Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #सिएन थारु/आरके तामाङ
  • #‘हृदयांश’
  • #दीपक बन्जारा
  • #बिगेन्द्रसिंह वाईबा तामाङ
  • #नेपाल आदिवासी जनजाति महासंघ
  • #विश्व आदिवासी दिवस
  • #हुलाकी राजमार्ग
  • #धनुषा कर्फ्यु
  • #पुष्पकमल दाहाल
Search Here
समाचार
  • Home
  • समाचार
  • प्रत्यक्षतर्फ खोटाङका ११ उम्मेदवारको जमानत जफत
प्रत्यक्षतर्फ खोटाङका ११ उम्मेदवारको जमानत जफत
प्रभाव संवाददाता
प्रभाव संवाददाता सोमबार, फागुन २५, २०८२

खोटाङ- प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना सम्पन्न भएसँगै खोटाङका ११ जना उम्मेदवारको जमानत जफत भएको छ । आफ्नो जमानत जोगाउन प्रत्येक सम्मेदवारले कम्तीमा पनि पाँच हजार ८६३ मत प्राप्त गर्नुपर्ने थियो । तर, ११ जना उम्मेदवारले त्यो मत प्राप्त गर्न नसक्दा जमानत जफत भएको हो । 

प्रतिनिधिसभातर्फ एउटा मात्रै निर्वाचन क्षेत्र रहेको खोटाङमा यही फागुन २१ गते सम्पन्न निर्वाचनमा ६२ हजार २५७ मत खसेको थियो । जिल्लाका १० स्थानीय तहको १३६ वटा मतदान केन्द्रमा खसेको मतमध्ये ५८ हजार ६३८ मत सदर भएको छ भने तीन हजार ९२८ मत बदर भएको मुख्य निर्वाचन अधिकृत एवम् जिल्ला न्यायाधीश फणीन्द्रप्रसाद पराजुलीले जानकारी दिए । 

निर्वाचन कानुनअनुसार आफ्नो निर्वाचन क्षेत्रमा खसेको कुल सदर मतको १० प्रतिशत मत ल्याउन नसक्ने उम्मेदवारको जमानत जफत हुने व्यवस्था छ । उम्मेदवारले आफ्नो नाम दर्ता गर्दा मुख्य निर्वाचन अधिकृतको कार्यालयमा बुझाएको रकम जफत गरेर राज्यकोषमा जाने कानुनी प्रावधान छ ।

जमानत जफत हुनेमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रुद्र गिरी, राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार दीपक तामाङ, जनता समाजवादी पार्टी नेपालका उम्मेदवार सुनिल चाम्लिङ, नेपाल मजदुर किसान पार्टीका उम्मेदवार ध्यानप्रसाद ढकाल, मङ्गोल नेसनल अर्गनाइजेसनका उम्मेदवार प्रयाग राई रहेका छन् । 

Hardik health

यस्तै, राष्ट्रिय परिवर्तन पार्टीका उम्मेदवार मिरेश राई, मितेरी पार्टी नेपालका उम्मेदवार केशरमान चाम्लिङ, नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार चन्द्रबहादुर बुढाथोकी ‘शैलेश’, जनता समाजवादी पार्टी (जसपा)का उम्मेदवार राकेश राई, स्वतन्त्र उम्मेदवारहरू तिलकचन्द्र राई र डा राजकुमार राईको जमानत जफत भएको हो ।

प्रत्यक्षतर्फ एक लाख ४७ हजार १२० मतदाता रहेको जिल्लामा १६ हजार ६१२ मतसहित श्रम संस्कृति पार्टीका महासचिवसमेत रहेका प्रतिनिधिसभा सदस्य उम्मेदवार आरेन राई विजयी भएका छन् । केपिलासगढी गाउँपालिका–१ फेदीस्थित सुम्देका २९ वर्षीय आरेनले नेपाल कम्युनिष्ट पार्टी (एमाले) खोटाङका अध्यक्षसमेत रहेका निकटतम प्रतिस्पर्धी देवविक्रम राईलाई तीन हजार ८९८ मतले पछाडि पार्दै प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन् ।

एमाले उम्मेदवार देवविक्रमले १२ हजार ७१४ तथा नेपाली कांग्रेसका वीरकाजी राईले ११ हजार ९५७ र नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का डा हरि रोकाले नौ हजार ४४३ प्राप्त गरेका छन् । दुई जना स्वतन्त्रसहित १५ जना उम्मेदवार रहेको जिल्लामा पुरानै राजनीतिक दल (नेपाली कांग्रेस, नेपाल कम्युनिष्ट पार्टी (एमाले) र नेपाली कम्युनिष्ट पार्टी)बीच प्रतिस्पर्धा हुने राजनीतिक विश्लेषकहरूले बताउँदै आएका थिए । 

यसैबीच, समानुपातितर्फको मत परिणमअनुसार खोटाङमा श्रम संस्कृति पार्टी १८ हजार १३७ मतसहित पहिलो राजनीतिक दल बनेको छ भने नेपाली कांग्रेस ११ हजार ३८५ मतसहित दोस्रो बनेको छ ।  विसं २०७९ को निर्वाचनमा सबैभन्दा बढी २४ हजार २७१ मत ल्याएर जिल्लामा ठूलो पार्टी बनेको नेपाल कम्युनिष्ट पार्टी (एमाले) १० हजार ७०५ मतसहित तेस्रो बनेको छ ।

प्रत्यक्षतर्फ देशको सबैभन्दा ठूलो राजनीतिक पार्टी बनेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) खोटाङमा समानुपातिकतर्फ आठ हजार ८७९ मतसहित जिल्लाको चौथो दल बनेको छ । २०७९ सालको निर्वाचनमा ११ हजार ८४५ मतसहित तेस्रो स्थानमा रहेको तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) हाल नेपाली कम्युनिष्ट पार्टी (नेकपा) सात हजार २७४ मत ल्याएर पाँचौँ बनेको जिल्ला निर्वाचन कार्यालय खोटाङका प्रमुख रबिन मगरले जानकारी दिएका छन् । 

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को ८३७, राष्ट्रिय परिवर्तन पार्टीको एक हजार २४४, जनता समाजवादी पार्टी (जसपा)को २०२, नेपाल कम्युनिष्ट पार्टी (माओवादी)को ९५, जनता समाजवादी पार्टी नेपालको ७२, नेपाल मजदुर किसान पार्टीको ३७ मत खसेको छ । जिल्लामा उम्मेदवार नै नभएका पार्टीका लागिसमेत समानुपातिक मत खसेको पाइएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । 

समानुपातिकतर्फ एक लाख ४८ हजार ४१९ मतदाता रहेको जिल्लामा फागुन २१ गते सम्पन्न निर्वाचनमा ६३ हजार २५७ मत खसेको थियो । खसेको मतमध्ये ६० हजार १०० मत सदर भएको छ भने तीन हजार १५७ मत बदर भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
 


प्रकाशित मिति: सोमबार, फागुन २५, २०८२  १५:२५
प्रतिक्रिया दिनुहोस्
थप समाचार
ग्यास अभावका विषयमा मुख्य सचिव कार्कीद्वारा व्यवसायीसँग छलफल
ग्यास अभावका विषयमा मुख्य सचिव कार्कीद्वारा व्यवसायीसँग छलफल मंगलबार, साउन १९, २०८३
‘एन्टिस्नेक भेनम’ को अभाव हुन नदिन गम्भीर छौँः मन्त्री मेहता
‘एन्टिस्नेक भेनम’ को अभाव हुन नदिन गम्भीर छौँः मन्त्री मेहता मंगलबार, साउन १९, २०८३
ग्यास अभावको समस्यालाई तत्कालै सम्बोधन गर्न माग
ग्यास अभावको समस्यालाई तत्कालै सम्बोधन गर्न माग मंगलबार, साउन १९, २०८३
‘जनसरोकारको मुद्दा उठाउँदा सुनिदैन, व्यक्तिगत टिप्पणीले आजित छौँ’
‘जनसरोकारको मुद्दा उठाउँदा सुनिदैन, व्यक्तिगत टिप्पणीले आजित छौँ’ मंगलबार, साउन १९, २०८३
'रेबिज विरुद्धको खोप सरकारी अस्पतालमा नपाइने, निजीमा पाइने ?': रास्वापा सांसद कुँवर 
'रेबिज विरुद्धको खोप सरकारी अस्पतालमा नपाइने, निजीमा पाइने ?': रास्वापा सांसद कुँवर  मंगलबार, साउन १९, २०८३
चितुवालाई नियन्त्रणमा लिन दुई ठाउँमा खोर
चितुवालाई नियन्त्रणमा लिन दुई ठाउँमा खोर मंगलबार, साउन १९, २०८३
पछिल्लो २४ घण्टामा जाजरकोटमा सबैभन्दा बढी वर्षा मापन
पछिल्लो २४ घण्टामा जाजरकोटमा सबैभन्दा बढी वर्षा मापन मंगलबार, साउन १९, २०८३
लोकप्रिय
  • Week
  • Month
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
पूर्वउपसभामुख  राना मगरद्वारा  ‘हृदयांश’ उपन्यासकाे  विमोचन
पूर्वउपसभामुख राना मगरद्वारा ‘हृदयांश’ उपन्यासकाे विमोचन
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP