Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #बढघर
  • #बौद्धनाथ
  • #बागमती_प्रदेशसभा
  • #नेपाल_पर्यटन_बोर्ड
  • #सपनाको_चंगा
  • #सुनचाँदीकाे_मूल्य
  • #रक्षबहादुर_रैका_मगर
  • #नेपाल_मगर_संघ
  • #सिसिटिभी
Search Here
समाचार
  • Home
  • समाचार
  • छिनोफानो हुँदै समानुपातिकको ११० सिट, ६ दल हकदार
छिनोफानो हुँदै समानुपातिकको ११० सिट, ६ दल हकदार
जेबी याेञ्‍जन
जेबी याेञ्‍जन बुधबार, फागुन २७, २०८२

sit-1773206345.jpg
 

दलीय मतको आधारमा समानुपातिक सिट बाँडफाँट हुन्छ । त्यो सूत्रअनुसार हुन्छ ।
नारायणप्रसाद भट्टराई
प्रवक्ता, निर्वाचन आयोग

  • छ दललेमात्र कटाए समानुपातिकको ‘थ्रेसहोल्ड’ 
  • प्रत्यक्षमा १२५ सिट जितेको रास्वपालाई समानुपातिकमा पनि सर्वाधिक मत
  • कांग्रेस, एमाले र नेकपा क्रमशः दोस्रो, तेस्रो र चौथो स्थानमा
  • श्रम संस्कृति र राप्रपा पनि समानुपातिक सिटका लागि योग्य

काठमाडौं- समानुपातिक निर्वाचन प्रणालीबाट छ वटा दल प्रतिनिधिसभामा प्रतिनिधित्व सुनिश्चित गरेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी, श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले समानुपातिकबाट सिट पाउन आवश्यक तीन प्रतिशत ‘थ्रेसहोल्ड’ पारे गरेका हुन् । 

कूल २७५ सदस्यीय प्रतिनिधिसभाका लागि भएको निर्वाचनबाट समानुपातिकतर्फको ११० जना सांसद निर्वाचित हुन बाँकी छ । प्रत्यक्षतर्फको १६५ सांसद भने निर्वाचित भइसकेका छन् ।  निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले मंगलबार साँझ प्रभावसँग कुरा गर्दै समानुपातिकतर्फको मतगणना अन्तिम चरणमा पुगेको बताए । मंगलबार राति १० बजेसम्म एक करोड सात लाख मत गणना भइसकेको छ । सोही अवधिसम्म करिब तीन लाखजति मतगणना गर्न बाँकी थियो ।

Hardik health

आयोगका प्रवक्ता भट्टराईले मतगणना सकिएपछि कुन दलले कति सिट पाउँछन् भन्ने टुंगो लगाइने बताए । ‘दलीय मतको आधारमा समानुपातिक सिट बाँडफाँट हुन्छ,’ उनले भने, ‘त्यो सूत्रअनुसार हुन्छ ।’ समानुपातिकतर्फको मतगणना अन्तिम चरणमा पुग्दा दलहरूले पाउने सिटको प्रारम्भिक चित्रसमेत देखिएको छ । प्रत्यक्षतर्फ १२५ सिट जितेको रास्वपाले समानुपातिकमा पनि सबैभन्दा करिब ४८ प्रतिशत मत पाएको छ । यो समाचार तयार पार्दासम्म रास्वपाले पाएको मत संख्या ५१ लाख कटिसकेको छ । अन्तिमसम्म यो प्रतिशत कायम राखे रास्वपाले ५७ वा ५८ सिट पाउन सक्ने आयोगका एक अधिकारीले बताए ।

यो समाचार तयार पार्दासम्मको मत संख्याअनुसार नेपाली कांग्रेसले १६.२ प्रतिशत अर्थात् १७ लाख ३५ हजारभन्दा बढी समानुपातिक मत प्राप्त गरेकाले २० सिट, नेकपा एमालेले १३.५ प्रतिशत अर्थात् १४ लाखभन्दा बढी मत प्राप्त गरेकाले १६ सिट र नेकपाले सात प्रतिशतभन्दा बढी मत पाएकाले नौ सिट प्राप्त गर्न सक्छन् ।

प्रत्यक्षतर्फ आफ्ना उम्मेदवार निर्वाचित गराउन सफल अन्य दुई दल श्रम संस्कृति पार्टी र राप्रपाले पनि तीन प्रतिशत मत कटाएका छन् । यी दुई दलले समान चार÷चार सिट पाउने सम्भावना बलियो बनाएका छन् ।
देशभर झण्डै एक करोड १० लाख समानुपातिक मत खसेको बताइएको छ । गणना अन्तिमतिर पुग्दै गर्दा दलहरूले प्राप्त गरेका मतको अनुपातलाई हेर्दा तात्विक भिन्नता नआउने देखिन्छ । 

यसरी बाँडफाँट गरिन्छ समानुपातिक सिट
निर्वाचन आयोगका अनुसार समानुपातिक निर्वाचन प्रणालीतर्फ पार्टीहरूले प्राप्त गर्ने सिट गणना गर्न एउटा विशेष गणितीय सूत्र प्रयोग गरिन्छ । प्रतिनिधिसभा सदस्य समानुपातिक निर्वाचन निर्देशिका, २०७९ को परिच्छेद ५ मा समानुपातिक सिट बाँडफाँटका लागि प्रयोग गरिने सूत्र उल्लेख छ । दफा ३३ (२) ले स्पष्टरूपमा मतपरिणाम विभाजक सूत्रको आधारमा दलले प्राप्त गर्ने सिट संख्या निर्धारण हुने जनाएको छ । 

दफा ३४ ले उक्त सूत्र कसरी प्रयोग गर्ने भनेर व्याख्या गरेको छ । निर्वाचनमा प्रत्येक दलले प्राप्त गरेको मतपरिणामलाई क्रमशः १, ३, ५, ७, ९ आदि (कूल उम्मेदवार संख्याअनुसारको हुने) भाजकहरूले भाग गरिने छ । त्यसरी भाग गरी प्राप्त हुने नतिजालाई भागफल भनिने छ सो दफामा उल्लेख छ । आयोगकी सहायक प्रवक्ता सीता श्रीस पुनका अनुसार समानुपातिक सिट पाउन योग्यता पुगेका पार्टीहरूको मतको अनुपातका आधारमा परिणाम आउँछ । त्यसकै आधारमा ११० सिटको छिनोफानो हुन्छ । हिसाब गर्दा ठ्याक्कै नमिल्ने र केही मत खेर जाने उनले बताइन् । 

नेपालमा समानुपातिक प्रणालीबाट सिटको टुंगो लगाउन प्रयोग गरिने सूत्र फ्रान्सेली गणितिज्ञ सेन्ट–लाग्यूले प्रतिपादन गरेको विधिमा आधारित छ । यस विधिमा सिट र मतको अनुपातका आधारमा सिट विभाजन गरिने हुँदा ‘थ्रेसहोल्ड’ कटाउने साना पार्टीहरू लाभान्वित हुँदै आएका छन् । तर, कुन पार्टीले कति सिट पाउने भन्ने विषयमा निर्वाचन आयोगको निर्णय नै अन्तिम हुन्छ ।

पार्टीहरूले प्रतिनिधिसभामा महिलाको ३३ प्रतिशत प्रतिनिधित्व गराउनुपर्ने अनिवार्य प्रावधान छ । प्रत्यक्ष प्रणालीबाट त्यो पूरा नभए समानुपातिक मनोनयनबाट त्यसलाई पूर्ति गर्नुपर्छ । समानुपातिकतर्फ सिंगो देशलाई एउटै निर्वाचन क्षेत्र मानेर मतदान गरिने व्यवस्था छ । मतदाताले पार्टीलाई भोट हाल्ने यस प्रणालीमा प्राप्त मतको अनुपातका आधारमा दलहरूले प्रतिनिधिसभामा सिट पाउने निर्वाचन आयोगले जनाएको छ । त्यसका लागि राजनीतिक दलहरूले पहिले नै निर्वाचन आयोगमा बन्दसूची बुझाएका हुन्छन् । 

बन्दसूचीमा महिला, दलित, आदिवासी जनजाति, मधेसी, थारू, मुस्लिम, पिछडिएको क्षेत्र र खस-आर्य समुदायको प्रतिनिधित्व प्रतिनिधिसभामा सुनिश्चित गर्नेगरी उम्मेदवारहरूको नामावली हुन्छ । अर्थात् समावेशी प्रतिनिधित्व अनिवार्य हुनेगरी संविधानतः दलहरूले बन्दसूची आयोगमा बुझाएका हुन्छन् । त्यसरी बुझाएको बन्दसूचीकै आधारमा समानुपातिक सांसद निर्वाचित गरिन्छ । 

२०६४ सालदेखि नेपालमा प्रत्यक्ष निर्वाचन प्रणालीसँगै समानुपातिक निर्वाचन प्रणाली पनि कार्यान्वयनमा छ । त्यसअघि प्रत्यक्ष प्रणाली मात्रै थियो । राजनीतिको मूल प्रवाहमा आउन नसकेका जाति, लिंग र समुदायका मानिसहरूलाई नीति निर्माण तहमा प्रतिनिधित्व सुनिश्चित गर्न यस्तो व्यवस्था गरिएको हो ।
 


प्रकाशित मिति: बुधबार, फागुन २७, २०८२  १०:४८
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नेपाल राष्ट्र बैंक ऐन संशोधन विधेयक संसद्मा दर्ता
नेपाल राष्ट्र बैंक ऐन संशोधन विधेयक संसद्मा दर्ता मंगलबार, जेठ १२, २०८३
बजेटमा उत्पादन, रोजगारी र पर्यटन क्षेत्रलाई प्राथमिकता दिन्छौँ : मुख्यमन्त्री कार्की
बजेटमा उत्पादन, रोजगारी र पर्यटन क्षेत्रलाई प्राथमिकता दिन्छौँ : मुख्यमन्त्री कार्की मंगलबार, जेठ १२, २०८३
तीन जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर
तीन जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर मंगलबार, जेठ १२, २०८३
कुटपिटबाट महिलाको निधन
कुटपिटबाट महिलाको निधन मंगलबार, जेठ १२, २०८३
गण्डकी प्रदेशसभामा विनियोजन विधेयक प्रस्तुत
गण्डकी प्रदेशसभामा विनियोजन विधेयक प्रस्तुत मंगलबार, जेठ १२, २०८३
महालेखापरीक्षकको प्रतिवेदनः  अलपत्र  झोलुंगे  पुल ४९ वटा
महालेखापरीक्षकको प्रतिवेदनः अलपत्र झोलुंगे पुल ४९ वटा मंगलबार, जेठ १२, २०८३
विपक्षीको अवरोधपछि संसद् बैठक स्थगित
विपक्षीको अवरोधपछि संसद् बैठक स्थगित मंगलबार, जेठ १२, २०८३
लोकप्रिय
  • Week
  • Month
लगातार चार दिन सार्वजनिक बिदा
लगातार चार दिन सार्वजनिक बिदा
फरवार्ड माइक्रोफाइनान्सको अध्यक्षमा पुनः भगबती चौधरी
फरवार्ड माइक्रोफाइनान्सको अध्यक्षमा पुनः भगबती चौधरी
प्रतिनिधिसभा बैठक स्थगित
प्रतिनिधिसभा बैठक स्थगित
 मुक्तिनाथ विकास बैंकद्वारा व्हीलचेयर हस्तान्तरण
 मुक्तिनाथ विकास बैंकद्वारा व्हीलचेयर हस्तान्तरण
पश्चिम एसिया द्वन्द्वले विप्रेषण आप्रवाह प्रभावितः परराष्ट्र
पश्चिम एसिया द्वन्द्वले विप्रेषण आप्रवाह प्रभावितः परराष्ट्र
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
म्यानपावरलाई तिरेको यथार्थ रकम खुलाउँदैनन् श्रमिक
म्यानपावरलाई तिरेको यथार्थ रकम खुलाउँदैनन् श्रमिक
तामाङ युवाहरूको क्षमता अभिवृद्धि प्रशिक्षण कार्यक्रम सम्पन्न
तामाङ युवाहरूको क्षमता अभिवृद्धि प्रशिक्षण कार्यक्रम सम्पन्न
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP