Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #बढघर
  • #बौद्धनाथ
  • #बागमती_प्रदेशसभा
  • #नेपाल_पर्यटन_बोर्ड
  • #सपनाको_चंगा
  • #सुनचाँदीकाे_मूल्य
  • #रक्षबहादुर_रैका_मगर
  • #नेपाल_मगर_संघ
  • #सिसिटिभी
Search Here
समाचार
  • Home
  • समाचार
  • इनिसा विक मृत्यु प्रकरण अनुसन्धान गर्न सीआईबी सुर्खेतमा
इनिसा विक मृत्यु प्रकरण अनुसन्धान गर्न सीआईबी सुर्खेतमा
प्रभाव संवाददाता
प्रभाव संवाददाता शुक्रबार, फागुन २९, २०८२
  • घटनाको थप अनुसन्धान गर्न सीआईबी टोली सुर्खेतमा
  • १६ वर्षीय प्रेमीले बयानमा सहमतिमै करणी भएको तर अचानक अत्यधिक रक्तश्राप भएर इनिसा अचेत भएको दाबी
  • पक्राउ परेकामध्ये तीन जनाको संलग्नता नभएको भनाइ
  • इनिसाको शव छ दिनदेखि प्रदेश अस्पतालको शवगृहमा 

काठमाडौं- १६ वर्षीया इनिसा विकको बलात्कारपछि भएको हत्या प्रकरणको थप अनुसन्धान गर्न नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को विशेषज्ञ टोली सुर्खेत पुगेको छ । शव परीक्षण प्रतिवेदनमा बलपूर्वक यौनसम्पर्कका कारण अत्यधिक रक्तस्राव भएर इनिसाको मृत्यु भएको औँल्याइएपछि सीआईबी टोलीले थप वैज्ञानिक अनुसन्धान गर्ने भएको हो । 

सीआईबीका प्रवक्ता तथा प्रहरी वरिष्ठ उपरीक्षक शिवकुमार श्रेष्ठले घटनाको जटिलता र संवेदनशीलता हेरेर अनुसन्धानलाई थप वैज्ञानिक ढंगले अघि बढाइएको बताए । २३ फागुनमा इनिसाको हत्या भएको हो । भेरी अस्पताल नेपालगञ्जको फरेन्सिक विभागका वरिष्ठ अधिकृत अर्विन शाक्यका अनुसार इनिसाको यौनांगको भित्री र बाहिरी भाग गम्भीर रूपमा च्यातिएको पाइएको छ ।

शाक्यले भने, ‘यौनांगमा गहिरो चोट लागेको छ । त्यसका कारण अत्यधिक रक्तस्राव भएको पाइयो । उनको मृत्युको कारण त्यही भएको देखियो ।’ शव परीक्षण प्रतिवेदनमा मृतकको ढाडमा घस्रिएको चोटसमेत देखिएको उल्लेख छ । यद्यपि सामूहिक बलात्कार भएको वा नभएकोबारे प्रतिवेदनले स्पष्ट निष्कर्ष दिएको छैन । इनिसा सुर्खेतको उषा बालवाटिका विद्यालयमा कक्षा-११ मा अध्ययनरत थिइन् । उनी यही २३ फागुन बिहान ६ बजे ट्युसन पढ्न भन्दै घरबाट निस्किएकी थिइन् ।

वीरेन्द्रनगर-१ मा बस्दै आएकी उनी लामो समयसम्म घर नफर्किएपछि आमा तिला विक चिन्तित बनेकी थिइन् । त्यसबीच करिब तीन घण्टापछि इनिसा जनजागरण सामुदायिक वन क्षेत्रमा अचेत अवस्थामा भेटिइन् । स्थानीय र प्रहरीले उद्धार गरी प्रदेश अस्पताल सुर्खेत पु¥याए तर चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए । घटनाको अनुसन्धान जिल्ला प्रहरी कार्यालय सुर्खेतले पनि गरिरहेको छ । घटनामा संलग्न भएको आरोपमा प्रहरीले चार जना किशोरलाई पक्राउ गरेको छ । पक्राउ परेकामध्ये एक जना १६ वर्षीय किशोर इनिसाको प्रेमी भएको बताइएको छ ।

Hardik health

प्रहरीलाई दिएको बयानमा उनले इनिसासँग दुई वर्षदेखि प्रेम सम्बन्ध रहेको बताएका छन् । उनका अनुसार २३ फागुन बिहान ७ बजेतिर इनिसासँग सल्लाह गरेरै उनीहरू सहिद पार्क नजिकको जंगलतर्फ गएका थिए । ती किशोरको बयान उद्धृत गर्दै अनुसन्धानमा संलग्न एक प्रहरी अधिकृतले भने, ‘हामी दुई वर्षदेखि सम्बन्धमा थियौं । पहिले पनि शारीरिक सम्पर्क भएको थियो ।’ उनका अनुसार त्यहाँ पुगेपछि केहीबेर गफगाफ भएको र त्यसपछि दुवैको सहमतिमा शारीरिक सम्बन्ध भएको थियो ।

तर, त्यसक्रममा अचानक इनिसाको यौनांगबाट अत्यधिक रक्तस्राव हुन थालेको उनले बताएका छन् । त्यसपछि आफू आत्तिएको उनको भनाइ छ । लगत्तै आफ्ना साथीहरूलाई बोलाएको र तीन जना घटनास्थलमा आएको पनि बताएको अनुसन्धानमा संलग्न एक प्रहरी अधिकृतले बताए । ती किशोरहरूले नजिकैको गाउँमा गएर स्थानीयलाई घटनाबारे जानकारी गराएको र स्थानीयले बिहान ९ ः४५ मा प्रहरीलाई खबर गरेका थिए । प्रहरी घटनास्थलमा पुगेर उनलाई अस्पताल पु¥याउँदा बिहान १० बजिसकेको थियो ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता मोहनजंग बुढथापाका अनुसार प्रहरी घटनास्थलमा पुग्दा किशोरीको अवस्था अत्यन्त गम्भीर रहेको देखेको थियो ।  ‘हामी घटनास्थल पुग्दा इनिसाको शरीरमा कपडा थिएन । तल्लो भाग रगतले भिजेको थियो र उनी अचेत अवस्थामा थिइन्,’ उनले भने । 

घटनाको अनुसन्धान गरिरहेको प्रहरीले सीसीटीभी फुटेजको पनि विश्लेषण गरेको छ । फुटेज हेर्दा घटनाअघि इनिसा र उनका प्रेमी वीरेन्द्रनगर क्षेत्रमा सँगै हिँडिरहेको दृश्य देखिएको छ । उनीहरू जनजागरण सामुदायिक वनतर्फ हात समाएर हिँडिरहेको फुटेज प्रहरीले फेला पारेको जनाएको छ । घटनाको संवेदनशीलता र जटिलतालाई ध्यानमा राख्दै थप अनुसन्धानका लागि बिहीबार नै सीआईबीबाट प्रहरी निरीक्षकको टोली सुर्खेत पुगेको हो । टोलीले अनुसन्धान थालेको छ । 

सुर्खेतका प्रहरी प्रमुख (एसपी) सुधीरराज शाहीले घटनासँग सम्बन्धित डिजिटल प्रमाण, मोबाइल फोन र अन्य विद्युतीय सामग्री फरेन्सिक परीक्षणका लागि विधि विज्ञान प्रयोगशाला पठाएको बताए । उनका अनुसार नशालु पदार्थ प्रयोग भएको थियो कि थिएन भन्ने पत्ता लगाउन रगतको नमुना पनि पठाइएको छ ।   कर्णाली प्रदेश प्रहरी कार्यालयबाट पोलिग्राफ परीक्षण गर्ने टोली पनि सुर्खेत पुगेको एसपी शाहीले बताए । 

मृतकको शव भने छ दिन बितिसक्दा पनि प्रदेश अस्पताल सुर्खेतको शवगृहमा राखिएको छ । परिवारले भने सामूहिक बलात्कारपछि हत्या भएको दाबी गर्दै न्याय सुनिश्चित नभएसम्म शव नबुझ्ने अडान लिएका छन् । घटनापछि इनिसाको बुबा इन्द्रबहादुर विक पनि दुबईबाट वीरेन्द्रनगर आइपुगेका छन् । उनले घटनाको सत्यतथ्य छानबिन गरेर दोषीलाई कडा कारबाहीको माग गरेका छन् । 
 


प्रकाशित मिति: शुक्रबार, फागुन २९, २०८२  १०:४७
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नेपाल राष्ट्र बैंक ऐन संशोधन विधेयक संसद्मा दर्ता
नेपाल राष्ट्र बैंक ऐन संशोधन विधेयक संसद्मा दर्ता मंगलबार, जेठ १२, २०८३
बजेटमा उत्पादन, रोजगारी र पर्यटन क्षेत्रलाई प्राथमिकता दिन्छौँ : मुख्यमन्त्री कार्की
बजेटमा उत्पादन, रोजगारी र पर्यटन क्षेत्रलाई प्राथमिकता दिन्छौँ : मुख्यमन्त्री कार्की मंगलबार, जेठ १२, २०८३
तीन जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर
तीन जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर मंगलबार, जेठ १२, २०८३
कुटपिटबाट महिलाको निधन
कुटपिटबाट महिलाको निधन मंगलबार, जेठ १२, २०८३
गण्डकी प्रदेशसभामा विनियोजन विधेयक प्रस्तुत
गण्डकी प्रदेशसभामा विनियोजन विधेयक प्रस्तुत मंगलबार, जेठ १२, २०८३
महालेखापरीक्षकको प्रतिवेदनः  अलपत्र  झोलुंगे  पुल ४९ वटा
महालेखापरीक्षकको प्रतिवेदनः अलपत्र झोलुंगे पुल ४९ वटा मंगलबार, जेठ १२, २०८३
विपक्षीको अवरोधपछि संसद् बैठक स्थगित
विपक्षीको अवरोधपछि संसद् बैठक स्थगित मंगलबार, जेठ १२, २०८३
लोकप्रिय
  • Week
  • Month
लगातार चार दिन सार्वजनिक बिदा
लगातार चार दिन सार्वजनिक बिदा
फरवार्ड माइक्रोफाइनान्सको अध्यक्षमा पुनः भगबती चौधरी
फरवार्ड माइक्रोफाइनान्सको अध्यक्षमा पुनः भगबती चौधरी
प्रतिनिधिसभा बैठक स्थगित
प्रतिनिधिसभा बैठक स्थगित
 मुक्तिनाथ विकास बैंकद्वारा व्हीलचेयर हस्तान्तरण
 मुक्तिनाथ विकास बैंकद्वारा व्हीलचेयर हस्तान्तरण
पश्चिम एसिया द्वन्द्वले विप्रेषण आप्रवाह प्रभावितः परराष्ट्र
पश्चिम एसिया द्वन्द्वले विप्रेषण आप्रवाह प्रभावितः परराष्ट्र
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
म्यानपावरलाई तिरेको यथार्थ रकम खुलाउँदैनन् श्रमिक
म्यानपावरलाई तिरेको यथार्थ रकम खुलाउँदैनन् श्रमिक
तामाङ युवाहरूको क्षमता अभिवृद्धि प्रशिक्षण कार्यक्रम सम्पन्न
तामाङ युवाहरूको क्षमता अभिवृद्धि प्रशिक्षण कार्यक्रम सम्पन्न
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP