Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #सिएन थारु/आरके तामाङ
  • #‘हृदयांश’
  • #दीपक बन्जारा
  • #बिगेन्द्रसिंह वाईबा तामाङ
  • #नेपाल आदिवासी जनजाति महासंघ
  • #विश्व आदिवासी दिवस
  • #हुलाकी राजमार्ग
  • #धनुषा कर्फ्यु
  • #पुष्पकमल दाहाल
Search Here
समाचार
  • Home
  • समाचार
  • स्थानीय तहको संयुक्त विज्ञप्तिप्रति आशिका तामाङको कडा प्रतिवाद
स्वायत्तताको नाममा प्राकृतिक दोहन र अवैध असुली गर्न पाइँदैन स्थानीय तहको संयुक्त विज्ञप्तिप्रति आशिका तामाङको कडा प्रतिवाद
‍ओम प्रकाश विष्ट
‍ओम प्रकाश विष्ट आइतबार, चैत ८, २०८२

धादिङ- धादिङका १३ वटै स्थानीय तहका प्रमुख तथा अध्यक्षहरूले जिल्ला प्रशासनको कदमलाई 'हस्तक्षेप' भन्दै संयुक्त विज्ञप्ति जारी गरेपछि सामाजिक अभियन्ता एवं प्रतिनिधि सभा सदस्य पदकी प्रत्यासी आशिका तामाङले त्यसको कडा शब्दमा प्रतिवाद गरेकि हुन्।

 तामाङले स्थानीय स्वायत्तताको अर्थ 'प्राकृतिक दोहन र अवैध असुली गर्ने लाइसेन्स' नभएको भन्दै जनप्रतिनिधिहरूलाई संवैधानिक दायरा र कानुनी मर्यादाभित्र बस्न चेतावनी दिएकी छिन्। संविधानको धारा २३२ (१) ले संघ, प्रदेश र स्थानीय तहबीच सहकारिता र समन्वयको कुरा गरे पनि त्यसको आडमा वातावरणीय मापदण्ड मिचेर नदीहरूको 'मुटु' निकाल्ने गरी गरिने दोहनमा आँखा चिम्लन नसकिने उनको तर्क छ।

तामाङले स्थानीय तहहरूले 'बाटो प्रयोग दस्तुर' का नाममा सडकमा गुडेका सवारी साधनबाट गरिरहेको असुलीलाई 'सुशासनका नाममा गरिएको लुट' को संज्ञा दिएकी छिन। संविधानको धारा २२८ (१) ले कानुन बमोजिम बाहेक कुनै पनि कर उठाउन रोक लगाएको र अन्तर-सरकारी वित्त व्यवस्थापन ऐन, २०७४ विपरीत यस्ता शुल्क उठाउनु गैरकानुनी भएको उनले उल्लेख गरेकि छिन्। समन्वयका नाममा 'सेटिङ' गर्ने र संघीय कानुनलाई चुनौती दिने प्रवृत्तिले स्थानीय सरकारको साख गिराउने भन्दै उनले स्थानीय तहको अधिकार क्षेत्रभित्र नपर्ने असुलीहरू तत्काल बन्द गर्न माग दिएकी छिन्।

Hardik health

नदी र क्रसर उद्योगको मापदण्डका विषयमा बोल्दै तामाङले सर्वोच्च अदालतको २०७९ असार ९ गतेको अन्तरिम आदेशको स्मरण गराएकि छन। सरकारले २०७९ मा मापदण्ड खुकुलो बनाउन खोजे पनि अदालतले त्यसलाई रोकेकाले हाल 'ढुङ्गा, गिट्टी, बालुवा उत्खनन्, बिक्री तथा व्यवस्थापन सम्बन्धी मापदण्ड, २०७७' नै प्रभावी रहेको उनको दाबी छ। घना बस्ती र राजमार्गबाट निश्चित दुरी (२ किलोमिटर र ५०० मिटर) कायम हुनुपर्ने प्राविधिक मापदण्ड मिचेर सञ्चालनमा रहेका क्रसरहरूलाई संरक्षण दिनु अदालतको मानहानि हुने भन्दै उनले त्रिशूली र मलेखु नदीको विनाशलाई 'इकोसाइड' (वातावरणीय हत्या) को संज्ञा दिएकी छिन। नागरिकको स्वच्छ वातावरणमा बाँच्न पाउने हक स्थानीय सरकारको राजस्वभन्दा ठूलो हुने उनको जिकिर छ।

अन्तमा, तामाङले आफू विरुद्ध एकजुट भएका १३ वटै पालिका प्रमुखहरूलाई धादिङको वास्तविक विकास र सुशासनका लागि पनि त्यसरी नै एकजुट हुन चुनौती दिएकी छिन्। किसानले समयमै मल-बीउ पाउनुपर्ने, जिल्लाका अलपत्र सडकहरू समयमै पिच हुनुपर्ने र भ्रष्टाचारमुक्त धादिङ निर्माण हुनुपर्नेमा जोड दिँदै उनले प्रशासनको पत्रलाई 'अंकुश' ठान्नुभन्दा आफ्नै क्षेत्रभित्रका अवैध खानी र क्रसरको दूरी नाप्न आग्रह दिएकी छिन। प्रचलित कानुन र अदालतको निर्देशन पालना गर्नु जनप्रतिनिधिको संवैधानिक दायित्व भएको भन्दै उनले नागरिकको सम्पत्ति र प्राकृतिक स्रोतको रक्षाका लागि आफू सधैँ अडिग रहने संकल्प दोहोर्‍याएकी छिन् ।

cbd709fb-3e14-4a1c-9dc4-7f9c1736316d-1774154035.jpeg
 


प्रकाशित मिति: आइतबार, चैत ८, २०८२  १०:३२
प्रतिक्रिया दिनुहोस्
थप समाचार
प्रतिनिधि सभा बैठक
प्रतिनिधि सभा बैठक मंगलबार, साउन १९, २०८३
पर्यटन क्षेत्रको विकास गर्न विधेयक संशोधन गर्नुपर्छः पर्यटनमन्त्री पौडेल
पर्यटन क्षेत्रको विकास गर्न विधेयक संशोधन गर्नुपर्छः पर्यटनमन्त्री पौडेल मंगलबार, साउन १९, २०८३
बागमती प्रदेशमा नयाँ सरकार गठन गर्न छलफल तीव्र पार्दै दलहरु
बागमती प्रदेशमा नयाँ सरकार गठन गर्न छलफल तीव्र पार्दै दलहरु मंगलबार, साउन १९, २०८३
राष्ट्र बैंकलाई थप सक्रिय र उत्तरदायी बनाउन ऐन संशोधन आवश्यकः अर्थमन्त्री डा वाग्ले
राष्ट्र बैंकलाई थप सक्रिय र उत्तरदायी बनाउन ऐन संशोधन आवश्यकः अर्थमन्त्री डा वाग्ले मंगलबार, साउन १९, २०८३
सुनकोशीमा बेपत्ता यात्रु र कारको खोजी कार्य जारी
सुनकोशीमा बेपत्ता यात्रु र कारको खोजी कार्य जारी मंगलबार, साउन १९, २०८३
दिल्लीका मुख्यमन्त्री पशुपतिनाथको दर्शनमा आउँदै
दिल्लीका मुख्यमन्त्री पशुपतिनाथको दर्शनमा आउँदै मंगलबार, साउन १९, २०८३
प्रधानमन्त्रीद्वारा सुदूरपश्चिमका सांसदसँग छलफल जारी
प्रधानमन्त्रीद्वारा सुदूरपश्चिमका सांसदसँग छलफल जारी मंगलबार, साउन १९, २०८३
लोकप्रिय
  • Week
  • Month
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
पूर्वउपसभामुख  राना मगरद्वारा  ‘हृदयांश’ उपन्यासकाे  विमोचन
पूर्वउपसभामुख राना मगरद्वारा ‘हृदयांश’ उपन्यासकाे विमोचन
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP