काठमाडौं - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले आफ्नो फेसबुकमा ईमेल ठेगाना परिवर्तन गरेका छन् । उनले भावी प्रधानमन्त्रीका रूपमा प्रस्तुत गर्दै फेसबुकमा ‘बालेन फर पीएम नेपाल([email protected]) नयाँ ईमेल एड्रेस अपडेट गरेका हुन् ।
बालेनको भेरिफाइड पेजमा ‘[email protected]’ ईमेल ठेगाना देखिएको छ । ३८ लाख फलोअर रहेको फेसबुक पेजको ‘about’ मा क्लिक गरेर ‘Contact and basic info’ मा उक्त ईमेल ठेगाना देख्न सकिन्छ ।

काठमाडौँ महानगरपालिकाको मेयर पदमा रहेको बेलामा बालेनको फेसबुक पेजमा ‘[email protected]’ ईमेल ठेगाना सहजै देख्न सकिने गरि राखिएको थियो ।