिन्छौँ : मुख्यमन्त्री कार्की मंगलबार, जेठ १२, २०८३
तीन जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर
तीन जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर मंगलबार, जेठ १२, २०८३
कुटपिटबाट महिलाको निधन
कुटपिटबाट महिलाको निधन मंगलबार, जेठ १२, २०८३
गण्डकी प्रदेशसभामा विनियोजन विधेयक प्रस्तुत
गण्डकी प्रदेशसभामा विनियोजन विधेयक प्रस्तुत मंगलबार, जेठ १२, २०८३
महालेखापरीक्षकको प्रतिवेदनः  अलपत्र  झोलुंगे  पुल ४९ वटा
महालेखापरीक्षकको प्रतिवेदनः अलपत्र झोलुंगे पुल ४९ वटा मंगलबार, जेठ १२, २०८३
विपक्षीको अवरोधपछि संसद् बैठक स्थगित
विपक्षीको अवरोधपछि संसद् बैठक स्थगित मंगलबार, जेठ १२, २०८३
लोकप्रिय
  • Week
  • Month
लगातार चार दिन सार्वजनिक बिदा
लगातार चार दिन सार्वजनिक बिदा
फरवार्ड माइक्रोफाइनान्सको अध्यक्षमा पुनः भगबती चौधरी
फरवार्ड माइक्रोफाइनान्सको अध्यक्षमा पुनः भगबती चौधरी
प्रतिनिधिसभा बैठक स्थगित
प्रतिनिधिसभा बैठक स्थगित
 मुक्तिनाथ विकास बैंकद्वारा व्हीलचेयर हस्तान्तरण
 मुक्तिनाथ विकास बैंकद्वारा व्हीलचेयर हस्तान्तरण
पश्चिम एसिया द्वन्द्वले विप्रेषण आप्रवाह प्रभावितः परराष्ट्र
पश्चिम एसिया द्वन्द्वले विप्रेषण आप्रवाह प्रभावितः परराष्ट्र
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
म्यानपावरलाई तिरेको यथार्थ रकम खुलाउँदैनन् श्रमिक
म्यानपावरलाई तिरेको यथार्थ रकम खुलाउँदैनन् श्रमिक
तामाङ युवाहरूको क्षमता अभिवृद्धि प्रशिक्षण कार्यक्रम सम्पन्न
तामाङ युवाहरूको क्षमता अभिवृद्धि प्रशिक्षण कार्यक्रम सम्पन्न
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP