काठमाडाैं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद सुदन गुरुङले संसद सदस्यको पदमा रहँदा कुनै तलब नलिने घोषणा गरेका छन् । उनले रास्वपाको नवनिर्वाचित सांसदहरूको अभिमुखीकरण तथा परिचयात्मक कार्यक्रममा यस्तो बताएका हुन्।
गुरुङ गाेरखा निर्वाचन क्षेत्र नम्बर १ पत्यक्षबाट निर्वाचित सांसद हुन् । उनले तलबसँगै अन्य सेवा सुविधा पनि नलिने स्पष्ट पारेका छन्। संसद् सदस्य बन्नुभन्दा पहिले पनि गुरुङले रिपोर्टर्स क्लबमा सांसदले तलब र सेवा सुविधा लिन नहुने बताएका थिए।
सांसद बनेपछि पनि उनले आफूले पहिल्यै भनेझैं कुनै तलब वा सेवा सुविधा नलिने निर्णय कायम राखेका छन्।