Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #सिएन थारु/आरके तामाङ
  • #‘हृदयांश’
  • #दीपक बन्जारा
  • #बिगेन्द्रसिंह वाईबा तामाङ
  • #नेपाल आदिवासी जनजाति महासंघ
  • #विश्व आदिवासी दिवस
  • #हुलाकी राजमार्ग
  • #धनुषा कर्फ्यु
  • #पुष्पकमल दाहाल
Search Here
समाचार
  • Home
  • समाचार
  • पूर्वमन्त्रीसहित पाँच जनाको जमानत जफत
पूर्वमन्त्रीसहित पाँच जनाको जमानत जफत
प्रभाव संवाददाता
प्रभाव संवाददाता सोमबार, फागुन २५, २०८२

बाजुरा- यँही फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको अन्तिम मत परिणमा आइतबार सार्वजनिक भएसँगै निर्वाचनमा उम्मेदवार बनेका पाँच जनाको धरौटी जफत भएको छ । निर्वाचनमा भाग लिएका आठ जना उम्मेदवारमध्ये पाँच जनाले ‘थ्रेस होल्ड’ कटाउन नसकेपछि उनीहरूको जमानत जफत भएको हो । 

निर्वाचन ऐनको परिच्छेद-१० को विविध खण्डअन्तर्गत दफा ६४ मा व्यवस्था भएबमोजिम, पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीमा खसेको जम्मा सदर मतको १० प्रतिशतभन्दा कम मत पाउने उम्मेदवारको धरौटी जफत हुने कानुनी प्रावधान छ । प्रतिनिधिसभा निर्वाचनअन्तर्गत नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार प्रकाशबहादुर शाहको धरौटी जफत भएको छ । उनी सुदूरपश्चिम प्रदेशका पूर्वमन्त्रीसमेत छन् ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार यस क्षेत्रमा कुल ८७ हजार ८६१ मतदाता रहेको छ । तीमध्ये ४५ हजार २४२ मत खसेको थियो । खसेको मतमध्ये ४३ हजार ८९६ मत सदर भएका छन् भने एक हजार ३४६ मत बदर भएका छन् । सदर मतको कम्तीमा १० प्रतिशत मत नल्याए धरौटी जफत हुने प्रावधान रहेको निर्वाचन आयोगको ऐनमा उल्लेख गरिएको छ । 

Hardik health

शाहले ल्याएको मत परिणामअनुसार शाहले तीन हजार ४२४ मत मात्रै प्राप्त गरेका  थिए । उनले जमानत जोगाउन निर्वाचन ऐनको प्रावधानअनुसार धरौटी (जमानत) जोगाउन चार हजार ३८९ मत ल्याउनुपर्ने थियो । शाहले प्राप्त गरेको निर्वाचन परिणामअनुसार धरौटी जफत हुने भएको छ । पूर्वमन्त्री शाहको भन्दा बढी मत राष्ट्रिय स्वतन्त्र पार्टीका हेमराज थापाले ६ हजार ३५ मत प्राप्त गर्दै तेस्रोमा रहेका छन् । शाहले तीन हजार ४२४ मत प्राप्त गर्दै चौथो स्थानमा रहेका छन् । 

शाह २०७४ को प्रतिनिधिसभा तथा प्रदेश सभा निर्वाचनमा नेकपा एमालेबाट बाजुरा प्रदेश (ख) बाट निर्वाचित हुनुभएको थियो । २०७४ को निर्वाचनमा शाहले कांग्रेसका पदम शाहीलाई पराजित गरेर विजयी शाहले १८ हजार १८६ मत ल्याउनुभएको थियो भने कांग्रेसका पदम शाहीले १४ हजार ९७७ मत ल्याएका  छन्। 

शाहसँगै यहाँका पाँच जना उम्मेदवारका धरौटी जफत भएको छ । जमानत जफत हुनेमा राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार केशरबहादुर शाही, नेपाल कम्युनिष्ट पार्टी (माओवादी) का उम्मेदवार भुपेन्द्र ल्वार, प्रगतिशील लोकतान्त्रिक पार्टीका डिककुमार डिसी र स्वतन्त्र उम्मेदवार उपेन्द्र शाहीको जमानत जफत भएको हो । जमानत जफत भएका राप्रपाका उम्मेदवार शाहीले ३५२, नेपाल कम्युनिष्ट (माओवादी) का उम्मेदवार ल्वारले २३३, प्रलोपाका उम्मेदवार डिसीले ९७ र स्वतन्त्र उम्मेदवार शाहीले ७२ मत प्राप्त गरेका थिए । 
 


प्रकाशित मिति: सोमबार, फागुन २५, २०८२  १५:४८
प्रतिक्रिया दिनुहोस्
थप समाचार
ग्यास अभावका विषयमा मुख्य सचिव कार्कीद्वारा व्यवसायीसँग छलफल
ग्यास अभावका विषयमा मुख्य सचिव कार्कीद्वारा व्यवसायीसँग छलफल मंगलबार, साउन १९, २०८३
‘एन्टिस्नेक भेनम’ को अभाव हुन नदिन गम्भीर छौँः मन्त्री मेहता
‘एन्टिस्नेक भेनम’ को अभाव हुन नदिन गम्भीर छौँः मन्त्री मेहता मंगलबार, साउन १९, २०८३
ग्यास अभावको समस्यालाई तत्कालै सम्बोधन गर्न माग
ग्यास अभावको समस्यालाई तत्कालै सम्बोधन गर्न माग मंगलबार, साउन १९, २०८३
‘जनसरोकारको मुद्दा उठाउँदा सुनिदैन, व्यक्तिगत टिप्पणीले आजित छौँ’
‘जनसरोकारको मुद्दा उठाउँदा सुनिदैन, व्यक्तिगत टिप्पणीले आजित छौँ’ मंगलबार, साउन १९, २०८३
'रेबिज विरुद्धको खोप सरकारी अस्पतालमा नपाइने, निजीमा पाइने ?': रास्वापा सांसद कुँवर 
'रेबिज विरुद्धको खोप सरकारी अस्पतालमा नपाइने, निजीमा पाइने ?': रास्वापा सांसद कुँवर  मंगलबार, साउन १९, २०८३
चितुवालाई नियन्त्रणमा लिन दुई ठाउँमा खोर
चितुवालाई नियन्त्रणमा लिन दुई ठाउँमा खोर मंगलबार, साउन १९, २०८३
पछिल्लो २४ घण्टामा जाजरकोटमा सबैभन्दा बढी वर्षा मापन
पछिल्लो २४ घण्टामा जाजरकोटमा सबैभन्दा बढी वर्षा मापन मंगलबार, साउन १९, २०८३
लोकप्रिय
  • Week
  • Month
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
पूर्वउपसभामुख  राना मगरद्वारा  ‘हृदयांश’ उपन्यासकाे  विमोचन
पूर्वउपसभामुख राना मगरद्वारा ‘हृदयांश’ उपन्यासकाे विमोचन
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP