Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #बढघर
  • #बौद्धनाथ
  • #बागमती_प्रदेशसभा
  • #नेपाल_पर्यटन_बोर्ड
  • #सपनाको_चंगा
  • #सुनचाँदीकाे_मूल्य
  • #रक्षबहादुर_रैका_मगर
  • #नेपाल_मगर_संघ
  • #सिसिटिभी
Search Here
समाचार
  • Home
  • समाचार
  • प्रधानमन्त्रीको नातावाद मोह, विधिको शासनमा महान्यायाधिवक्ताको ‘तरबार’
कार्की सरकारको ‘कालो धब्बा’  प्रधानमन्त्रीको नातावाद मोह, विधिको शासनमा महान्यायाधिवक्ताको ‘तरबार’
जेबी याेञ्‍जन
जेबी याेञ्‍जन मंगलबार, चैत १०, २०८२
  • डिम्ब तस्करी प्रकरणमा मुद्दा नचल्ने निर्णय
  • रवि, जिबीलगायतविरुद्ध सम्पत्ति शुद्धीकरण र संगठित
  • अपराधको मुद्दा नचल्ने निर्णय
  • वल्र्डलिंकलाई सात अर्ब ३६ करोडभन्दा बढी कर छलीमा उन्मुक्ति
  • नाताका आदर्श श्रेष्ठलाई राजकीय पदमा व्यवस्थापन
  • निकट गृहमन्त्रीलाई राष्ट्रिय सभा सदस्य सिफारिस

काठमाडौं- जेन-जी विद्रोहपछि पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा सरकार गठन भएपछि जनताले अपेक्षा गरे- अब राज्य सञ्चालनको शैली बदलिने छ । कानुन सबैका लागि बराबर लागू हुने छ । भ्रष्टाचार नियन्त्रणमा ठोस कदम चालिने छ र नातावाद-कृपावादको अन्त्य हुने छ । यी सबै जेन-जी विद्रोहको जनादेश पनि हुन् ।

तर, साढे छ महिनामा प्रधानमन्त्री कार्की र उनलाई कानुनी सल्लाह दिने महान्यायाधिवक्ता सविता भण्डारीबाट जे-जस्ता गतिविधि भए, त्यसले जनअपेक्षा र जेन-जी विद्रोहको जनादेशविपरीत सरकार अगाडि बढेको भनेर आलोचना भइरहेको छ ।  सुशासनको वाचा गर्दै बनेको सरकारमाथि उल्टै सुशासन कायम नगरेको, भ्रष्टाचार नियन्त्रणमा असफल भएको र नातावाद तथा कृपावादलाई नै संस्थागत गरेको आरोप लाग्नु गम्भीर विषय हो । यसमा जोडिएकी छिन्- महान्यायाधिवक्ता सविता भण्डारी । उनले गरेका केही निर्णयहरूले सुशासन, विधिको शासन र भ्रष्टाचार अन्त्यको मूल मर्ममाथि नै प्रहार गरेका छन् । उनी विभिन्न मुद्दाका प्रतिवादीहरूका लागि ‘मुक्तिदाता’ नै देखिन् । 

सुरुमा त उनी मुक्तिदाता बनेको आफ्नै छोरीको आबद्धता भएको होप फर्टिलिटी एण्ड रिसर्च सेन्टरबाट भएको डिम्ब तस्करी प्रकरणमा मुद्दा नचल्ने निर्णय गरेर हो । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले भने डिम्ब तस्करी प्रकरणमा नाबालिग किशोरीहरूलाई आर्थिक प्रलोभनमा पारेर डिम्ब संकलन तथा बिक्री गर्ने संगठित गिरोहको रूपमा सेन्टर र महान्यायाधिवक्ता भण्डारीकै छोरी संलग्न भएको निष्कर्ष निकालेको थियो । सिआइबीले उक्त प्रकरणमा संलग्नलाई बालबालिकासम्बन्धी ऐन, २०७५ अन्तर्गत कारबाही गर्न सिफारिस गरेको थियो ।

तर, महान्याधिवक्ता भण्डारीले उक्त मुद्दा नचलाउने निर्णय गत कात्तिकमै गरिन् । यस निर्णयलाई अझ विवादास्पद बनाएको डिम्ब तस्करीमा संलग्न क्लिनिकसँग उनको पारिवारिक र आर्थिक सम्बन्ध जोडिएको आरोपले हो । स्वार्थको द्वन्द्व देखिने मुद्दा नचल्ने निर्णय गरेको भन्दै उनी पहिलोपटक विवादित बनिन् । राजनीतिशास्त्री डा. भेषराज घिमिरेले कार्की सरकारको आलोचना गर्दै भने, ‘यसले सन्देश दियो- जेन-जी विद्रोहपछि पनि सत्तासँग नजिक भएकाहरू कानुनी कारबाहीबाट बच्न सक्छन् ।’

Hardik health

राजनीतिशास्त्री डा. घिमिरेको यो भनाइलाई सिद्ध पार्नेगरी महान्यायाधिवक्ता भण्डारीले अर्को विवादास्पद निर्णय गरिन् । त्यो निर्णय ३० पुसमा भयो । विवादपछि २ माघमा निर्णय सच्याइन् । निर्णय थियो- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई सम्पत्ति शुद्धीकरण र संगठित अपराध मुद्दाको आरोपपत्र संशोधन गर्ने । उक्त निर्णयको उद्देश्य दुई गम्भीर मुद्दामा रविलाई उन्मुक्ति दिने भन्ने हो । सच्याएको निर्णयअनुसार भने रविमात्रै नभएर जिबी राईलगायतले पनि उन्मुक्ति पाउने हो । यो विवाद अहिले सर्वोच्च अदालतमा विचाराधीन छ । सोमबार अदालतले उक्त मुद्दा ‘हेर्दाहेर्दै’मा राखेको छ । 

एकपछि अर्को विवादास्पद निर्णय गरेपछि न्यायिक प्रक्रियामाथि राजनीतिक प्रभाव परेको आशंका बलियो बनाएको छ । गम्भीर अपराधका अभियोगहरू यसरी प्रशासनिक निर्णयबाट हटाउन सकिने हो भने विधिको शासन कति प्रभावकारी रहन्छ भन्ने प्रश्न उठेको छ ।

सरकारमाथि लागेको अर्कोे गम्भीर आरोप भनेको ठूला कर छली प्रकरणमा अस्वाभाविक उदारता देखाएको । हुन पनि राजस्व अनुसन्धान विभागले वल्र्डलिंक कम्युनिकेसन्सले दूरसञ्चार सेवा शुल्क छल्दै करिब साच अर्ब ३६ करोड रुपैयाँबराबरको राजस्व चुहावट गरेको निष्कर्ष निकालेको थियो । अनुसन्धानपछि मुद्दा दायर गर्ने तयारी भइरहेका बेला उक्त प्रकरण महान्याधिवक्ताको कार्यालयमा पुगेपछि रोकियो र महान्यायाधिवक्ता भण्डारीले मुद्दा नचल्ने निर्णय गरिन् । उनले यो निर्णय गरेको आइतबारमात्रै हो । 
यसले सरकारको भ्रष्टाचार नियन्त्रणप्रतिको प्रतिबद्धतामाथि गम्भीर प्रश्न उठाएको छ । साना करदातामाथि कडाइ गर्ने तर ठूला संस्थालाई उन्मुक्ति दिने प्रवृत्तिले कर प्रणालीप्रतिको विश्वास कमजोर पार्ने भन्दै महान्यायाधिवक्ता भण्डारीको आलोचना भइरहेको छ । 

नातावाद-कृपावादमा झुकाव 
जेन-जी विद्रोहको प्रमुख एजेण्डामध्येमा एक थियो- नातावाद र कृपावादको अन्त्य । तर, कार्की सरकार यही आरोपमा मुछिएको छ ।  प्रधानमन्त्री सुशीला कार्कीले पछिल्ला दिनहरूमा आफ्ना नजिकका व्यक्तिलाई महत्‍वपूर्ण पदमा नियुक्त गर्ने निर्णयहरू लिएकी छन् । नजिकको नाताका आदर्श श्रेष्ठलाई सुरुमा उनले आफ्नो (प्रधानमन्त्रीको) सचिवालय प्रमुख बनाइन् । यही १ चैतमा राष्ट्रिय प्रकृति संरक्षण कोषको अध्यक्षमा नियुक्त गर्ने निर्णय गरिन् । यसले नातावाद र कृपावादको हिमायती प्रधानमन्त्री कार्की भएको भन्दै टिप्पणी भइरहेको छ र सरकारको नैतिक आधार कमजोर बनाएको छ ।

त्यसैगरी, बहालवाला गृहमन्त्रीलाई राष्ट्रिय सभामा पठाउने सिफारिस पनि विवादास्पद बन्यो । सरकारले ‘सुरक्षा चुनौती’को कारण देखाए पनि आलोचकहरूले यसलाई नातागोता र निकट सम्बन्धका व्यक्तिहरूको सत्तामा व्यवस्थापन भनेका छन् । यी सबै घटनाक्रमले सरकारप्रति जनविश्वासमा गिरावट हुँदै गएको छ । कार्की सरकार भने अबको एक साता पनि हुने छैन । तर, बिदाइ हुन लाग्दा प्रधानमन्त्री कार्कीको छविमा कालो धब्बा लागेको टिप्पणीकारहरुको भनाइ छ । 
 


प्रकाशित मिति: मंगलबार, चैत १०, २०८२  ११:०९
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नेपाल राष्ट्र बैंक ऐन संशोधन विधेयक संसद्मा दर्ता
नेपाल राष्ट्र बैंक ऐन संशोधन विधेयक संसद्मा दर्ता मंगलबार, जेठ १२, २०८३
बजेटमा उत्पादन, रोजगारी र पर्यटन क्षेत्रलाई प्राथमिकता दिन्छौँ : मुख्यमन्त्री कार्की
बजेटमा उत्पादन, रोजगारी र पर्यटन क्षेत्रलाई प्राथमिकता दिन्छौँ : मुख्यमन्त्री कार्की मंगलबार, जेठ १२, २०८३
तीन जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर
तीन जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर मंगलबार, जेठ १२, २०८३
कुटपिटबाट महिलाको निधन
कुटपिटबाट महिलाको निधन मंगलबार, जेठ १२, २०८३
गण्डकी प्रदेशसभामा विनियोजन विधेयक प्रस्तुत
गण्डकी प्रदेशसभामा विनियोजन विधेयक प्रस्तुत मंगलबार, जेठ १२, २०८३
महालेखापरीक्षकको प्रतिवेदनः  अलपत्र  झोलुंगे  पुल ४९ वटा
महालेखापरीक्षकको प्रतिवेदनः अलपत्र झोलुंगे पुल ४९ वटा मंगलबार, जेठ १२, २०८३
विपक्षीको अवरोधपछि संसद् बैठक स्थगित
विपक्षीको अवरोधपछि संसद् बैठक स्थगित मंगलबार, जेठ १२, २०८३
लोकप्रिय
  • Week
  • Month
लगातार चार दिन सार्वजनिक बिदा
लगातार चार दिन सार्वजनिक बिदा
फरवार्ड माइक्रोफाइनान्सको अध्यक्षमा पुनः भगबती चौधरी
फरवार्ड माइक्रोफाइनान्सको अध्यक्षमा पुनः भगबती चौधरी
प्रतिनिधिसभा बैठक स्थगित
प्रतिनिधिसभा बैठक स्थगित
 मुक्तिनाथ विकास बैंकद्वारा व्हीलचेयर हस्तान्तरण
 मुक्तिनाथ विकास बैंकद्वारा व्हीलचेयर हस्तान्तरण
पश्चिम एसिया द्वन्द्वले विप्रेषण आप्रवाह प्रभावितः परराष्ट्र
पश्चिम एसिया द्वन्द्वले विप्रेषण आप्रवाह प्रभावितः परराष्ट्र
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
म्यानपावरलाई तिरेको यथार्थ रकम खुलाउँदैनन् श्रमिक
म्यानपावरलाई तिरेको यथार्थ रकम खुलाउँदैनन् श्रमिक
तामाङ युवाहरूको क्षमता अभिवृद्धि प्रशिक्षण कार्यक्रम सम्पन्न
तामाङ युवाहरूको क्षमता अभिवृद्धि प्रशिक्षण कार्यक्रम सम्पन्न
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP