Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #सिएन थारु/आरके तामाङ
  • #‘हृदयांश’
  • #दीपक बन्जारा
  • #बिगेन्द्रसिंह वाईबा तामाङ
  • #नेपाल आदिवासी जनजाति महासंघ
  • #विश्व आदिवासी दिवस
  • #हुलाकी राजमार्ग
  • #धनुषा कर्फ्यु
  • #पुष्पकमल दाहाल
Search Here
समाचार
  • Home
  • समाचार
  • लज्जासपद हारपछि ओली-गगनमाथि नेतृत्व छाड्न दबाब
लज्जासपद हारपछि ओली-गगनमाथि नेतृत्व छाड्न दबाब
प्रभाव संवाददाता
प्रभाव संवाददाता मंगलबार, फागुन २६, २०८२

 

निर्वाचनमा आफ्नो मतमार्फत जनताले हाम्रो नीति र नेतृत्वलाई शान्तिपूर्णरूपले अस्वीकृत गरेका छन् । नेतृत्वले जस अपजसको भारी बोक्नुपर्दछ । यो सबैको जवाफदेहिता पनि प्रमुख नेताकै रहन्छ ।
योगेश भट्टराई
उपमहासचिव, नेकपा एमाले


काठमाडौं- अघिल्लो निर्वाचनमा क्रमशः पहिलो र दोस्रो दलको हैसियत बनाएका नेपाली कांग्रेस र नेकपा एमालेले यो निर्वाचनमा जनमत गुमाएसँगै नेतृत्वलाई राजीनामा दिन दबाब परेको छ । कांग्रेस सभापति गगन थापा र एमाले अध्यक्ष केपी शर्मा ओलीलाई पार्टीभित्रैबाट राजीनामा दिन दबाब पर्न थालेको हो ।

‘के अब कांग्रेसभित्र प्रश्नहरू हराइसकेका हुन् ? तर्कहरू हराइसकेको हो कि नैतिकता सकिएको हो ? यदि हैन भने पार्टी सभापतिले अब नैतिकताको आधारमा राजीनामा दिनुपर्छ ।
दुजाङ शेर्पा
अध्यक्ष, नेविसंघ

Hardik health

पार्टीको हारमात्र हैन, निर्वाचनमा उत्रिएका दुवै जना राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवारसँग पराजित भएपछि उनीहरुले नैतिकताको आधारमा राजीनामा दिनुपर्ने आवाज उठ्न थालेको हो । कांग्रेसभित्र शेरबहादुर देउवापक्षका नेताहरुले थापालाई राजीनामा दिन दबाब दिन थालेका छन् । नेपाल विद्यार्थी संघका अध्यक्ष दुजाङ शेर्पाले नैतिकताको आधारमा सभापति थापाले पदबाट राजीनामा दिनुपर्ने बताए । ‘के अब कांग्रेसभित्र प्रश्नहरू हराइसकेका हुन् ? तर्कहरू हराइसकेको हो कि नैतिकता सकिएको हो ? आज आफ्नै पार्टीभित्र प्रश्न गर्न नसक्ने भए, भोलि यी अतिवादीहरूलाई हामी कुन नैतिकताले प्रश्न गर्नेछौं ?,’ नेविसंघका अध्यक्ष शेर्पाले पार्टी सभापति थापाको राजीनामा माग्दै भनेका छन्, ‘यदि हैन भने पार्टी सभापतिले अब नैतिकताको आधारमा राजीनामा दिनुपर्छ ।’ उनी देउवानिकट नेता हुन् ।

थापा विशेष महाधिवेशनबाट सभापति निर्वाचित भएसँगै सर्लाही-४ बाट भावी प्रधानमन्त्रीका रुपमा प्रचार गर्दै उम्मेदवार बनेका थिए । उनी रास्वपाका अमरेशकुमार सिंहसँग पराजित भएका हुन् । ‘अबकी बार, गगन सरकार’ नारासहित निर्वाचनमा उत्रिएका थापाले प्रत्यक्षमा १०० सिट ल्याउने दाबी गरेका थिए । तर निर्वाचनपछि कांग्रेस १८ सिटमा खुम्चिएको छ । पार्टीको लज्जास्पद हारसँगै गगनमाथि चौतर्फीरुपमा राजीनामाको दबाब आउन थालेको हो ।

यता एमाले अध्यक्ष ओली पनि भावी प्रधानमन्त्रीका रुपमा प्रचार गर्दै झापा-५ बाट उम्मेदवार बनेका थिए । त्यहाँबाट निरन्तर चुनाव जित्दै आएका ओली यो चुनावबाट रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाहसँग पराजित भए, त्यो पनि झण्डै ५० हजार मतान्तरले । यो उनका लागि ठूलो धक्का बनेको छ । किनकि, उनले झापा-५ मा मात्रै हारेनन्, समग्र एमाले पार्टी नौ सिटमा खुम्चियो ।भदौ २३ र २४ को जे-जी विद्रोबाट सत्ताच्युत बनेका ओलीमाथि त्यतिबेलै नेतृत्व छाड्न पार्टीमा दबाब परेको थियो । तर, उनी नेतृत्व छाड्न तयार भएनन् । उल्टै जेन-जी पुस्ताको चाहना सम्बोधन गर्ने भन्दै गत मंसिरमा पार्टीको महाधिवेशन गराएर तेस्रोपटक अध्यक्ष बने । ओलीले टिकट वितरणमासमेत मनोमानी गरेका थिए । 

एमाले नेताहरुले ओलीलाई नेतृत्व छाड्न दबाब दिएका छन् । एमाले उपमहासचिव योगेश भट्टराईले ओलीले पदबाट राजीनामा दिनुपर्ने बताएका छन् । जनताले अस्वीकृत गरेको व्यक्ति नेतृत्वमा बसिरहनु ठीक नहुने उनले बताएका छन् । ‘निर्वाचनमा आफ्नो मतमार्फत जनताले हाम्रो नीति र नेतृत्वलाई शान्तिपूर्णरूपले अस्वीकृत गरेका छन् । यो आजको वस्तुगत यथार्थ हो । हामीले आफूभित्र सर्वांगीण रूपान्तरणमार्फत जनसमर्थन पुनःआर्जनको बाटो लिनुपर्दछ,’ भट्टराईले भनेका छन् ।

एमालेको यो अवस्था आउनुमा पार्टीका सबै नेताले जिम्मेवारी लिनुपर्नेसमेत उनले बताएका छन् । ‘नेकपा एमाले यो अवस्थामा आउनुमा पार्टीले लिएका नीतिमात्र होइन जिम्मेवारीमा रहेका तहगत कमिटी र नेताहरू सबैले भागीदारी बोक्नुपर्दछ । त्यसै पनि नीतिगत र कार्यकारी भूमिकामा रहेको केन्द्रीय कमिटी, केन्द्रीय सचिवालयले नै जस अपजसको भारी बोक्नुपर्दछ । यो सबैको जवाफदेहिता फेरि पनि प्रमुख नेताकै रहन्छ,’ भट्टराईले भनेका छन् ।

समयअनुसार नसुध्रिए पार्टी डाइनोसर बन्ने एमाले नेता गोकुल बाँस्कोटाले बताएका छन् । ‘नोस्टालजिक हुनेगरी पार्टी जीवनका उकाली ओरालीको फ्ल्यासब्याक पल्टाउन तयार हुनासाथ रि-भिजन, रि-थिंक, रि-स्ट्रक्चरिङ र रिनोभेट सामान्यरुपमै भइहाल्छ । पिरामिड थियो, फुली थप्न सोली बनायौं । लोकप्रिय छौं भनेको नेताकोमात्रै प्रिय भइएछ । समयले सुधारेन भने डाइनोसर बनिएला क्यार्नु त ? डन्ट ओरी,’ बास्कोटाले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् ।

राजीनामा दिने मुडमा गगन
कांग्रेस सभापति गगन थापा पदबाट राजीनामा दिने मनस्थितिमा पुगेको बताइएको छ । काठमाडौंको नयाँ बानेश्वरमा सोमबार साँझ भएको छलफलमा सभापति थापाले पार्टी उपसभापति विश्वप्रकाश शर्मासँग राजीनामा दिने बताएको एक नेताले बताएका हुन् ।

‘सभापतिज्यूले राजीनामा दिन्छु भन्नुभएको रहेछ,’ तीन नेताले भने । उपसभापति शर्माले भने अहिलेको अवस्थामा राजीनामा दिन नहुने जवाफ फर्काएको स्रोतको दाबी रह्यो । विशेष महाधिवेशनबाट सभापति बनेका थापालाई नैतिकताको आधारमा राजीनामा दिनुपर्ने दबाब पूर्वसंस्थापन पक्षधरले दिँदै आएको छ । यस्तो अवस्थामा सभापति थापा मानासिकरुपमा राजीनामा दिन तयार देखिएको स्रोतको दाबी रह्यो ।

समानुपातिकतर्फको अन्तिम परिणाम आउनसाथ केन्द्रीय समिति बैठक बसेर यसबारे छलफल हुने कांग्रेस प्रवक्ता देवराज चालिसेले बताए । ‘यसबारे छिट्टै केन्द्रीय समिति बैठक बसेर छलफल हुन्छ,’ उनले भने ।


प्रकाशित मिति: मंगलबार, फागुन २६, २०८२  १०:५३
प्रतिक्रिया दिनुहोस्
थप समाचार
ग्यास अभावका विषयमा मुख्य सचिव कार्कीद्वारा व्यवसायीसँग छलफल
ग्यास अभावका विषयमा मुख्य सचिव कार्कीद्वारा व्यवसायीसँग छलफल मंगलबार, साउन १९, २०८३
‘एन्टिस्नेक भेनम’ को अभाव हुन नदिन गम्भीर छौँः मन्त्री मेहता
‘एन्टिस्नेक भेनम’ को अभाव हुन नदिन गम्भीर छौँः मन्त्री मेहता मंगलबार, साउन १९, २०८३
ग्यास अभावको समस्यालाई तत्कालै सम्बोधन गर्न माग
ग्यास अभावको समस्यालाई तत्कालै सम्बोधन गर्न माग मंगलबार, साउन १९, २०८३
‘जनसरोकारको मुद्दा उठाउँदा सुनिदैन, व्यक्तिगत टिप्पणीले आजित छौँ’
‘जनसरोकारको मुद्दा उठाउँदा सुनिदैन, व्यक्तिगत टिप्पणीले आजित छौँ’ मंगलबार, साउन १९, २०८३
'रेबिज विरुद्धको खोप सरकारी अस्पतालमा नपाइने, निजीमा पाइने ?': रास्वापा सांसद कुँवर 
'रेबिज विरुद्धको खोप सरकारी अस्पतालमा नपाइने, निजीमा पाइने ?': रास्वापा सांसद कुँवर  मंगलबार, साउन १९, २०८३
चितुवालाई नियन्त्रणमा लिन दुई ठाउँमा खोर
चितुवालाई नियन्त्रणमा लिन दुई ठाउँमा खोर मंगलबार, साउन १९, २०८३
पछिल्लो २४ घण्टामा जाजरकोटमा सबैभन्दा बढी वर्षा मापन
पछिल्लो २४ घण्टामा जाजरकोटमा सबैभन्दा बढी वर्षा मापन मंगलबार, साउन १९, २०८३
लोकप्रिय
  • Week
  • Month
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
पूर्वउपसभामुख  राना मगरद्वारा  ‘हृदयांश’ उपन्यासकाे  विमोचन
पूर्वउपसभामुख राना मगरद्वारा ‘हृदयांश’ उपन्यासकाे विमोचन
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP